सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

गरिब र धनी छुट्याउने क्यालेन्डर जारी उत्तर कोरियामा

सरकारले नयाँ वर्षको लागि जारी गरेका नयाँ क्यालेण्डरमा धनी र गरिब वर्ग छुट्टिने गरी तस्बिर र सामग्री प्रयोग गरेको स्रोतले रेडियो फ्री एसियासँग बताएको छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। उत्तर कोरियाली सरकारले समाजमा धनी र गरिब छुट्याउने क्यालेण्डर (भित्तेपात्रो) छापेको छ। नयाँ वर्ष सन् २०२२ सुरु भएसँगै सरकारले धनी र गरिब छुट्याउने गरी भिन्दाभिन्दै क्यालेण्डर छापेको हो।

सरकारले नयाँ वर्षको लागि जारी गरेका नयाँ क्यालेण्डरमा धनी र गरिब वर्ग छुट्टिने गरी तस्बिर र सामग्री प्रयोग गरेको स्रोतले रेडियो फ्री एसियासँग बताएको छ। सरकारले जारी गरेका नयाँ क्यालेन्डरको मुख्य गरिबहरुले किन्न नसक्ने गरी तोकिएको बताइएको छ।

- Advertisement -Poco C3

‘सरकारले जारी गरेका नयाँ क्यालेण्डरको मुख्य छोइनसक्नु छ। यहाँ क्यालेन्डर किन्न सक्ने मानिस भाग्यमानी नै हो,’ स्रोतले रेडियो फ्री एसियासँग भनेको छ। उत्तर कोरियामा विगतमा सरकारले वार्षिक उपहारस्वरुप आफ्ना प्रत्येक नागरिकलाई क्यालेण्डर बाँड्दै आएको थियो। गत वर्ष कोभिड-१९ का कारण क्यालेण्डर वितरणमा ढिलाइ हुँदा क्यालेण्डर हरेकको पहुँचमा नभएको बताइएको छ। यद्यपि यसवर्ष भने सरकारले धनी र गरिबको वर्ग छुट्याउने गरी क्यालेण्डर जारी गरेको भन्दै त्यहाँका नागरिक दुःखी भएको बताइएको छ।

आणविक युद्ध र हतियार दौड रोक्ने पाँच शक्ति राष्ट्रको प्रतिज्ञा

न्युयोर्कः संसारका पाँच शक्ति राष्ट्रले आणविक युद्ध र हतियार दौड रोक्ने प्रतिज्ञा गरेका छन्। चीन, फ्रान्स, रुस, बेलायत र अमेरिकाले सोमबार आणविक युद्ध र हतियार दौड रोक्ने प्रतिज्ञा गरेका हुन्। आणविक युद्ध र हातहतियारको दौडलाई रोक्ने सम्बन्धमा संसारका पाँच शक्ति मुलुकबीच भएको यो पहिलो सम्झौता हो।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को सम्झौताअन्तर्गततीति मुलुकले सो प्रतिज्ञा गरेका हुन्। आणविक मुक्त संसार बनाउन आफूहरुले आणविक युद्ध र हातहतियारको दौडलाई रोक्ने निर्णय गरेको पाँचवटै मुलुकद्वारा जारी संयुक्त विज्ञप्तिले जनाएको छ। ‘आणविक युद्धसँग कहिल्यै पनि लड्न र जित्न सकिँदैन। त्यसले अबको युगमा संसारलाई आणविक मुक्त बनाउन हामी प्रतिबद्ध छौं,’ सुरक्षा परिषद्समक्ष पाँच मुलुकद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।

दिल्लीमा साप्ताहिक कर्फ्यु

नयाँ दिल्लीः बढ्दो ओमिक्रोन संक्रमणका कारण भारतको राजधानी दिल्लीमा साप्ताहिक कर्फ्यु लाग्ने भएको छ। राजधानी दिल्लीमा आगामी शनिबार र आइतबार पूर्णरुपमा प्रतिबन्ध लाग्ने भएको हो।

