सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

भारतका प्रधानमन्त्री मोदीले पन्जाबबाट धन्न बाँचेर फर्किएँ भनेको घटनाको नालीबेली नै बाहिरियो

भारतीय सञ्चारमाध्यमका अनुसार भारत–पाक अन्तर्राष्ट्रिय सीमा यहाँबाट ४९ किलोमिटर मात्र पर छ र यस क्षेत्रमा लगातार टिफिन बम र अन्य विस्फोटक पदार्थ भेटिन्छन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको टोली निकै असुरक्षित क्षेत्रमा झन्डै २० मिनेट रहनपर्याे। पन्जाबको फिरोजपुर जिल्लाभित्र रहेको मुड्कीनजिक राष्ट्रिय राजमार्गमा प्रधानमन्त्रीले रोकिनुपरेको ठाउँ अति संवेदनशील क्षेत्र हो।

भारतीय सञ्चारमाध्यमका अनुसार भारत–पाक अन्तर्राष्ट्रिय सीमा यहाँबाट ४९ किलोमिटर मात्र पर छ र यस क्षेत्रमा लगातार टिफिन बम र अन्य विस्फोटक पदार्थ भेटिन्छन्। यस्तो अवस्थामा प्रधानमन्त्री मोदीको भ्रमणलाई ध्यानमा राखेर पन्जाब प्रहरीले जुन किसिमको व्यवस्था गर्नुपर्ने थियो, त्यस्ता नदेखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

- Advertisement -Poco C3

भारत–पाकिस्तान अन्तर्राष्ट्रिय सीमासँग नजिक भएका कारण फिरोजपुर पन्जाबको निकै संवेदनशील जिल्ला हो। यहाँ प्रधानमन्त्री मोदीको ¥याली गर्ने भनेर करिब डेढ साता अगाडि नै घोषणा भएको थियो। अर्कातर्फ लुधियाना र पठानकोटमा भएका बम विस्फोटपछि पूरै पन्जाब उच्च सतर्कतामा छ। १५ सेप्टेम्बर २०२१ मा विस्फोट भएको जलालाबाद सहर पनि फिरोजपुर नजिकै छ र एनआईए अनुसन्धानले यो आतंकवादी हमला भएको स्पष्ट पारेको छ।

सोही क्षेत्रमा टिफिन बमको आपूर्तिः जलालाबाद विस्फोटपछि टिफिन बम आपूर्ति गरेको आरोपमा एनआईएद्वारा गिरफ्तार गुरुमुख सिंह रोडे मोगा जिल्ला रोडे गाउँका हुन्, जुन जर्नेल सिंह भिन्द्रनवालेको जन्मस्थल हो। भिन्द्रनवालेका भतिजा र पाकिस्तानमा शरण लिएका खालिस्तानका लामो समयदेखि अधिवक्ता लखवीर सिंह रोडे पनि यही क्षेत्रका हुन्।

लखवीर सिंह रोडेले गुरुमुखमार्फत सीमा पारबाट टिफिन बम पु¥याएका थिए। गुरुमुखले केन्द्रीय एजेन्सीसामु एक वा दुईवटा टिफिन बम फिरोजपुर सेक्टरमा पु¥याएको स्वीकार गरेका थिए। यस्तो अवस्थामा प्रधानमन्त्री मोदीको ¥यालीको सूचनापछि पन्जाब प्रहरीसँग तयारीका लागि पर्याप्त समय थियो, तर यसको काउन्टर इन्टेलिजेन्स विभाग र अन्य गुप्तचर प्रणाली पूर्ण रूपमा असफल रहे।

