बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

दोस्रो विश्वयुद्धमा हराएको सेनाको चिठ्ठी ७६ वर्षपछि उनकै घरमा पुग्यो

उक्त पत्र ७५ वर्षभन्दा बढी समयदेखि नखोलिएको अवस्थामा रह्यो । यो पत्र पिटर्सबर्गस्थित युएस पोस्टल सर्भिस डिस्ट्रिब्यूसन फ्यासिलिटीले प्राप्त गर्यो ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। दोस्रो विश्व युद्धमा सेनाले लेखेको चिठ्ठी ७६ वर्षपछि मासाचुसेट्समा उनकै घरमा पु-याइएको छ । उक्त समयमा यो चिठ्ठी जर्मनीबाट पठाइएको थियो ।

अमेरिकी सेना जोन गोनसाल्भ्स त्यतिबेला २२ वर्षका थिए । उनले वोबर्नस्थित आफ्नी आमालाई सन् १९४५ डिसेम्बरमा पत्र लेखेका थिए । त्यतिबेला दोस्रो विश्वयुद्धको आधिकारिक समाप्तिको घोषणा गरिसकिएको थियो । उक्त पत्र ७५ वर्षभन्दा बढी समयदेखि नखोलिएको अवस्थामा रह्यो । यो पत्र पिटर्सबर्गस्थित युएस पोस्टल सर्भिस डिस्ट्रिब्यूसन फ्यासिलिटीले प्राप्त गर्यो ।

- Advertisement -Poco C3

‘प्रिय आमा, आज तपाईंले पठाउनु भएको अर्को पत्र पाएँ । सबैकुरा राम्रो छ भन्ने थाहा पाएर खुसी लाग्यो,’ उक्त पत्रमा लेखिएको छ । ‘मेरो कुरा गर्नुपर्दा, यहाँ सबै ठिकै छ । तर खानाको कुरा गर्ने हो भने धेरैजसो राम्रो खाना नै पाइँदैन ।’

उनले अन्तिममा पत्रमा हस्ताक्षर गर्दै लेखेका छन्, ‘लभ एण्ड किसेस, तपाईंको छोरा जोनी । तपाईंलाई छिट्टै भेट्नेछु, आशा छ ।’

गोन्साल्भ्सको सन् २०१५ मा निधन भइसकेको छ । उनकी आमा पनि निधन भइसकेको छ । तर युएसपीएसले उनकी विधवा श्रीमती, एन्जेलिनाको ठेगाना पायो । जोनीले एन्जेलिनालाई उक्त पत्र पठाएको पाँच वर्षपछि भेटेका थिए ।

दशकौँ पुरानो पत्रसहित युएसपीएसका कर्मचारी आफैंले पनि एउटा पत्र लेख्दै भनेका छन्, ‘सात दशक अघि यो चिठ्ठी कहाँ थियो भन्ने विषयमा हामी अनिश्चित छौँ । तर हाम्रोमा यो झण्डै ६ साता अघि आइपुगेको छ । तपाईंको पारिवारिक इतिहाका लागि यो चिठ्ठी औचित्यपूर्ण छ । यो चिठ्ठी पु¥याउनु हाम्रा लागि सबैभन्दा महत्वको विषय भएको छ ।’

जोनको परिवारले उक्त पत्र पाएपछि उनीहरुले युएसपीएसलाई फोन गरेर धन्यवाद दिए । ‘एकचोटी सोच्नुहोस् त, ७६ वर्ष ! ’ एन्जेलिना गोन्साल्भेसले भनिन् । ‘मलाई यसलाई रत्तिभर पनि विश्वास लागिरहेको छैन । उनको हस्तलिखित पत्र र यो सबै । यो निकै अद्भूत हो ।’

एन्जेलिनाले अर्को एउटा बिदा आफ्ना श्रीमानबिना बिताइन् । तर यसवर्ष उनले भनिन्, ‘तपाईंलाई थाहा छ, उनी यसवर्ष म भएठाउँ आए जस्तै लाग्यो ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

बेहुली आफ्नै विवाहमा यसरी नाचिन् पछि, बेहुलाले तत्कालै दिए डिभोर्स

एक जोडीको विवाहमा वेहुली यसरी नाचिन् की वेहुला र उनको परिवारलाई त्यो कुरा मन परेन ।

‘नर्कको ढोका’ बन्द गरिँदै

तुर्कमेनिस्तानमा ‘नर्कको प्रवेशद्वार’ भनेर चिनिने ठाउँलाई त्यहाँको सरकारले बन्द गर्न आदेश दिएको छ।

यी ८ मध्ये कुनै एक लक्षण भएकी श्रीमतीले चम्काउछिन् श्रीमानको भाग्य

शारिरिक बनावट, अंग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ ।

राति कपाल बाँधेर कि खोलेर सुत्ने ? यस्तो छ कपाल सौन्दर्यको राज

झट्ट सुन्दा सामान्य लाग्छ । तर, कपालको सौन्दर्यसँग जोडिएको कुरा हो यो।

कुन राशिका मानिसको कति वर्षमा चम्किन्छ भाग्य ?

भृगु संहिता एउटा यस्तो ग्रन्थ हो जसमा ज्योतिष सम्बन्धी सम्पूर्ण जानकारीहरु पाइने गर्दछ।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App