मंगलबार बसेको दिल्लीको विपद व्यवस्थापनको बैठकले सो निर्णय गरेको भारतिय मिडियामा खबर छ। अत्यावश्यक कामबाहेकका सबै सरकारी र निजि कार्यालय बन्द रहने सो बैठकले निर्णय गरेको बताइएको छ। दिल्लीमा ओमिक्रोन संक्रमितको संख्या ५ प्रतिशतले बढेको बताइएको छ। गएको सेप्टेम्बरयता भारतमा कोरोना संक्रमितको संख्या ६ प्रतिशतले बढेको बताइएको छ।

बेइजिङले पहिलोपटक पूरा गर्‍यो वायु गुणस्तर मापदण्ड

बेइजिङः चीनको राजधानी बेइजिङले पहिलोपटक वायु गुणस्तर मापदण्ड पूरा गरेको छ। संसारको सबैभन्दा बढी वायु प्रदुषित सहरमा पर्ने बेइजिङले सन् २०२१ म पहिलोपटक वायु गुणस्तर मापदण्ड पूरा गरेको हो।

चिनियाँ सरकारी अधिकारीहरुले मंगलबार बताएअनुसार स्वच्छ वायुको गुणस्तर बढाउन बेइजिङले पहिलो पटक आफ्नो मापदण्ड पूरा गरेको हो। सहरमा भएका उद्योगधन्दा, कोइला खपत, इनधनबाट चल्ने सवारी साधन कटौती गरेपछि मात्र वायु गुणस्तर मापदण्ड पुरा भएको बताइएको छ।

बेइजिङलगायत सहरमा वायु प्रदुषणले सीमा नाघेपछि चीनले सन् २०१४ मा वायु प्रदुषणविरुद्ध युद्धको घोषणा गरेको थियो। सो घोषणासँगै चीनले वायु प्रदुषण घटाउन विभिन्न मापदण्ड बनाएको थियो।

सो मापदण्ड तत्काल कार्यान्वयनमा ल्याएको चीनले बेइजिङमा हाल वायु प्रदुषण घटेको अधिकारीहरुले बताएका छन्। आगामी एक दशकमा बेइजिङको वायु गुणस्तर स्वच्छ बनाउने सरकारको उदेश्य रहेको चीनको वातावरण संरक्षण ब्युरोले जनाएको छ।

इरानले खसालेको विमान दुर्घटनामा परेका परिवारले पाए क्षतिपुर्ति

ओट्वाः इरानले खसालेको विमान दुर्घटनामा परेका पिडित परिवारले क्षतिपुर्ति पाएका छन्। क्यानडाको एक अदालतले पीडित परिवारलाई ८४ मिलियन डलर क्षतीपुर्ती उपलब्ध गराएको हो।

इरानी सैन्य बलले सन् २०२० मा तेहरानमा ड्रोन प्रहार गरी युक्रेन इन्टरनेसनल एयरलाइन्स विमान खसालेको थियो। इरानबाट उडेलगत्तै विमानमा ड्रोन प्रहारी सो विमान खसालिएको थियो। सो विमान दुर्घटनामा परी एकै परिवारका ६ जनासहित विमानमा सवार १७६ यात्रुले ज्यान गुमाएका थिए।

इरानले झुक्किएर सो विमानमा लागेको अभिव्यक्ति दिँदै आएको थियो। यद्यपि, सो दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारका सदस्यहरुले इरानविरुद्ध मुद्दा दर्ता गराएका थिए। सो मुद्दा ओन्टारिओको सर्वोच्च अदालतमा चलिरहेको थियो।

पीडित परिवारले सोमबार सो मुद्दा जितेका हुन्। सो मुद्दा जितेसँगै पीडित परिवारले व्याजसहित ८४ मिलियन अमेरिकी डलर पाउने भएका छन्। यद्यपि, सो रकम इरानबाट पाउने या इरानले हरेकलाई उपलब्ध गराउने भन्नेबारे भने नखुलाइएको बताइएको छ।

अफगानिस्तानमा भारी हिमपातका कारण ७ जनाको मृत्यु

काबुलः अफगानिस्तानको उत्तरी प्रान्तमा भारी हिमपातका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ। उत्तरी प्रान्त जज्जानमा सोमबार भारी हिमपात हुँदा कम्तीमा सात जनाको मृत्यु भएको हो।

