बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

टेलिकमको इन्टरनेट खपत दोब्बरले बढ्यो

डिजिटल कन्टेन्टको निर्माण पनि बढिरहेको तथा फोरजी विस्तार आयोजनामा पनि उल्लेख्य प्रगति हासिल हुँदा डेटाको खपत बढ्न सहयोग पुगेको उहाँको भनाइ छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल टेलिकमको दैनिक इन्टरनेट (डेटा) खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ । टेलिकमको अहिले दैनिक डेटा खपत औसतमा ४८० टेराबाइट (टीबी) छ । यो सन् २०२१ को औसत इन्टरनेट खपत हो । सन् २०२० मा कम्पनीको दैनिक औसत डेटा खपत २६३ टीबी मात्र थियो ।

फोरजी विस्तारका क्रम बढेसँगै कम्पनीको डेटा खपतमा व्यापक वृद्धि भएको हो । कुल डेटा खपतमा फोरजीकै हिस्सा बढी छ । फोरजी प्रयोगमार्फत टेलिकमको दैनिक ४९३ टीबीसम्म डेटा खपत भएको छ जब कि सन् २०१९ को मध्यसम्म फोरजीबाट हुने डेटा खपत केवल ७।५५ टीबी थियो ।

- Advertisement -Poco C3

यो क्रम टुजी र थ्रीजीमा भने देखिँदैन । सन् २०१९ जुलाईमा टुजीमार्फत ६।१५ टीबी डेटा खपत भएकामा २०२१ नोभेम्बरमा घटेर २।८५ टीबी भएको छ । सोही अवधिमा थ्रीजीबाट हुने डेटा खपत दैनिक ९०।६१ टीबीबाट बढेर ९२.५० टीबी पुगेको छ । फोरजीबाट डेटा खपत बढेपछि दुई वर्षको उक्त अवधिमा कम्पनीको डेटाको प्रयोग समग्रमा ४६४ प्रतिशतले बढेको छ ।

पछिल्लो समय इन्टरनेटको प्रयोग बढेपछि डेटाको खपत पनि बढिरहेको कम्पनीका प्रवक्ता राजेश जोशीले बताउनुभयो । “कोभिडपछि धेरै कामका लागि इन्टरनेट प्रयोग हुन थालेपछि यसको दैनिक खपत पनि बढिरहेको छ,” उहाँले भन्नुभयो ।

डिजिटल कन्टेन्टको निर्माण पनि बढिरहेको तथा फोरजी विस्तार आयोजनामा पनि उल्लेख्य प्रगति हासिल हुँदा डेटाको खपत बढ्न सहयोग पुगेको उहाँको भनाइ छ ।

टेलिकमले करिब २० अर्ब रुपियाँमा तीन वर्षअघि देशैभर फोरजी विस्तार आयोजना कार्यान्वयनमा ल्याएको थियो । यस अवधिमा कम्पनीले ६४० वटा नयाँ टावरको व्यवस्था गरेको छ जसमध्ये ५०१ वटा टावर जडान सम्पन्न भइसकेको छ भने ४५१ टावरमार्फत सेवा सञ्चालनमा आइसकेको छ ।

टेलिकमले फोरजी आयोजनाको ९५ प्रतिशत भौतिक प्रगति हासिल भएको जनाएको छ । यसबाट ७७ जिल्लाका ७१० स्थानीय तहमा सेवा सुरु भइसकेको कम्पनीको तथ्याङ्क छ । आयोजना सम्पन्न हुँदा चार हजार ५१७ स्थानबाट मोबाइल सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । टेलिकमले अहिले फोरजीमार्फत भिडियो कलको समेत सुविधा लिन सकिने भ्वाइस ओभर एलटीई ९भीओएलटीई० सेवा पनि सुरु गरिसकेको छ ।
पछिल्लो तथ्याङ्कअनुसार टेलिकमका फोरजी प्रयोगकर्ताको सङ्ख्या ७४ लाख नाघेको छ । त्यस्तै थ्रीजी प्रयोगकर्ता करिब एक करोड र टुजी प्रयोग गर्नेको सङ्ख्या ३८ लाख हाराहारी छन् ।

भ्वाइसमा पनि उल्लेख्य सुधार

डेटा मात्र होइन, टेलिकमको भ्वाइस ट्राफिकमा पनि उल्लेख्य सुधार देखिएको छ । कम्पनीको तथ्याङ्कअनुसार सन् २०२१ मा भ्वाइस ट्राफिक ३२ लाख २० हजार अल्र्याङ पुगेको छ । अल्र्याङले एक घण्टामा नियमित भ्वाइस कल सक्रिय भएको अवस्था बुझाउँछ । अर्थात् एक अल्र्याङ बराबर नियमित एक घण्टा भ्वाइस कल सक्रिय भएको अवस्था हुन्छ ।

सन् २०२० टेलिकमको भ्वाइस ट्राफिक २७ लाख ८० हजार अल्र्याङ थियो । त्यसअघि सन् २०१९ मा २४ लाख १० हजार अल्र्याङ, सन् २०१८ मा १८ लाख अल्र्याङ, सन् २०१७ मा १६ लाख २० हजार अल्र्याङ र सन् २०१६ मा १२ लाख ३० हजार अल्र्याङ रहेको टेलिकमले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एनसेल एप रिफर गर्ने र पाउने दुवैलाई १ जीबी डेटा निःशुल्क

यसका लागि एनसेल एप खोली आफ्नो प्रोफाइलमा जाने र ‘रिफर अ फ्रेन्ड’ सेलेक्ट गरी आफ्नो युनिक यूआरएल कोड आफ्ना साथी र परिवारसँग शेयर गर्नपर्ने हुन्छ ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।

एसेम्बल गरिएका इलेक्ट्रिक बाइक नेपालमा सार्वजनिक

अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपालमा एसेम्बल गरिएका इलेक्ट्रिक बाइक सार्वजनिक गरेकाे छ ।

‘वेब ३.०’ के हो, अनि कसरी काम हुन्छ ?

साथै एउटै अकाउन्टको माध्यमबाट प्रयोगकर्ताले इन्टरनेट मिडिया, ई-मेल, शपिङ साइट आदिमा पहुँच बनाउन सक्नेछन् । आज हामी तपाईंलाई यही वेब ३.० को विषयमा बताउँदै छौँ ।

‘साओमी १२ लाइट’ सस्तो मूल्यमा बजारमा आउँदै

साओमीले गत डिसेम्बरमा आफ्नो फ्ल्यागशिप सिरिज साओमी १२ सार्वजनिक गरेको थियो ।

एप्पलको बहुप्रतिक्षित एआर/भीआर हेडसेट कहिले आउँदैछ ?

पछिल्लाे समय एप्पलले आउँदो जुन महिनासम्म यो उत्पादन बजारमा ल्याउने चर्चा गरिएकाे थियो ।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App