बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

डलर अर्बपति बिनोद चौधरीका लागि बज्यो खतराको घण्टी, पद नै धरापमा पर्यो

कांग्रेसको विधानविपरीत चौधरी केन्द्रीय सदस्य बनेको भन्दै सिरहा क्षेत्र ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले बुधबार आयोगमा उजुरी दिएका हुन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कांग्रेस केन्द्रीय सदस्य तथा डलर अर्बपति विनोद चौधरीका लागि खतराको घण्टी बजेको छ । चौधरीको पद नै धरापमा परेको हो । उनको पद खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

कांग्रेसको विधानविपरीत चौधरी केन्द्रीय सदस्य बनेको भन्दै सिरहा क्षेत्र ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले बुधबार आयोगमा उजुरी दिएका हुन् ।

- Advertisement -Poco C3

यादवले चौधरीको अवैधानिक केन्द्रीय सदस्यको पद खारेज गरी आफ्नो नाम केन्द्रीय सदस्यमा समावेश गर्न पनि माग गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट चौधरी मधेसी (खुला)तर्फ निर्वाचित भएका हुन् ।

यादवले कांग्रेसको विधानअनुसार १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएमात्र केन्द्रीय सदस्य बन्न पाइने भन्दै चौधरी २०७४ सालमा कांग्रेस प्रवेश गरेको जनाएका छन् ।

’नेपाली कांग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१(८) मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना मधेसी केन्द्रीय सदस्य रहने व्यवस्था रहेको छ,’ यादवको उजुरीमा उल्लेख छ, ’मधेसी खुल्ला पदमा निर्वाचित भएको भनिएको विनोद चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ सालमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ ।’

उजुरीको पूर्णपाठ

श्री निर्वाचन आयोगमा चढाएको

उजुरी निवेदन–पत्र

विषयः– अबैधानिक केन्द्रीय सदस्यको पद खारेज गरी मेरो नाम केन्द्रीय सदस्यमा समावेश गरी पाउँ ।

सिरहा जिल्ला सिरहा न.पा. वडा नं. १५ घर भएको नेपालीको १४ औं महाधिवेशनमा मधेशी केन्द्रीय सदस्य खुल्लामा छैठौं स्थानमा रहेको डा. सुभाष चन्द्र यादव –१

विरुद्ध

नेपाली कांग्रेस केन्द्रीय कार्यालय –१ नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति, सानेपा, ललितपुर –१

संयोजक नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति सानेपा, ललितपुर –१ नेपाली कांग्रेस केन्द्रीय सदस्य मधेशीमा निर्वाचित भनिएको विनोद चौधरी, नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुर–१

म निवेदक निम्न लिखित निवेदन गर्दछु ।

१) नेपाली कांग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१(८) मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिला सहित ९ जना मधेशी केन्द्रीय सदस्य रहने व्यवस्था रहेको छ ।

२) नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको २०७८।०७।२८ गतेको बैठकबाट बाधा अड्काउ फुकाउ सम्बन्धी प्रस्तावको निर्णयमा पार्टीको केन्द्रीय सदस्य रहेको व्यक्ति न्यूनतम १० वर्ष निरन्तर क्रियाशील सदस्य हुनु पर्ने पदमा उम्मेदवार हुन पाउने बाहेक अन्य जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति महानगर उपमहानगर सभापतिमा उम्मेदवार हुन पाउने छैन भनी भएको व्यवस्थाले समेत १० वर्ष निरन्तर क्रियाशील सदस्य भएको व्यक्ति मात्र केन्द्रीय सदस्यको पदमा उम्मेदवार हुन पाउने स्पष्टै छ ।

३) यस्तैमा मधेशी खुल्ला पदमा निर्वाचित भएको भनिएको विनोद चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ सालमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ ।

४) यसरी नेपाली कांग्रेसको विधान विपरित निवाचित भनिएको विनोद चौधरीको सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय र कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाई नगरेबाट राजनिकित दल सम्बन्धी ऐन, २०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुर निवेदन पत्र पेश गरेको छु ।

५) राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १७ मा केन्द्रीय समिति र प्रदेश समितिको पदाधिकारीको योग्यता ः दलको केन्द्रीय समिति र प्रदेश समितिका पदाधिकारीमा निर्वाचित हुन दलको कुनै सदस्यले पूरा गर्नुपर्ने योग्यता सम्बन्धित दलको विधानमा उल्लेख भए बमोजिम हुनेछ भन्ने व्यवस्थाले दलको विधानको व्यवस्थाको पालना राजनीतिक दलहरुले अनिवार्य रुपमा गर्नुपर्दछ ।

६) नेपाली कांग्रेसको विधान, २०१७ परिच्छेद, ७ दफा २१(८) मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको व्यक्तिमात्र केन्द्रीय सदस्यमा निर्वाचित हुन सक्ने व्यवस्था विपरित निज विनोद चौधरी, समानुपातिक सांसद भएको त्यसको रेकर्ड यस आयोगमा समेत भएको र निज १० वर्ष निरन्तर नेपाली कांग्रेसको केन्द्रीय सदस्य नभएकोले निज नेपाली कांग्रेसको क्रियाशील सदस्य हुन नसक्ने स्पष्ट हुन्छ ।

७) यसरी अवैधानिक रुपमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य मधेशी (खुल्ला) मा निर्वाचित भनिएको विनोद चौधरी अयोग्य भएपछि स्वभाविक रुपमा मधेशी केन्द्रीय सदस्य (खुल्ला) वरियताक्रमको छैठौं स्थानमा रहेको निवेदक मधेशी केन्द्रीय सदस्यमा निर्वाचित हुने प्रष्ट छ ।

८) अतः माथि उल्लेखित आधार कारणहरु एवं मिसिल संलग्न प्रमाण कागजहरु तथा यस आयोगमा रहेको निज यसपूर्व नेकपा एमालेमा सभासद रहेको रेकर्ड समेतबाट निज विपक्षी विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन अयोग्य रहेकोले निजलाई नेपाली कांग्रेस केन्द्रीय सदस्य मधेशी (खुल्ला) ५ पदको लागि अयोग्य घोषित गरी निजको स्थानमा म मधेशी (खुल्ला) केन्द्रीय सदस्यको छैठौं बरियताक्रममा रहेको निवेदकको नाम समावेश गरी सोको जानकारी विपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यालयलाई गराई पाउँ ।

९) राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ ले यो विषय यसै आयोगको क्षेत्राधिकार भित्र पर्दछ ।

१०) प्रमाणः–

(क) दलको विधानको फोटोकपी

(ख) नेपाली कांग्रेस केन्द्रीय सदस्य मधेशी (खुल्ला) ५ पदको योग्यताक्रम

(ग) विनोद चौधरी एमालेमा रहेको प्रमाण ।

११) यसमा लेखिएको ब्यहोरा ठीक साँचो हो, झुठ्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

निवेदक

………………………..

डा. सुभाष चन्द्र यादव

महासमिति सदस्य

सिरहा क्षेत्र नं. ३

ईति सम्बत् २०७८ साल पौष महिना २१ गते रोज ४ शुभम्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App