सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

प्रहरी कांग्रेसका चर्चित नेता गच्छदारलाई खोज्दै, भेट्यो कि समात्ने !

उनीसँगै छोरा कमल बस्नेत, ज्वाईँद्वय प्रज्जवल अधिकारी र मनोज सुवेदी अनुसन्धानमा छन्। ती सबैको नाममा गएको सम्पत्तिको मूल्यांकन भइरहेको छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बालुवाटार जग्गा घोटाला प्रकरणमा ठूला माछा पक्राउ पर्ने भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको हो । अनुसन्धान सकिन लाग्दा तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको ब्युरोका निर्देशक धिरजप्रताप सिंहले बताए।

पक्राउ पूर्जी जारी भएकाहरू ‘हाइप्रोफाइल’ व्यक्ति छन्। सिंहका अनुसार तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायतको प्रहरीले खोजी सुरु गरेको छ । उनीहरुलाई भेट्ने बित्तिकै पक्राउ गरिनेछ ।

- Advertisement -Poco C3

‘तीन सय बढीको हकमा पक्राउ पूर्जी जारी भएको छ, उनीहरूलाई पक्राउ गर्न हामी लागिरहेका छौं,’ सिंहले भने। तर, ब्युरोले‘हाइप्रोफाइल’ लाई पक्राउ नगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाने तयारी गरेको बुझिएको छ।

‘पक्राउ पूर्जी जारी भएकालाई सकेसम्म अनुसन्धान प्रतिवेदनसँगै अदालतमा पुर्‍याउने हाम्रो योजना छ,’ ब्युरो स्रोतले भन्यो। बालुवाटार जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू अहिले थुनामा छन्। बाँकी कोही पनि पक्राउ परेका छैनन्।

पक्राउ पूर्जी जारी भएकामध्ये अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त बस्न्यातविरूद्ध भ्रष्टाचार गरी कालोधन आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।

उनीसँगै छोरा कमल बस्नेत, ज्वाईँद्वय प्रज्जवल अधिकारी र मनोज सुवेदी अनुसन्धानमा छन्। ती सबैको नाममा गएको सम्पत्तिको मूल्यांकन भइरहेको छ। तर, अनुसन्धानमा रहेकाले बैंकबाट ऋण लिएर अर्को बैंकमा ऋण तिरेको देखिन्छ। बस्न्यातले आर्जन गरेको सम्पत्ति कहाँ छ भन्ने यकिन गर्न विभागका अधिकारीहरू लागिपरेका छन्।

बस्न्यातका परिवारले ठूलो रकम बैंकहरू कर्जा निकालिरहने गरेको देखिएको छ। ‘एउटा बैंकबाट निकालेको कर्जा अर्को बैंकबाट तिर्ने गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘तर, यति ठूलो रकम कर्जा किन निकालिन्छ भन्ने पाटो शंकास्पद छ।’

ललिता निवास प्रकरणमा तानिएपछि बस्न्यातविरूद्ध अख्तियारले नै सम्पत्ति शुद्धीकरण प्रयोजनका लागि विभागले लेखी पठाएको थियो। लोकमानसिंह कार्की बर्खास्तमा परेपछि बस्न्यात अख्तियारको प्रमुख आयुक्त बनेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App