स्थानिय मिडियामा मंगलबार प्रकाशित समाचारअनुसार सो क्षेत्रमा भारी हिमपात हुँदा कम्तीमा सात जनाले ज्यान गुमाएका छन् भने अन्य ११ मानिस घाइते भएका छन्।

हिमपातपछि सो क्षेत्रको यातायात अबरुद्ध बनेको सिन्ह्वा न्युजले जनाएको छ। अफगानिस्तानको नाङगरहर प्रान्त, हेरात प्रान्तका विभिन्न स्थानमा हिमपात भइरहेको बताइएको छ। हिमपातसँगै सो क्षेत्रमा अत्याधिक चिसो बढेको बताइएको छ।

कोलम्बियामा सशस्त्र समूहबीच झडप हुँदा कम्तीमा २३ को मृत्यु

अराकुआः उत्तरी कोलम्बियामा सशस्त्र समुहविच झडप हुँदा कम्तीमा २३ को मृत्यु भएको छ। उत्तरी कोलम्बियाको अराकुआ क्षेत्रमा शसस्त्रधारी गुरिल्ला समूहबीच झडप हुँदा कम्तीमा २३ को मृत्यु भएको हो।

कोलम्बियाका अधिकारीहरुले मंगलबार बताएअनुसार सो क्षेत्रमा हिंसा अझै जारी छ। हालसम्म २३ मानिसको मृत्यु भइसकेको छ भने हिंसा चर्किरहेको कारण सो क्षेत्रमा तत्काल प्रवेश गर्न नसकिने अवस्था छ। सोही कारण घटनाको वास्तविक विवरण अझै प्राप्त हुन नसकेको सीएनएनले जनाएको छ।

कोलम्बियाको सो क्षेत्रमा सत्ताविरोधी सशस्त्र गुरिल्ला समूह र नेसनल लिवरेसन आर्मीबीच कहिलेकाहीँ झडप हुने गर्छ। सो क्षेत्रमा विभिन्न समूहबीच हुने झडप एवं हिंसा सन् २०१० मा रोकिएको बताइएको छ। झडपकै कारण सो समयमा ८६८ मानिसको ज्यान गएको थियो भने करिब ५८ हजार मानिस विस्थापित भएको एक रिपोर्टले देखाएको छ।

दक्षिण अफ्रिकाको संसद भवनमा पुनः आगलागी

केप टाउनः दक्षिण अफ्रिकाको संसद भवनमा पुनः आगलागी भएको छ। आगलागी भएको ३६ घण्टा नबित्दै करिब १३० वर्ष पुरानो सो संसद भवनमा पुनः आगलागी भएको हो। यसअघि आइतबार सो संसद भवनमा आगलागी भएको थियो।

आगलागीबाट सो भवन परिसरभित्र रहेको राष्ट्रिय सभाको भवन पूर्णरुपमा ध्वस्त बनेको थियो। आगलागीबाट भौतिकरुपमा ठूलो क्षति पुगेको सो भवनमा सोमबार साँझ पुनः आगलागी भएको अन्तर्राष्ट्रिय मिडिया खबर छ। आगलागी भने हाल नियन्त्रणमा आइसकेको बताइएको छ।

करिब १३० वर्षअघि निर्मित सो भवन ऐतिहासिक मानिन्छ। सो भवनमा आगलागीको वास्तविक कारण हालसम्म पत्ता नलागे पनि प्रहरीले सोमबार ४९ वर्षीय पुरुषलाई पक्राउ गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

खल्तीको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने २ जना पक्राउ, धन्दा यस्तो थियो

जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ परेका दुवै आरोपीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सनसनी पुर्ण खुलासाः ज्ञानेन्द्र नेपालबाट मुर्ती लान्थे, विदेशबाट सुन र हेरोईन ल्याउँथेः पत्रकार ठकुराठी

राजपरिवारका सदस्य निकटका ब्यक्तिले आफुलाई पत्रकारिता छोड्नका लागि १ करोडको प्रलोभन देखाइएको पनि वताएका छन् । उनले भनेका छन् –‘तर मैले पैसा भन्दा पत्रकारिता रोजे ।’

नेपालले भारतलाई भन्योः नेपाली भूमिमा एकपक्षीय सडक बनाउने काम रोक

साथै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको उनले बताए ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App