सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

प्रचण्डले लगाए महासचिवको टुङ्गो लामो रस्साकस्सीपछि, अब दायाँबायाँ नहुने !

ञआठौँ महाधिवेशन (११–१८ पुस) बाट माओवादी केन्द्रको पहिलो निर्वाचित केन्द्रीय समितिको बैठकको पहिलो निर्णय थियो, अध्यक्षमा पुष्पकमल दाहाल (प्रचण्ड) को चयन।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रमा लामो रस्साकस्सीपछि महासचिवको लगभग टुंगो लागेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्षमान पुनलाई महासचिव बनाउने पक्कापक्की भएको हो ।

ञआठौँ महाधिवेशन (११–१८ पुस) बाट माओवादी केन्द्रको पहिलो निर्वाचित केन्द्रीय समितिको बैठकको पहिलो निर्णय थियो, अध्यक्षमा पुष्पकमल दाहाल (प्रचण्ड) को चयन।

- Advertisement -Poco C3

प्रचण्डकै उचाईका कुनै सशक्त प्रतिद्वन्द्वी पार्टीभित्र नदेखिएपछि माओवादी केन्द्रको अध्यक्ष फेरिपनि प्रचण्ड नै बन्छन् भन्ने धेरै अघि नै पक्का थियो। त्यसैले, केन्द्रीय कमिटीको पहिलो बैठकप्रति मानिसहरुको चासो महाधिवेशनपछि माओवादी केन्द्रको महासचिवमा प्रचण्डले कसको नाम प्रस्ताव गर्लान् भन्ने थियो।

आफुले चाहेको नाम प्रचण्डले प्रस्ताव गर्दा कसैले विमति जनाउने सम्भावना कम थियो। कुनै आकांक्षीले विमति जनायो भनेपनि निर्वाचन हुन्थ्यो। त्यस्तोमा, प्रचण्डले प्रस्ताव गरिसकेको नेताले नै महासचिवमा विजय हासिल गर्नेपनि पक्का नै थियो।

यसो गर्दा संगठनमा प्रचण्डकै पकड रहेछ भन्ने कुरा आन्तरिक निर्वाचनको माध्यमबाटै पुष्टि हुन्थ्यो। पदाधिकारी समूहलाई ‘टीके टिम’ बनाएको आरोपबाट प्रचण्डले पनि मुक्ति पाउँथे।

तर, आठौँ महाधिवेशनपछिको पहिलो केन्द्रीय समितिबाट आफु अध्यक्ष निर्वाचित भएपछि प्रचण्डले अन्य पदाधिकारीको नाम नै प्रस्ताव गरेनन्, बहुप्रतिक्षित महासचिवको नामपनि प्रस्तुत भएन।

बरु, प्रचण्ड अध्यक्ष निर्वाचित भएलगत्तै बैठक २५ पुससम्मका लागि स्थगित भयो। ‘पार्टीका दुईजना नेताहरु बर्षमान पुन र ओनसरी घर्ति उपचारका लागि चीनमा हुनुहुन्छ’, बैठकपछि पत्रकारहरुलाई प्रचण्डले स्पष्टिकरण दिए, ‘उहाँहरु आएपछि नै पदाधिकारी चयन गरौँ भनेर २५ पुससम्मका लागि बैठक स्थगित गरिएको हो।’

प्रचण्डले भनेजस्तै, आठौँ महाधिवेशनअघि पार्टी स्थायी कमिटी सदस्य रहेका पुन उपचारका क्रममा यतिबेला चीनमा छन्। गम्भीर प्रकारको जण्डिस रोगका कारण उपचारका लागि १३ असोजमा ब्याङ्कक पुगेका उनी १० मंसिरमा चीनको सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन पुगेका थिए।

नेता पुन मंगलबार (२० पुस) मा मात्र डिस्चार्ज भएका छन्। उनी तीन दिनपछि काठमाडौँ आइपुग्ने बताइएको छ। काठमाडौँ आएपछि उनीपनि उपस्थित हुने गरी २५ पुसका लागि केन्द्रीय कमिटीको बैठक आयोजना गरिएको छ।

आठौँ महाधिवेशनबाट निर्वाचित हुने महासचिवका एक दावेदार थिए पुन। गत साउनमा बसेको केन्द्रीय कमिटी बैठकबाट पुन केन्द्रीय सचिवालयको व्यवस्था सहित त्यसको इञ्चार्ज बनाएपछि पुनलाई माओवादी केन्द्रको भावी महासचिवको रुपमा हेर्न थालिएको हो।

