सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

भीम रावलले पनि छाडेनन् योगेश भट्टराईलाई, गम्भीर प्रश्न उठाए

शाहवंशीय राजाहरूले १ सय २२ वर्षसम्म शासन गरेको नारायणहिटीलाई इतिहासका लागि संरक्षण गर्नुको सट्टा भाडामा दिने निर्णय भट्टराईकै कार्यकालमा भएको भन्दा उनको आलोचना भईरहेको छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नारायणहिटी दरबार संग्रहालय परिसरभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनमा भाडामा दिइएको विषयमा पुर्वमन्त्री योगेश भट्टराई विवादमा परेका छन् ।

शाहवंशीय राजाहरूले १ सय २२ वर्षसम्म शासन गरेको नारायणहिटीलाई इतिहासका लागि संरक्षण गर्नुको सट्टा भाडामा दिने निर्णय भट्टराईकै कार्यकालमा भएको भन्दा उनको आलोचना भईरहेको छ। उक्त निर्णयको नेकपा एमालेका नेता भिम रावलले समेत विरोध गरेका छन् । उनले योगेशको नाम नलिई गम्भीर प्रश्न उठाएका छन् ।

- Advertisement -Poco C3

उनले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले लेखेका छन्–‘नारायणहिटी जस्तो ऐतिहासिक–सांस्कृतिक महत्वको सम्पदाको संरक्षण गर्नुको साटो विदेशीलाई व्यापारिक मुनाफाका लागि रेष्टुरेन्ट चलाउने अनुमति दिनु राष्ट्रिय स्वाभिमान माथिको प्रहार हो। यस्तो देशप्रतिको गैरजिम्मेवार सम्झौता रद्द गरी नारायणहिटी संग्रहालयको मौलिकताको सुरक्षा गरियोस् ।’

नेपाल ट्रस्टको स्वामित्वमा रहेको संग्रहालयभित्र रोयल बगैंचा रेस्टुरेन्ट सञ्चालन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भाडामा दिने निर्णय भएको पाईएको छ। १७ पुस २०७७ मा भएको निर्णय अनुसार बतास समूहको बीपीएस लिजिङ कम्पनीसँग नारायणहिटी भाडामा दिने सम्झौता भएको थियो ।

भाडाका लागि तीन कम्पनीबीच प्रतिस्पर्धा गराइएकामा तीनै कम्पनी (बतास एसोसिएट्स, बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट र होटल आनन्द) बतास समूहकै हुन । ‘नारायणहिटी रेस्टुरेन्ट’ सञ्चालन गर्न संग्रहालयभित्रै रहेको एउटा भवनका लागि मात्र टेन्डर सूचना गरिएको थियो ।

भवनका लागि मासिक न्यूनतम २ लाख २० हजार ४ सय ४० निर्धारण गरिएकामा रहस्यमय रूपमा होटल आनन्दले २ लाख २० हजार ५ सय र बीपीएसले २ लाख २१ हजार ६ सय १८ रुपैयाँ कबोल गरेका थिए ।

नारायणहिटी दरबारभित्रको २१ सय ७० वर्गफिटको भवन १ सय २ रुपैयाँ प्रतिवर्गफिटका दरले भाडामा लिने–दिने सम्झौता भएको छ । ‘भाडा दर निर्धारणका लागि गठित इन्जिनियर पूर्ण श्रेष्ठ र संगीता यादवको समितिले जग्गाको भाडा प्रतिवर्गफिट १ सय १ रुपैयाँ निर्धारण गरेको थियो।

रेस्टुरेन्ट सञ्चालनका लागि क्यान्टिन भवनको भाडामा मात्र सम्झौता भएको छ । तर कम्पनीले खास कति क्षेत्रफल उपयोग गर्ने हो र भाडा कति आउने भन्ने कसैलाई जानकारी छैन। तर, अहिले करार भएको भवन अगाडि धमाधम संरचना बनाइँदै छ ।

संग्रहालय र बतासकाबीचमा ०७७ पुस १७ मा सम्झौतामा हस्ताक्षर भएको थियो । ०७६ चैत १९ मा संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालनका लागि भाडामा दिन निर्णय हुँदा, २०७७ साउन २६ मा टेन्डर सूचना प्रकाशित हुँदा र २०७७ पुस ५ मा कम्पनी छनोट हुँदा संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराई थिए ।

तर, पुस ५ कै दिन तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि भट्टराईले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसको १२ दिनपछि संग्रहालय र वतासका विचमा सम्झौता भएको पाईएको छ।

त्यसैले विवाद बढेपछि भट्टराईले नारायणहिटीभित्र क्याफेटेरिया÷ रेस्टुरेन्ट सञ्चालनको विषयमा आफूलाई जानकारी पनि नभएको र कहींकतै निर्णयमा आफ्नो हस्ताक्षर भए प्रमाण देखाउन सार्वजनिक चुनौती दिएका छन ।

उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखे पनि संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले भने तत्कालीन मन्त्रीकै सैद्धान्तिक सहमतिमा प्रक्रिया अघि बढेको बताएका छन ।

रेस्टुरेन्ट सञ्चालनसम्बन्धी निर्णय विवादित बनेपछि पर्यटन मन्त्रालयले बोलपत्र खरिद र छनोट प्रक्रियाका बारेमा चासो देखाएको छ । महत्वपूर्ण संग्रहालय परिसरको जग्गाको अवमूल्यन गर्दै ठेक्का लगाइएको आशंकामा मन्त्रालयले छानबिन गर्ने तयारी गरिरहेको पर्यटनमन्त्री प्रेमबहादुर आलेको सचिवालयले बताएको छ ।

मन्त्री आलेले मंगलबार संग्रहालयका कार्यकारी निर्देशक दाहाललाई बोलाई सोधपुछ गरेका छन । मन्त्रीको निर्देशनअनुसार, तत्काललाई रेस्टुरेन्ट निर्माण रोक्न नारायणहिटीले बी म्यानेजमेन्टलाई पत्र पठाएको कार्यकारी निर्देशक दाहालले बताए ।

कुल ७ सय ५३ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटीमा २०६५ साल मध्य असारसम्म नेपालका अन्तिम राजाका रूपमा ज्ञानेन्द्र थिए । सन् १८८६ मा पहिलो पटक राजाका रूपमा पृथ्वी वीरविक्रम यो दरबार छिरेका थिए । त्यसअघि यो दरबारका विभिन्न संरचनामा विभिन्न राणा प्रधानमन्त्री बस्दै आएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

भ्रष्टाचारमा फस्ने भएपछि योगेश भट्टराई तनावमा !

जसकारण तत्कालीन पर्यटनमन्त्री भट्टराई विवादमा तानिएका छन् । फेरि अर्को अनियमिततामा पनि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गर्न आदेश दिएको छ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

दोहोरिदैछ ५४ साल ? गठबन्धनको भयङ्कर भित्री तयारी बाहिरियो, अब एमाले के गर्ला ?

२०७४ मा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आगामी जेठ ५ मा सकिदैँछ । तर २०५४ कै अवस्था दोहोरिनेमा संशय देखिन थालेको छ ।

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App