सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

नोबेल मेडिकल कलेजले बढी शुल्क मागेको विरोधमा चक्काजाम

विराटनगरको नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको र नदिने विद्यार्थीलाई कक्षामा प्रवेश निषेध गरेको थियो ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नाेबेल मेडिकल कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबिबिएस अध्ययनरत विद्यार्थीले विराद्टनगरमा चक्काजाम गरेका छन् ।

विद्यार्थीले काेसी राजमार्गको कञ्चनबारी चाेकमा चक्काजाम गरेका हुन् । विराटनगरको नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको र नदिने विद्यार्थीलाई कक्षामा प्रवेश निषेध गरेको थियो ।

- Advertisement -Poco C3

विद्यार्थीहरुले अतिरिक्त शुल्क लिने कलेजको निर्णयको विरोधमा प्रदर्शन गर्दै आइरहेका थिए, शुक्रबार चक्काजाम गरेका हुन् ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको छ । पीडित विद्यार्थी र विद्यार्थी संगठनले भने कलेजमा तालाबन्दी गरेका छन् । माग पूरा नभएसम्म ताला नखोल्ने चेतावनी विद्यार्थीले दिएका छन् ।

चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियान र संयुक्त विद्यार्थी संगठनले नोबेल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । तोकिएको भन्दा बढी कुनै पनि शुल्क नलिई निर्वाध पठनपाठनको व्यवस्था गर्न माग गर्दै तालाबन्दी गरिएको हो ।

विद्यार्थी संगठनहरुको अगुवाइमा आन्दोलनमा उत्रेका विद्यार्थीले नोबेल मेडिकल कलेज र सञ्चालक सुनिल शर्माविरुद्ध प्रदर्शन गरे । प्रदर्शनमा उत्रिएकाहरुले अतिरिक्त शुल्क नलिई निर्वाध पठनपाठनको व्यवस्था नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । विद्यार्थीहरू आन्दोलनमा उत्रेदेखि कलेज प्रशासनले कलेज प्रवेशमा कडाइ गरेको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङलाई मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको र अतिरिक्त शुल्कको बहानामा विद्यार्थीको पठनपाठन रोकिएको भए कानुनी कारबाही गर्न पत्राचार गरेको छ । मोरङ प्रशासनले कलेजले अतिरिक्त शुल्क मागेको उजुरी दिन आग्रह गरेको छ ।

कलेज प्रशासनले परीक्षामा आन्तरिक मूल्यांकनको अंक नदिई अनुत्तीर्ण गराउने भएकाले कलेजविरुद्ध उजुरी गर्न नसकिएको विद्यार्थीको गुनासो छ । कलेजमा एक सय विद्यार्थीको कोटा छ । जसमा भर्ना भएका ९६ विद्यार्थीमध्ये कलेजले नौ भारतीय, १० छात्रवृत्तिका र अतिरिक्त शुल्क बुझाएका पााच जना विद्यार्थीलाई मात्र पढाइरहेको छ ।

कलेजले चिकित्सा आयोगले तोके विपरीत पठनपाठन सुरु नगरी ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि आन्दोलनमा उत्रिएका विद्यार्थीको माग कतैबाट सुनुवाई भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

जिल्ला अदालतबाट कपिलवस्तुको प्रहरी सम्मानित

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा कपिलवस्तु प्रहरीका तर्फबाट उपस्थित प्रहरी निरीक्षक रेशम पौडेललाई प्रमाणपत्र प्रदान गरे ।

जनस्वास्थ्यका मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने सुझाव

संकटको बेलामा सरकारले पर्यटन व्यवसाय लगायतका अन्य व्यापार व्यवसायका क्षेत्र बन्द गर्ने भन्दा पनि जनस्वस्थ्यका नियमलाई परिपालना गर्ने किसिमले सबैलाई समेटेर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी निलहरी बास्तोलाले बताए ।

गण्डकी सरकार मेडिकल कलेज चलाउने तयारीमा, सकियो अध्ययन

यसअघि तनहुँको बेलचौतारामा मेडिकल कलेज चलाउने प्रस्ताव गरिएकोमा ठाउँ फेरेर पोखराकै सरुवा रोग अस्पतालमा खोल्दा सहज हुने अध्ययन समितिले जनाएको छ ।

हेम थापा: माओवादी नभएकाे भए एमाले-कांग्रेषले उहिल्यै एमसिसि पास गर्थे

उनले अहिले मुलुकको दुरदराजमा असहाय, दिनदुखी र गरिब जनतालाई सिटामोल दिन सकिनेमा सक्दै नसकिने काममा हात हालेर धुर्मुश र सुन्तलीले गल्ती गरेको टिप्पणी गरे ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App