महासचिवका अर्का दावेदार जनार्दन शर्माले जिम्मेवारी पाएको संगठन विभागपनि पुन मातहतको केन्द्रीय सचिवालय अन्तर्गत नै राखिएकाले पनि पुनलाई महासचिवका सबैभन्दा सशक्त बलिया दावेदार मान्न थालियो।

तर जनयुद्धदेखि शान्ति प्रक्रियासम्म निरन्तर प्रचण्डले भरोशा र विश्वास गरेका पुन गम्भीर स्वास्थ्य समस्याका कारण महाधिवेशनमा उपस्थित हुन सकेनन्। पूर्व सभामुखसमेत रहेकी माओवादी नेतृ ओनसरी घर्तिमगरपनि पति पुनको हेरचारका लागि चीनमै भएकाले महाधिवेशनमा सहभागी हुन सकिनन्।

त्यसपछि सम्भावित महासचिवका रुपमा जनार्दन शर्मा, शक्ति बस्नेत, देव गुरुङ, पम्फा भुसाल चर्चामा रहे। पुन महाधिवेशन हलमा उपस्थित भएको भए सम्भवतः महासचिवका लागि यति धेरै नेताको नाम चर्चामा आउने थिएन।

केन्द्रीय सदस्य हेमराज भण्डारीका भनाईमा, बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग भनेजस्तै, केन्द्रीय समिति बैठकमा पनि प्रचण्डले नेता पुन र नेतृ घर्ती चीनबाट फर्केपछि बैठक बोलाएर पदाधिकारी चयन गर्नु उपयुक्त हुने बताएका थिए।

पुन नै उपस्थित बैठकबाट महासचिव लगायतका पदाधिकारी चयन गर्ने अध्यक्ष प्रचण्डको प्रस्तावसँगै बैठक स्थगित भएपछि प्रश्न उठेको छ– के पुनलाई नै महासचिव बनाउन प्रचण्डले २५ पुससम्मका लागि बैठक स्थगित गरेका हुन्?

माओवादी केन्द्रका बरिष्ठ नेता दीनानाथ शर्मा प्रचण्ड कसलाई महासचिव बनाउने पक्षमा छन् भन्ने कुरा अझै यकिन गर्न नसकिने बताउँछन्। तर, उनको भनाईमा, १९ पुसको पहिलो बैठक स्थगित हुनुको कारण पुनलाई नै महासचिव बनाउनका लागि चाहिँ होइन।

७५ वर्ष उमेर नाघिसकेका शर्माले उमेरका दृष्टिले सबैभन्दा बरिष्ठ भएकाले महाधिवेशनपछिको पहिलो बैठकको अध्यक्षता गरेका थिए। त्यसपूर्व नै बैठकबारे निर्णय गर्न प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगायतका नेताहरुसँग शर्माको कुराकानी भएको थियो।

‘बैठक सुरु हुनुअघि अध्यक्ष प्रचण्डसँगको फोन–कुराकानीमा अनन्तले ‘महाधिवेशन पछिको पहिलो केन्द्रीय कमिटीको बैठकमा आफुपनि उपस्थित हुने इच्छा व्यक्त गर्नुभएको रहेछ’, नेता शर्माले भने, ‘महाधिवेशनपछिको पहिलो बैठक महाधिवेशनकै निरन्तरता सरह हुने भएकाले उहाँ (नेता पुन र नेतृ घर्ती) को पनि सहभागिता होस् भनेर पहिलो बैठककै निरन्तरताका रुपमा २५ पुससम्मका लागि बैठक स्थगित गरिएको हो।’

शर्मासँगको कुराकानीमा प्रचण्डले विधानले व्यवस्था गरेका अन्य पदाधिकारीमा पनि गृहकार्य नसकिएका कारण पनि १९ पुसको बैठकबाट सबै निर्णय गर्न नसकिने र गृहकार्यका लागि केही दिन बैठक सार्नुपर्ने बताएका थिए।

निश्चय नै, तीन दिनका लागि आयोजना गरिएको राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भई ७ दिनसम्म लम्बिएकाले प्रचण्ड समयको दवावमा थिए।

