मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

३ लाखमा खुलेको नाङ्लो फास्टफुडबाट हाल मासिक २ लाखभन्दा बढी आम्दानी

पैसा कमाउनका लागि विदेश जानुपर्छ भन्ने सोच राख्ने युवालाई नेपालमै पनि पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् बास्कोटा ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। विराटनगर–२ का ३८ वर्षीय ईश्वर बास्कोटाले तीन वर्ष अघि ३ लाख रुपैयाँमा सुरु गरेको खाजा घर अहिले नाङ्लो फास्टफुडमा परिणत भई मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।

पैसा कमाउनका लागि विदेश जानुपर्छ भन्ने सोच राख्ने युवालाई नेपालमै पनि पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् बास्कोटा ।

- Advertisement -Poco C3

विराटनगरको तिनपैनी चौक नपुग्दै सोमबारे हाट जाने मोडमा रहेको नाङ्लो फास्टफुड सुरुमा एउटा सामान्य खाजा घरको रुपमा खुलेको थियो ।

त्यतिबेला खाजाको मुख्य आइटममा उनले मःमः लाई नै फोकस गरेका थिए । अहिले सोही खाजा घरलाई विस्तार गर्दै उनले फास्टफुडका रुपमा सञ्चालन गरेका छन् भने मःमःका १२ आइटमको स्वाद ग्राहकलाई उपलब्ध गराउँदै आएका छन् ।

एक पटकमा ४० भन्दा बढी ग्राहक अटाउने क्षमतासहितको सो फास्टफुडमा मःमःका पारखीहरुको विशेष भिड लाग्ने गर्दछ । ईश्वरले सुरुवाती चरणमा एक जना कुक राखेर मःमः बेच्न थालेका थिए ।

‘पसल थालेको केही महिनासम्म मःमः बिक्री नहुँदा दैनिकजसो मःमः फाल्नु परेको थियो,’ उनले भने, ‘तर कहिल्यै निराश भइनँ, पसललाई निरन्तरता दिइरहेँ । आजका दिनमा आइपुग्दा मलाई मःमः बिक्री नहुने तनाव व्यहोर्नु परेको छैन ।’

उनको फास्टफुडको विशेषता भनेको अर्डर गरिएका खाजाका आइटम नाङ्लोमा राखेर डेलिभरी गरिन्छ । हाल दैनिक ३ सय प्लेट मःमः बिक्री हुने गरेको उनले सुनाए ।

फस्टफुडमा विभिन्न आइटमका मःमः बिक्रीबाट मासिक ७ लाख बढीको कारोबार हुने गरेको उनी बताउँछन् । अहिले उनको फस्टफुडमा ११ जनाले रोजगारी पाएका छन् ।

‘नाङ्लो फास्टफुडलाई अन्य मःमः पसलभन्दा फरक बनाउने सोचेर खोलेको हुँ,’ उनले रातोपाटीसँग भने, ‘त्यसैले मेनुमा विभिन्न स्वादका मःमः राखेको छु ।’

फस्टफुड खोल्ने तयारी गर्नु अघि उनले भारतको दार्जिलिङमा एक साता बिताएका थिए । त्यहाँ पाइने मःमःका विभिन्न आइटम र तिनको विशेषता बुझ्न र सिक्न आफू त्यसरी गएको उनले सुनाए ।

त्यहाँबाट फर्किएपछि दार्जिलिङमा पाइने मःमःको स्वाद विराटनगरमा दिने उद्देश्यले उनले नाङ्लो फास्टफुड खोलेका थिए । तीन वर्षको यो अवधिमा उनी दार्जिलिङको मःमःको जस्तै स्वाद विराटनगरमा पस्कन सफल पनि भएका छन् ।

उनले दार्जिलिङको जस्तै मःमः का तीन प्रकारका अचार बनाउने गरेका छन्, जसमा रातो अकबरे खोर्सानीको अचार निकै लोकप्रिय छ । त्योसँगै मःमः को किमामा प्रयोग हुने बन्दा कोभी, धनियाँ लगायतका सब्जीका आइटमसमेत उनले आफ्नै बारीमा उब्जाउने गरेका छन् । टमाटर आफैले किनेर सस बनाउने गरेको पनि उनले सुनाए ।

‘ताजा, अगार्निक, सफा र स्वादिलो टेष्ट नै मेरो फास्टफुडमा पाइने मःमःको पहिचान हो,’ उनले भने, ‘यदि मेरो पसलमा पाइने खाजाको कुनै पनि मेनु मिठो भएन भनेर ग्राहकले कम्प्लेन गर्छ भने म स–सम्मान ग्राहकलाई पैसा फिर्ता दिन्छु । तर अहिलेसम्म सबैले रुचाईदिएको उनी बताउँछन् ।’

