सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

राष्ट्रिय सभा उप निर्वाचनमा १९ मा सबै सिट बिजय : गठबन्धनको अर्को छलाङ

एमाले नफुट्दै भएको विवादले उसले राष्ट्रियसभाको उपनिर्वाचनमा धक्का खाएको थियो । त्यसपछि अध्यक्ष केपी शर्मा ओली सरकारबाट हट्ने परिस्थिति बन्यो । अहिले फेरि एमालेले राष्ट्रिय सभाको निर्वाचनमा सिट गुमाउने अवस्था बनेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमाले विभजित भएपछि एकपछि अर्को गर्दै शक्ति गुमाइरहेको छ । माधव कुमार नेपालले एमाले छाडी नेकपा एकीकृत समाजवादी गठन गरेपछि एमालेले निरन्तर शक्ति गुमाइरहेको हो ।

एमाले नफुट्दै भएको विवादले उसले राष्ट्रियसभाको उपनिर्वाचनमा धक्का खाएको थियो । त्यसपछि अध्यक्ष केपी शर्मा ओली सरकारबाट हट्ने परिस्थिति बन्यो । अहिले फेरि एमालेले राष्ट्रिय सभाको निर्वाचनमा सिट गुमाउने अवस्था बनेको छ ।

- Advertisement -Poco C3

१२ माघमा राष्ट्रियसभाको रिक्त १९ सिटमा मतदान हुनेछ । मतभारका हिसाबले राष्ट्रियसभामा सदस्य चयन हुनेछन् । मतभार हेर्दा एमालेले यसअघि जितेकोमध्ये ५ सिट जति गुमाउने देखिदैछ ।

राष्ट्रियसभाका २० सांसदले चार वर्षे कार्यकाल २० फागुनमा पूरा हुँदैछ । त्यस अघि नै १ मनोनितबाहेक १९ सांसदका लागि निर्वाचन आयोगले निर्वाचन गर्दैछ ।

एमालेले अब सत्ता गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनको चुनौती सामना गर्नुपर्ने भएको छ । गठबन्धन गुमेमा एमालेले कम्तिमा ५ सिट गुमाउनेछ ।

४ वर्षे कार्यकाल पूरा गर्न लागेकामा एमालेका ८, माओवादीका ४, नेकपा एसका ४, काँग्रेसका ३ र मनोनित १ छन् ।
प्रदेशबाट निर्वाचित हुने सांसदहरुको चुनाव तय भएको छ । जसमध्ये एमाले प्रदेश १ मा मात्र सत्ता गठबन्धनभन्दा बढी मतभारको अवस्थामा छ ।

राष्ट्रियसभामा प्रदेशतर्फ प्रदेश सांसद, स्थानीय निकायका पालिका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । प्रदेश सांसदको प्रत्येकको मतभार ४८ र पालिका प्रमुख वा उपप्रमुख प्रत्येकको मतभार १८ हुने व्यवस्था छ ।

यसलाई आधार मान्दा प्रदेश १ मा एमालेको मतभार ४५४२ छ । गठबन्धन दलको ४४६४ र अन्य दलको ३४२ छ । अन्य दल मिलेमा एमालेलाई प्रदेश १ मा ठूलो चुनौती छ ।

प्रदेश २ मा एमालेको ९४२ हुँदा गठबन्धनको ७१९४ छ । त्यहाँ गठबन्धनको जसपा बलियो छ । लोसपासहित अन्यको १७४२ मतभार छ । एमालेले लोसपासँग मिलेर चुनाव लड्ने सम्भावना छ । त्यतिबेला गठबन्धनलाई चुनौती बन्न सक्छ । एमालेले लोसपा मिलेर सिट जोगाउने मात्र विकल्प छ ।

राष्ट्रियसभामा कार्यकाल सकिन लागेका १ एमाले सांसद छन् । विभाजनको ठूलो असर परेकाले राष्ट्रियसभामा प्रदेश २ बाट एमाले सुन्य सिटमा पुग्न सक्छ । बागमती प्रदेशमा एमालेको ४१४२ हुँदा गठबन्धनको ४८९० छ । विवेकशील, राप्रपासहित अन्यको ४७४ छ । गठबन्धन बहुमतमा रहेको छ । बागमतीमा एमालेलाई सबैभन्दा ठूलो धक्का पर्ने देखिन्छ ।

गण्डकीमा एमालेको ४१४२ मतभार हुँदा गठबन्धनको ४८९० छ । अन्य दलको ४७४ छ । गठबन्धन बहुमतमा देखिन्छ । एमालेले गण्डकीमा पनि विगतको सिट गुमाउँदैछ ।

लुम्बिनीमा एमालेको ३२७६ मतभार हुँदा गठबन्धनको ४२०६ छ । अन्यको २७८ छ । लुम्बिनीमा पनि एमालेले सिट गुमाउने देखिदैछ । लुम्बिनीमा २ जना एमाले सांसदको कार्यकाल सकिदैछ । विभाजनको असर परेबाट एमालेले गठबन्धनसँग लड्दा कम्तिमा १ सांसद सिट गुमाउनसक्छ ।

कर्णालीमा एमालेलाई सबैभन्दा ठूलो धक्का परेको छ । त्यहाँ उसको मतभार १४३४ र गठबन्धनको २८९८ छ । अन्यको १९२ मत छ । कर्णालीमा एमाले विभाजनको सबैभन्दा ठूलो नोक्शान देखिन्छ ।

कर्णालीका हस्ती नेताहरुले एमाले त्यागेर नेकपा एस स्थापनामा माधव नेपाललाई साथ दिएका थिए । यसको असर राष्ट्रिय सभा निर्वाचनमा देखिने अवस्था छ । कर्णालीमा कार्यकाल सकिन लागेका एमालेका १ सांसद छन् । मतभारको हिसाबले उक्त सिट जोगिने स्थिति छ ।

सुदूरपश्चिममा पनि एमाले विभाजनको ठूलो असर परेको छ । एमाले विभाजनपछि मतभार घटेर १७८८ मा सिमित भएको छ । गठबन्धनको मतभार ३५२५ छ । अन्यको ८४ छ । एमालेले यो प्रदेशबाट कम्तिमा २ सांसद सिट गुमाउने निश्चित छ । कार्यकाल सकिन लागेका ३ राष्ट्रिय सभा सांसद सुदूरपश्चिमका हुन् । जसमध्ये एक एमालेका छन् ।

एमाले विभाजनका कारण प्रदेश १ मा उसले खाली हुन लागेको उसको ३ सिटमध्ये कम्तिमा १ गुमाउनुपर्ने देखिन्छ । गठबन्धन अन्य दलसँग मिलेर २ सिट नै गुमाउने अवस्था बन्न सक्छ ।

प्रदेश २ मा पनि गठबन्धन र अन्य दल मिलेमा रहेको १ सिट पनि गुम्न सक्छ । लुम्बिनीमा पनि १ सिट गुम्न सक्छ । कर्णाली र सुदूरपश्चिममा पनि एमालेको राष्ट्रियसभामा यसअघि जितेको सिट गुम्न सक्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App