महाधिवेशन सकिएलगत्तै राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो पार्टीको उम्मेदवार तय गर्नुमात्र थिएन, सत्तारुढ गठबन्धनमा छलफल गरी भागवण्डा समेत मिलाउनुपर्ने बाध्यतापनि थियो।

यसै अनुसार महाधिवेशन सकिएको भोलिपल्टै १९ पुस विहान सत्तारुढ गठबन्धनको बैठक बस्यो। त्यही बैठकबाट सत्तारुढ गठबन्धनका पाँच दलहरुले राष्ट्रिय सभाका रिक्त १८ स्थानमा भागबण्डा गरे। लगत्तै प्रचण्ड केन्द्रीय समितिको पहिलो बैठकमा सहभागी भए।

सत्तारुढ दलहरुको बैठक अघि राष्ट्रिय सभामा पार्टीले रिक्त कुन–कुन सिट लिने भनेर आफ्नै पार्टीभित्र पनि छलफल गर्न जरुरी थियो। यसका लागि उनी १९ पुस विहानै पार्टीका नेताहरुसँग छलफलमा जुटे।

यो परिस्थितिजन्य चटारो हेर्दा १९ पुसको केन्द्रीय समिति बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्न प्रचण्डसँग समय अभाव थियो वा गृहकार्य पुगेको थिएन भन्ने कुरामा अविश्वास गर्नुपर्ने कारण देखिँदैन।

तर, बैठक पुस २५ सम्म सारिनुको कारण यत्तिमात्र चाहिँ होइन। बैठक सारिनुको मुख्य कारण पुनको उपस्थितिमा नै पदाधिकारी चयनसम्बन्धी निर्णय होस् भनेर हो।

पुनको स्वास्थ्य समस्या कति जटिल थियो भन्ने कुरा माओवादी केन्द्रमा सबैभन्दा बढी जानकारी प्रचण्डलाई नै थियो। ब्याङ्ककमा उपचार सम्भव नभएपछि प्रचण्डकै प्रयासमा उपचारका लागि उनलाई सेन्जेन (चीन) लगिएको थियो।

यस्तो गम्भीर समस्याबाट तङ्ग्रिएर आएको नेताले ‘केन्द्रीय कमिटीको पहिलो बैठकलाई महाधिवेशनकै निरन्तरता मानौँ, त्यो बैठकमा मपनि उपस्थित हुन्छु, त्यसबाट मैलेपनि महाधिवेशनमा सहभागिता जनाए सरह हुन्छ’ भन्दा प्रचण्डले अस्वीकार गर्नु मानवीय र राजनीतिक दुबै कारणले गलत हुन्थ्यो।

त्यसमाथि पुन महासचिवका सशक्त दावेदार हुन्। आफ्ना विश्वासपात्र मध्येका एक र जटिल स्वास्थ्य अवस्थाका कारण महाधिवेशन हलमा उपस्थित हुन नपाएका पुनको अनुपस्थितिमा यस्तो महत्वपूर्ण निर्णय गर्नु प्रचण्डले उपयुक्त सम्झेनन्।

जानकारी अनुसार, मंगलबार अस्पतालबाट डिस्चार्ज भएका पुन तीन दिनपछि काठमाडौँ आइपुग्दैछन्। अन्य कुनै कारणबाट अवरोध सिर्जना नभएमा उनी २४ पुसभित्रमा काठमाडौँ आइसकेका हुनेछन्। पुनको आगमनको चर्चासँगै माओवादी पंक्तिभित्र फेरि भावी महासचिवका रुपमा उनकै चर्चा बढेको छ।

‘पुन र शर्माबाहेक महासचिवका लागि अरु नाममा चर्चा भएको पुन महाधिवेशनका बेला चीनमा रहेकाले मात्र हो’, माओवादी केन्द्रका एक नेताले भने, ‘२५ पुसमा हुने बैठकमा पुन उपस्थित हुने भएपछि अब महासचिवमा पुनकै सम्भावना बढेको छ।’

ती नेताले थपे, ‘पुनलाई महासचिव नबनाउने हो भने उपाध्यक्ष बनाएर पहिलो बैठकबाटै महासचिवमा अर्कै नेताको नाम प्रस्ताव हुन्थ्यो होला। पुन आगमनका लागि पर्खाई हेर्दा उनैलाई महासचिव बनाउन हो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App