आइतवार, माघ ९, २०७८
आइतवार, माघ ९, २०७८
Poco C3

रामचन्द्र पौडेलमाथि अन्तत लाग्यो गम्भीर आरोप, यो उमेरमा यतिसम्म गरे होलान् भनेर कसरी पत्याउनु ?

नेपाली राजनीतिमा दर्जन बढी पटक देश होस् अथवा पार्टीको नेतृत्वमा पुग्ने प्रयास असफल भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गम्भीर आरोप लागेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली राजनीतिमा दर्जन बढी पटक देश होस् अथवा पार्टीको नेतृत्वमा पुग्ने प्रयास असफल भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गम्भीर आरोप लागेको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी नभएर ‘तटस्थ’ बसेको दावी गरेका वरिष्ठ नेता पौडेलको भूमिकाबारे डा. शेखर कोइराला नेतृत्वको समूहमा समिक्षा भएको हो ।

- Advertisement -Poco C3

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको शेखर सूमहका शीर्ष नेताहरुको बैठकले महाधिवेशनमा पौडेलको भूमिका तटस्थ नरहेको निष्कर्ष निकालेको छ । बैठकले निर्वाचन प्रक्रियामा सहभागि नहुने उद्घोष गरेपनि पौडेलले महाधिवेशनमा शेरबहादुर देउवालाई सहयोग गरेको निष्कर्ष बैठकले निकालेको हो ।

बैठकमा सभापतिका निकटतम प्रतिस्पर्धी कोइरालासहित कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहित नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, डा।चन्द्र भण्डारी लगायत उपस्थित थिए ।

बैठकमा महाधिवेशन, वरियता, केन्द्रीय समिति बैठक, राष्ट्रियसभाको टिकट वितरण लगायतका विषयमा छलफल भएको थियो । छलफलकै क्रममा वरिष्ठ नेता पौडेल लगायत विगतमा संस्थापनइतर समूहमा रहेका नेताहरुको भूमिकाबारे नेताहरुले धारणा राखेका थिए ।

‘अरु सबै नेताले शेरबहादुरलाई प्रत्यक्ष रुपमै सहयोग गरेकोले केही भन्नुपरेन । रामचन्द्रजी पनि तटस्थ रहनुभएन भन्ने धारणा साथीहरुले राख्नुभयो’, बैठकपछि अर्जुननरसिंह केसीले भने । नेता पौडेलको भूमिका ‘तटस्थ नै रह्यो होला’ भन्ने आफूलाई लागेपनि अन्य नेताहरुको धारणा तदअनुरुप नरहेको केसीको भनाई छ ।

‘आफू उम्मेदवार नभएपछि यो टिमप्रति जिम्मेवारी बहन नगरेर तटस्थ बस्ने नाममा शेरबहादुरजीलाई नै सघाएको र अहिलेपनि सभापतिको ईच्छाअनुसार प्रयोग भएको आरोप साथीहरुले लगाउनुभयो । मलाई त उहाँ तटस्थ नै रहनुभयो कि भन्ने लागेको थियो’, केसीले भने ।

उनले पार्टीभित्र सहअस्तित्वको खोजी भइरहेको भन्दै सभापति देउवाले सुरुआतमै एकताको सन्देश दिन नसकेको बताए ।

‘वरियता र राष्ट्रियसभा को टिकट वितरणका सन्दर्भमा विधि उपयुक्त भएन भन्ने बुझाई रह्यो । मनोनयनमा पनि एकपक्षलाई बाइपास गरेर जान खोजेको देखियो’, केसीले भने । उनले सहअस्तित्वको प्रस्ताव सभापतिले नमाने सघंर्षको बाटो हिड्न कुनै बाधा नपर्ने बताए ।

