सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

प्रचण्डबाट माधवलाई गम्भीर धोका !

तत्कालीन पार्टीमा विवाद बढ्दै गएको बेला माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई झुक्याएर प्रचण्डले आफूसँग सम्झौता गरेको ओलीले खुलाएका हुन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालीन नेकपामा पुष्पकमल दाहाल प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको र त्यसको ‘एक कपी’ आफूसँग सुरक्षित रहेको खुलासा गरेका छन्।

तत्कालीन पार्टीमा विवाद बढ्दै गएको बेला माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई झुक्याएर प्रचण्डले आफूसँग सम्झौता गरेको ओलीले खुलाएका हुन्।

- Advertisement -Poco C3

‘पार्टी विवादबारेको मुद्दा अदालतबाट के हुन्छ, के हुन्छ ?’ भन्ने भएपछि प्रचण्डले मसँग सम्झौता गरेका थिए’, अन्नपूर्ण पोस्ट्सँग बिहीबार विशेष कुराकानी गर्दै ओलीले भने, ‘त्यो सम्झौताको उनले पनि चर्चा गरेका छैनन्, मैले पनि अहिलेसम्म ग¥या छैन। तर, अहिले म भन्छु, उनले मसँग सम्झौता गरेका थिए।’ सम्झौताको एकरएकप्रति आफू र प्रचण्डसँग रहेको ओलीले बताए। ‘त्यसको एकप्रति प्रचण्डसँग छ, एकप्रति कागज मसँग छ’, ओलीले भने।

सम्झौताको विषय र उद्देश्य भने प्रचण्डले नै सार्वजनिक गर्नुपर्ने ओलीले बताए। प्रचण्डले सार्वजनिक नगरे सम्झौता गर्दाका साक्षी ‘गोप्य’ व्यक्तिले सम्झौता सार्वजनिक गर्न सक्ने ओलीले बताए।

पाँचदलीय गठबन्धनले ‘नियन्त्रित अस्थिरता’ चाहनेको पोल्टोमा राजनीति हालिदिएको उनले आरोप लगाए। प्रचण्ड, नेपाललाई कम्युनिस्ट आन्दोलनको भविष्य, देश र जनताप्रति कुनै मतलव नभएको ओलीले दाबी गरे।

‘कम्युनिस्ट आन्दोलन सिध्याउनुपर्छ भनेर उनीहरूका बोसहरूले ह्विप जारी गरेका थिए’, ओलीले भने, ‘बञ्चरो काँधमा बोकेर उनीहरू कम्युनिस्ट पार्टीका टाउकोमा हान्न कुदे।’ आफूले अघि सारेको ‘समृद्ध नेपालः सुखी नेपाली’ केही मान्छेका लागि असह्य भएको उनले बताए।

‘डार्बिन र आइन्स्टाइन पनि नेपाली भएका भए उनीहरूको सिद्धान्त नेपालीले मान्दैनथे’, ओलीले भने। सरकारको ६ महिनाको गतिले देश दुई वर्षपछि धकेलिएको ओलीले दाबी गरे। प्रचण्डसँग केही पाउने आशले मात्र केही नेताहरू उनीसँग रहेको ओलीको तर्क थियो। ‘प्रचण्डजीबाट अलिअलि दूध आउञ्जेल केही मान्छेले छोड्दैनन्’, ओलीले भने।

प्रचण्ड र नेपालले ‘चोइटा’ लिएर गए पनि एमालेलाई कुनै असर नगर्ने ओलीको दाबी थियो। माधव नेपालले एमाले पूरै ध्वस्त पार्न खोजे पनि नसकेको उनले आरोप लगाए। ‘प्रचण्डले देश आफूले चलाइराख्या छु’ भन्दै हिँडेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘उनको हातमा कसरी शक्ति गयो ?’। ‘यो सबैको निर्माता को हो ?

ओलीले प्रतिप्रश्न गरे, ‘यिनीहरूको परमप्रभुरनिर्माता (जो अदृश्य छ, आकारविहीन छ) कहाँ छ ? को हो ? कुन शक्ति हो यो ? ‘क्रिएटर’ को हो ? कसले ‘क्रिएसन’ गरिराख्या छ ?’

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग नलगाउने ओलीले तर्क गरे। ‘प्रधानन्यायाधीशमाथि शेरबहादुरले लगाउँछन् महाभियोग ?’ ओलीले प्रतिप्रश्न गर्दै भने, ‘मलाई हटाएर यिनीहरूको सरकार बनाइदिएको छ। अनि यत्रो काम गर्ने अदालतमाथि महाभियोग कसरी लगाउँछन् ?’ अदालतले असंवैधानिक र अवैधानिक रूपमा आफूलाई प्रधानमन्त्रीबाट हटाएको उनले दाबी गरे।

सत्ता गठबन्धनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्नेमा उनले आशंका व्यक्त गरे। ठूलो दल एमालेको अवरोधलाई संसद्मा अस्वीकार गरिएको भन्दै ओलीले असन्तुष्टि जनाए। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App