निकट भविष्यमै उनले शाखा विस्तार गर्ने योजनासमेत अघि सारेका छन् । विराटनगरको गुद्री र कंचनबारी आसपासको क्षेत्रमा शाखा विस्तारका लागि ठाउँ खोजिरहेको उनले बताए ।

अहिले उनको फास्टफुडमा तयार पारिएको मःमः विराटनगरको चादँनीचोक र खाँजीमा रहेको मार्टमा समेत बिक्री वितरण हुँदै आएको छ । ‘अझै नयाँ स्वाद थप्दै जाने योजनामा छु,’ ईश्वरले भने, ‘ग्राहकलाई कम्तीमा धेरैभन्दा धेरै स्वादको मःमः पस्किने योजना छ ।’

मःमःसँगै खाजाको नयाँ स्वादका लागि मकैबाट तयार हुने परिकार पनि थप्ने योजना रहेको उनले सुनाए । मःमःका अतिरिक्त उनले बर्गर, पिज्जा लगायत अरू थुप्रै खाजा पनि उपलब्ध गराएका छन् । आफ्नो फास्टफुडमा आउने ग्राहकलाई खाजाका लागि अरु क्याफे जान नपरोस् भन्ने सोचले यस्तो व्यवस्था गरेको उनको भनाइ छ ।

ईश्वरले नाङ्लो फास्टफुड रहेको स्थानमा पहिला फर्निचर पसल सञ्चालन गर्दै आएका थिए । उनी त्यो समयमा फर्निचर पसलसँगै स्थानीय अर्पण स्कुलमा मेनिजिङ्ग डाइरेक्टरका रुपमा कार्यरत थिए ।

साथीभाइसँग खाजा खान जाँदा होटल तथा क्याफेमा उही परम्परागत तरिकाको स्टीम मःमः बाहेक नौलो खाजाको स्वाद नपाएपछि ईश्वरले विराटनगरमा आफूजस्तै मःमःका पारखीलाई लक्षित गरी स्पेशल मःमः पसल खोल्ने सोच बनाएका थिए । त्यही सोच अनुसार नाङ्लो फास्टफुडको जन्म भएको थियो ।

उनले फर्निचर पसलमध्येको सानो स्थानलाई प्रयोग गर्दै टेबल राखेर साँघुरो ठाँउमा सुरुवाती चरणमा फास्टफुड खोलेका थिए । सबैले मःमः रुचाउँदै गएपछि त्यहाँबाट फर्निचर पसल पूरै खाली गरी ईश्वरले अहिले नाङ्लो फास्टफुड विस्तार गरेका छन् ।

अहिले उनी फर्निचर व्यवसाय र स्कुल पूरै छाडेर नाङ्लो फास्टफुडमा समय दिँदै आएका छन् । उनी मःमःलाई ब्रान्डिङ गर्न खोजिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

खल्तीको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने २ जना पक्राउ, धन्दा यस्तो थियो

जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ परेका दुवै आरोपीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सनसनी पुर्ण खुलासाः ज्ञानेन्द्र नेपालबाट मुर्ती लान्थे, विदेशबाट सुन र हेरोईन ल्याउँथेः पत्रकार ठकुराठी

राजपरिवारका सदस्य निकटका ब्यक्तिले आफुलाई पत्रकारिता छोड्नका लागि १ करोडको प्रलोभन देखाइएको पनि वताएका छन् । उनले भनेका छन् –‘तर मैले पैसा भन्दा पत्रकारिता रोजे ।’

धुर्मुस–सुन्तली फाउण्डेसनविरुद्ध करोडौं रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता

धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अहिलेसम्म पनि लाइसेन्स ट्रायल ननिकालेहरुका लागि खुसीको खबरः ७० अंक ल्याए पास हुने कार्याविधि बल्ल भयो कार्यान्वयन

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक महाकाली यातायात कार्यालयले बुधबारदेखि लागू हुने गरी ट्रायलमा ७० अंक ल्याए पास हुने कार्याविधि कार्यान्वयन गरेको हो ।

आखिर यस्तो निर्णयमा पाकिस्तान किन पुग्यो ? भारतभर छायो उत्साह, नेपाल पनि भयो खुसी !

उसको यो नीतिले भारतभर उत्साह छाएको छ भने नेपाल लगायत सार्क राष्ट्रहरु समेत खुसी भएका छन् । पाकिस्तानले शुक्रबार नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्दैछ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ताजा समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App