बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

देउवा सरकारले गर्यो यस्तो रिपोर्ट सार्वजनिक: माधवको एसका सम्मानित नेता झलनाथ कानुन विपरितको काममा संलग्न

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित झलनाथ खनालले कानुन विपरितको काममा संलग्न भएको खुलेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित झलनाथ खनालले कानुन विपरितको काममा संलग्न भएको खुलेको छ । सरकारले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता खनालको उपचारका लागि ५८ लाख ५३ हजार रुपैयाँ खर्च गरेको हो ।

सरकारले दुई पटक गरेर खनालको उपचारका लागि कानुन विपरीत साढे ५८ लाख रुपैयाँ निकासा गरेको हो । खनालले दुवै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचार गराएका थिए । सरकारले परराष्ट्र मन्त्रालयलाई भैइपरी आउने– साधारण प्रशासन खर्च शीर्षकबाट रकमान्तर गरेर उपचार खर्च बेहोरेको हो ।

- Advertisement -Poco C3

साउन महिनामा ४८ लाख ५० हजार रुपैयाँ निकास भएको थियो भने असोज महिनामा १० लाख ३ हजार रुपैयाँ प्राप्त भएको अर्थमन्त्रालयले रकमान्तरबारे सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

पूर्वप्रधामनत्री खनाल मिर्गौला प्रत्यारोपण गरेर फर्किसकेका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो ।

दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि बिलअनुसार रकम खर्चिएको थियो । एमाले उपमहासचिव विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहँदा नै करिब ३० लाख रुपैयाँ निकासा भइसकेको थियो ।

२ असोज २०७५ देखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भनिएको छ ।

नयाँ सरकारले खनालको उपचार खर्च व्यहोर्ने पूर्ववर्ती सरकारको निर्णय उल्ट्याउनुको साटो थप निकासा दिएको अर्थ मन्त्रालयको विवरणमा देखिन्छ ।

सरकारले गत कात्तिकमा महिनाका पूर्वराष्ट्रपति रामवरण यादवलाई आर्थिक सहयाता बापत १० लाख उपलब्ध गराएको छ । के–का लागि आर्थिक सहयोता दिइएको भन्ने स्पष्ट छैन ।

असारमै भएको निर्णय अनुसार असोज महिनामा पूर्वप्रधानमन्त्री खिलराज रेग्मीलाई पूर्वप्रधानमन्त्रीले पाउने सुेवा सुविधा बमोजिम शाखा अधिकृत सरहको एक जना सहयोगी, एक जना सवारी चालक र मासिक १५० लिटर इन्धन सुविधा उपलब्ध गराउन ७ लाख ३७ हजार रुपैयाँ निकासा गरिएको छ ।

एमाले नेता तथा पूर्वमन्त्री रघुजी पन्तसहित ३ जनालाई असार २१, भदौ १० र ३ गतेका निर्णय अनुसार २७ लाख उपचारका लागि आर्थिक सहयाता उपलब्ध गराइएको छ ।

पूर्वमन्त्री प्रदीप नेपालसहित ३ जनालाई पनि पनि ३२ लाख रुपैयाँ उपचार खर्च दिइएको छ । तर, पन्त र नेपालबाहेक अरु ४ जना को हुन् र कति–कति रकम दिइएको हो भन्ने विवरणमा खुल्दैन ।

सरकारले जनगायक स्वर्गीय जेबी टुहुरेको औषधि उपचार बापत छोरीलाई ८ लाख ३० हजार र बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माको उपचार र कुरुवा खर्च बापत १ लाख २९ हजार रुपैयाँ पनि उपलब्ध गराएको छ ।

सरकारले राष्ट्रिय समावेशी आयोगका सदस्यलाई दुई जना निजी सहायक र एक जना कार्यलय सहयोगी राख्न १० लाख ६४ हजार तथा थारु आयोगका पदाधिकारीलाई सवारी साधन खरिद र भाडामा लिन १ करोड ४३ लाख २५ हजार रुपैयाँ रकमान्तर गरेर रकम उपलब्ध गराएको अर्थमन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App