सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

‘कोईराला परिवार एक गराउन मैले सकिन, देउवाले जित्नु स्वभाविक थियो’

आफ्नो भाई बहिनीलाई नै मैले कन्भिन्स गराउन सकिन भने प्रकाशमानहरुलाई कसरी गराउन सक्थें भन्ने तर्क प्रस्तुत गरेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा शेरबहादुर देउवासंग सभापतिमा हार बेहोरेका डा.शेखर कोईरालाले आफू देउवासंग भन्दा पनि आफ्नो परिवारसंग हारेको स्वीकारेका छन् ।

डा.शेखर कोईरालाले आफू शेरबहादुर देउवासंग हार्नु स्वभाविक भएको जिकिर गरेका छन् । एक टेलिभिजन अन्तर्वार्तामा डा. कोईरालाले आफूले महाधिवेसनमा बेहोरेको हारलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा भने, “मैले सोचे अनुरुप नै भोट पाएको हो । मैले यो महाधिवेसनमा आफ्नो कोईराला परिवारलाई एक गर्न नसक्दा हार बेहोर्नु परेको हो । मेरो भाई बहिनीलाई नै मैले आफ्नो साथमा लिएर हिड्न नसक्दा मैले हार मान्नुपर्यो । म देउवासंग होईन म मेरो परिवारसंग हारेको छु ।”

- Advertisement -Poco C3

डा. शशांक कोईरालाले आफ्नो समर्थनमा खुलेर नबोलेको र सुजाता कोईरालाले प्रकाशमान सिंह तर्फ गएकोले गर्दा कोईराला परिवार एक भएन जसका कारण प्रकाशमानदेखि विमलेन्द्र निधिले आफूलाई साथ दिन नसकेको कुरा डा. शेखर कोईरालाले उल्लेख गरेका छन् । आफ्नो भाई बहिनीलाई नै मैले कन्भिन्स गराउन सकिन भने प्रकाशमानहरुलाई कसरी गराउन सक्थें भन्ने तर्क प्रस्तुत गरेका छन् ।

“मेरो बुवा र बिपी कोईराला क्यान्सर रोगी हुनुहुन्थ्यो । बिपीले मेरो बुवालाई लेखेको एउटा चिठी थियो जुन चिठी मेरो भाई बहिनीले पढेर बुझेको भए आज म सभापति हुने थिए र कोईराला लिगेसीले कांग्रेसलाई अघि लाने थियो । तर मेरो भाई बहिनीले त्यो पत्र बुझ्न सकेनन् ।” डा कोईरालाले भने ।

डा. कोईरालाले सभापति शेरबहादुर देउवाले कांग्रेसमा अर्को गुट बनाउन प्रोत्साहन गरिरहेको आरोप समेत लाएका छन् । देउवाले मनपरि केन्द्रीय सदस्य बनाउन थालेर अर्को गुटलाई प्रोत्साहन गरेको उल्लेख गरेका छन् ।

डा कोईरालाले भने, “शेरबहादुर देउवाले फेरि पार्टीको विधान अनुरुप काम नगरे हामी चूप रहदैनौ । वहाँको मत बढी होला तर वहाँलाई टक्कर दिन हामी तयार छौं । शेरबहादुर देउवाजीले पहिला जस्तो पार्टी चलाउन खोजेमा यो पल्ट त्यसरी चल्दैन । कांग्रेसमा गुट प्रोत्साहन गरेमा दुर्घटना हुनसक्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App