बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

बौद्ध घटनाः प्रहरीको भनाइ आपसी झगडाकै कारण अनिश र युसिनाको ज्यान गएको

अनिश र युसिना पब्जी खेल्थे। खेलिरहँदा उनीहरु हान्–हान् र मार मार भन्दै हल्ला गर्ने भएकाले शारदालाई त्यसको बानी लागिसकेको थियो।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बिहीबार रातको १२ बजेको थियो। शारदा जिमीले छोरा र बुहारी सुत्ने अगाडिको कोठामा हल्लाखल्ला सुनिन्। तर, सधैँ त्यस्तै हल्ला हुने भएकाले सुरुमा उनले पनि वास्ता गरिनन्।

संखुवासभा धर्मादेवी नगरपालिका–२ की स्थायी बासिन्दा शारदाको परिवार कपनस्थित राधाकृष्ण मन्दिरनजिकै फ्ल्याटमा बस्थ्यो। शारदाको बहिनीकै घर थियो त्यो। छोरा अनिशले करिब २० दिन पहिले खोटाङको साकेला गाउँपालिकाकी युसिनालाई बुहारीका रुपमा घर भित्र्याएका थिए। उनीहरुबीच संस्कारअनुसार विवाह भने भएको थिएन।

- Advertisement -Poco C3

अनिश र युसिना पब्जी खेल्थे। खेलिरहँदा उनीहरु हान्–हान् र मार मार भन्दै हल्ला गर्ने भएकाले शारदालाई त्यसको बानी लागिसकेको थियो।

बिहीबार राति पनि हल्लाखल्ला सुरुमा उनले चासो दिइनन्। तर, केहीबेरमा घ्यारघ्यार आवाज आउन थाल्यो। निक्कैबेर यस्तो आवाज आएपछि उनले छोरा–बुहारीलाई बोलाइन्। दुवै जना बोलेनन्।

त्यसपछि शारदाले छिमेकी र घरका मान्छेलाई खबर गरिन्। उनीहरु आएपछि भित्रैबाट बन्द गरिएको ढोला जबरजस्ती खोलियो। भित्र अनिश ढोकैनजिक उभिइरहेका थिए। तर हेर्दाहेर्दै उनी ढले।

युसिना भने बेडमा लडिइरहेकी थिइन्। उनको घाँटी आधा काटिएको थियो। छाती, पेट जताततै चोटैचोट थियो। उनको शरीरका १४ ठाउँमा काटिएको थियो। अनिशको घाँटी दुवैतिरबाट काटिएको, छाती र नाइटोभन्दा केही तल पनि छुरी रोपिएको थियो।

छोराबुहारी ढलेको देखेपछि शारदा बेहोस् भइन्। १२ बजेर २० मिनेटमा आफन्तले प्रहरीलाई खबर गरिदिए। त्यसपछि प्रहरी पुग्दा अनिशको शरीर तातै भएकाले उनलाई हेल्पिङ ह्यान्ड्स अस्पताल चाबहिल पु¥याइयो। तर अस्पतालले उनलाई पनि मृत घोषणा गर्यो।

साँझमै खाना खाएर युसिना र अनिश आफ्नो कोठामा गए। कुखुराको मासु पकाएका थिए। उनीहरुले फ्राइ गरेर आफ्नो कोठामा पनि लगेका रहेछन्। रक्सीको बोतल खाली थियो। दुवै गिलासमा थोरथोरै रक्सी बाँकी थियो।

कोठाका कपडा यत्रतत्र छरिएका थिए। दुवै जना निर्वस्त्र थिए। कोठा रक्ताम्मे थियो। सिरानीमुनि छुरीको खोल भेटियो। टेबुलमुनि थियो छुरी। जसले युसिना र अनिशको ज्यान लिएको थियो। प्रहरीले उनीहरुको हत्यामा अन्य व्यक्तिको संलग्नता नभएको जनाएको छ।

‘युसिना र अनिशबीच झगडा भएको हुनसक्छ। त्यही क्रममा सुरुमा युसिनाले छुरी हानेपछि अनिशले पछि प्रहार गरेको अथवा युसिनाको हत्या गरेर अनिशले पछि आफैँलाई छुरी हानेको हुनसक्छ,’ घटनास्थलबाट फर्किएका एक प्रहरी अधिकारीले भने।

अहिले दुवैको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ। युसिनाका परिवार आउँदैछन्। त्यसपछि मात्रै पोस्टमार्टम गर्ने तयारी छ। दुबै जनाको मोबाइल प्रहरीले अनुसन्धानका लागि लगेको छ। कारण पोष्टमार्टम रिपोर्ट र मोबाइल परीक्षणपछि खुल्ने प्रहरी बताउँछ।

‘प्रारम्भिक अनुसन्धानमा उनीहरुबीच आपसी सम्बन्धकै विषयमा झगडा भएको देखिन्छ, हत्यामा तेश्रो व्यक्तिको संलग्नता नदेखिएपछि सबै कुरा त खोल्न पनि मिलेन,’ अनुसन्धानमा संलग्न प्रहरीले भने।

शारदाले युसिनाका परिवारको बारेमा सोधे पनि बुहारीले नभनेको बताएकी छन्। २० दिनअगाडि घरमा भित्रिएकी उनले आफूले स्वनिर्णयले बिहे गरेको बताएकी थिइन्। शारदाका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा छन्।

अनिश पनि रोजगारीका लागि विदेश जाने तयारी गरिरहेको शारदाले बताएकी छन्। उनले १२ कक्षा पास गरेका थिए। तर युसिनाको बारेमा भने शारदाले पनि धेरै कुरा थाहा नभएको बताएकी छन्। दुवै जना पब्जी खेल्ने भएकाले सामाजिक सञ्जालबाट चिनजान भएको र पछि नजिकिएको हुनसक्ने प्रहरीको अनुमान छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

जिल्ला अदालतबाट कपिलवस्तुको प्रहरी सम्मानित

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा कपिलवस्तु प्रहरीका तर्फबाट उपस्थित प्रहरी निरीक्षक रेशम पौडेललाई प्रमाणपत्र प्रदान गरे ।

जनस्वास्थ्यका मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने सुझाव

संकटको बेलामा सरकारले पर्यटन व्यवसाय लगायतका अन्य व्यापार व्यवसायका क्षेत्र बन्द गर्ने भन्दा पनि जनस्वस्थ्यका नियमलाई परिपालना गर्ने किसिमले सबैलाई समेटेर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी निलहरी बास्तोलाले बताए ।

गण्डकी सरकार मेडिकल कलेज चलाउने तयारीमा, सकियो अध्ययन

यसअघि तनहुँको बेलचौतारामा मेडिकल कलेज चलाउने प्रस्ताव गरिएकोमा ठाउँ फेरेर पोखराकै सरुवा रोग अस्पतालमा खोल्दा सहज हुने अध्ययन समितिले जनाएको छ ।

हेम थापा: माओवादी नभएकाे भए एमाले-कांग्रेषले उहिल्यै एमसिसि पास गर्थे

उनले अहिले मुलुकको दुरदराजमा असहाय, दिनदुखी र गरिब जनतालाई सिटामोल दिन सकिनेमा सक्दै नसकिने काममा हात हालेर धुर्मुश र सुन्तलीले गल्ती गरेको टिप्पणी गरे ।

ट्रेन्डिङ समाचार

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App