बैठकमा डा। शेखरले सभापति देउवा पार्टी नभएर गुट चलाउन उद्यत देखिएको बताएका थिए । ‘हामीले भागबण्डा चाहिदैन भनेका छौं । भाग नचाहिएपनि न्याय त चाहिन्छ नि । उहाँको कार्यशैलीले पार्टीभित्रको ठूल्लो हिस्सालाई अन्यायको महसुस गराउने देखेको छु । उहाँले फेरी गुट चलाउन खोज्नुभयो’, बैठकमा शेखरले भनेका थिए ।

बैठकमा शेखर समूहका नेताहरु डा। चन्द्र भण्डारी र डा। मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनित नगरेर देउवाले ‘प्रतिशोध’ साँधेको धारणा सबैजसो नेताहरुले राखेका थिए ।

‘५० भोट नकटाउने जुनियरलाई मनोनित गर्दा हाम्रो समूहका नेताहरुलाई छुटाएर ह्युमिलेट गर्न खोजिएको छ । यसले पार्टीभित्रको लडाई अझ पेचिलो बनाएको छ’, बैठकमा एक नेताले भने ।

सभापति देउवाले महाधिवेशनमा ४० प्रतिशत मत ल्याएको समूहलाई ‘नजरअन्दाज’ गर्न खोजेको निष्कर्षसमेत बैठकले निकालेको छ ।

‘पार्टीको निर्णय प्रक्रियामा रामचन्द्र पौडेललाई देखाएर शेखर समूहलाई बेवास्ता गर्न खोजेको देखिएको छ । यसविरुद्ध राजनीतिक सघंर्ष जारी राख्ने सहमति बनेको छ’, बैठकमा सहभागि ती नेताले भने ।

सभापतिको उम्मेदवार बन्न नपाएको झोकमा पौडेलले देउवासँग अराजनीतिक लेनदेन गरेको हुनसक्ने आशंका बैठकले गरेको पनि ती नेताले बताए ।

यसैबीच, पार्टीभित्रको पछिल्लो परिस्थितिबारे राय लिन शेखर समूहका नेताहरुको विस्तारित बैठक बुधबार बस्दैछ । १४ औं महाधिवेशनमा शेखर नेतृत्वको प्यानलबाट प्रतिस्पर्धा गरेका सबै उम्मेदवार र प्रदेश सभापति र प्रत्याशीलाई बैठकमा बोलाइएको छ । बैठकमा पार्टीभित्र आफ्नो समूहको अस्तित्व स्थापित गर्न कसरी संघर्ष गर्ने भन्नेमा छलफल हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

सत्तारूढ गठबन्धनले तालमेल गर्ने प्रत्यक्षतर्फको सीटको लाग्यो टुंगो, एमालेलाई बेहिसाब हराउन यसरी गर्दैछन् गृहकार्य प्रचण्ड–नेपालले !

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने १ सय ६५ सीटमै तालमेल गर्ने प्रयासमा छन् ।

मन्त्री रामकुमारी झाक्रीको यस्तो का’ण्ड बाहिरिय पछि सबै चकित

अझ भन्दा, मन्त्रीको सबै कार्यक्रम उनैले तय गर्छन्, आफूलाई राज्यमन्त्री सरह सोचेर व्यवहार गर्ने गरेको मन्त्रालयका कर्मचारी बताउँछन् ।

प्रचण्ड: एमसीसी पास गर्न कुन माइकललालको ताकत रैछ हेर्छु

उनले एमसीसीका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सामान्य कुराकानी भएपनि यसको परिमार्जन, संशोधन र ब्याख्या गर्ने विषयमा ठोस कुराकानी नभएको बताए ।

‘परिचय दिनुपर्दा मन्त्री पद महंगो पर्ला’: अध्यक्ष बरालको मन्त्री पौडेललाई चेतावनी

मेडिकल शिक्षाको समस्या समाधान गर्न सिंहदरवारमा बैठक बसेता पनि उक्त वैठक जमघटमा मात्र सिमित रहेको उल्लेख गर्दै अध्यक्ष बरालले विद्यार्थीको समस्याको सारथीको रुपमा अनेरास्ववियु सँगै रहेको बताउनुभयो ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App