पन्जाब प्रहरीले सुझाएको रुटमै त्रुटि भयोः भटिन्डा विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री मोदी हेलिकोप्टरबाट सर्वप्रथम फिरोजपुर पुग्नु थियो। खराब मौसमका कारण बुधबार बिहानैदेखि हेलिकप्टर उड्न नसकेपछि पन्जाब प्रहरीले प्रधानमन्त्री मोदीको सुरक्षाको जिम्मा लिने स्पेसल प्रोटेक्सन ग्रुप (एसपीजी) लाई बाइरोड फिरोजपुर पुग्न सुझाव दिएको थियो। पन्जाब प्रहरीले यो मार्गलाई सुरक्षित घोषणा गरे पनि यसमा ठूलो गल्ती भएको छ।

पन्जाब पुलिसले रिहर्सल पनि गरेको थियोः भटिन्डा विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री मोदी सडक मार्गबाट ​​फिरोजपुर प्रस्थान गरे। उनको टोली भटिन्डा फिरोजपुर चारलेन हुँदै गयो। एसपीजी प्रोटोकलअन्तर्गत प्रधानमन्त्रीको आवतजावतका लागि प्रयोग हुने रुटलाई हरेक हिसाबले जाँच गरिन्छ। पन्जाब पुलिसले मंगलबार भटिन्डा–फिरोजपुर चारलेनमा प्रधानमन्त्रीको काफिलाको रिहर्सल पनि गरेको थियो। सबै ठीक थियो।

बिहानसम्म सब ठीकठाक, १२ बजेपछि गडबडीः पन्जाब सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि १० हजार प्रहरी तैनाथ गरिएको दाबी गरेको छ। पन्जाब पुलिसले बुधबार बिहान भटिन्डा–फिरोजपुर चारलेन पनि जाँच ग¥यो र बिहान ७ बजेदेखि बिहान ९ बजेसम्म राजमार्गमा कुनै अवरोध थिएन। दिउँसो १२ बजेपछि एक्कासिक अवस्था बिग्रन थालेपछि किसान संगठनका सदस्य र खराब तत्व राजमार्गमा पुग्न सफल भएका थिए। यस क्रममा पन्जाब पुलिसको गुप्तचर पूर्ण रूपमा असफल साबित भयो।

प्रधानमन्त्री मोदीको सुरक्षा टोलीले सडकबाट फिरोजपुर जाने निर्णय गरेको थियो। प्रधानमन्त्री मोदीलाई न कुनै धम्की आयो, न कुनै आक्रमण गरियो, तर अचानक मान्छेहरू सडकमा आएर बसे।

प्रधानमन्त्रीलाई कुनै धम्की दिइएको छैन ः चान्नी
पन्जाबका मुख्यमन्त्री चरणजित सिंह चान्नीका अनुसार प्रधानमन्त्री मोदीको सुरक्षा टोलीले सडकबाट फिरोजपुर जाने निर्णय गरेको थियो। उनले भने, ‘प्रधानमन्त्रीलाई धम्की दिने खालका कुनै कुरा भएको छैन, आक्रमण पनि भएको छैन। एक्कासि मान्छेहरू आएर सडकमा बसे।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

खल्तीको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने २ जना पक्राउ, धन्दा यस्तो थियो

जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ परेका दुवै आरोपीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सनसनी पुर्ण खुलासाः ज्ञानेन्द्र नेपालबाट मुर्ती लान्थे, विदेशबाट सुन र हेरोईन ल्याउँथेः पत्रकार ठकुराठी

राजपरिवारका सदस्य निकटका ब्यक्तिले आफुलाई पत्रकारिता छोड्नका लागि १ करोडको प्रलोभन देखाइएको पनि वताएका छन् । उनले भनेका छन् –‘तर मैले पैसा भन्दा पत्रकारिता रोजे ।’

नेपालले भारतलाई भन्योः नेपाली भूमिमा एकपक्षीय सडक बनाउने काम रोक

साथै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको उनले बताए ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

दोहोरिदैछ ५४ साल ? गठबन्धनको भयङ्कर भित्री तयारी बाहिरियो, अब एमाले के गर्ला ?

२०७४ मा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आगामी जेठ ५ मा सकिदैँछ । तर २०५४ कै अवस्था दोहोरिनेमा संशय देखिन थालेको छ ।

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App