बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

केपी ओली: पञ्चमुखी सरकारलाई एमालेले उछिन्ला भन्ने डर छ !

‘देशको राजनीति प्रतिगमनको बाटोमा गइरहेको छ । बैंकहरूमा पैसा छैन, पूर्वाधार विकासका आयोजना अलपत्र परेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धनको सरकारलाई देश बनाउनेभन्दा पनि एमालेले चुनावमा उछिन्ने चिन्ताले सताएको बताएका छन् । शुक्रबार एमाले काठमाडौंको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले सरकारको आलोचना गरे ।

‘यो पञ्चमुखी सरकार छ । पाँचतिर टाउका फर्किएका दलहरू मिलेर बनेको, आफ्ना–आफ्ना स्वार्थ बोकेको, देश र जनताभन्दा एमालेले सिध्याउला, उछिन्ला भन्ने डरले देश र जनताको नाम लिनुपरेको छ । तर, जनतालाई थाहा छ– नेकपा एमालेविना यो देश बन्दैन,’ ओलीले भने ।

- Advertisement -Poco C3

देशको परिस्थिति अत्यन्त भयावह ढंगले प्रतिगमनको बाटोमा अघि बढेको दाबी गर्दै ओलीले अहिलेको सरकारको ध्यान देश विकासभन्दा पनि मन्त्रालय र सरकारी निकायबीच सेटिङ मिलाएर भ्रष्टाचार गर्ने र एमालेलाई सत्तोसराप गर्नमै केन्द्रित रहेको आरोप लगाए ।

‘देशको राजनीति प्रतिगमनको बाटोमा गइरहेको छ । बैंकहरूमा पैसा छैन, पूर्वाधार विकासका आयोजना अलपत्र परेका छन् । अहिलेको सत्तागठबन्धन अरू होइन, जम्माजम्मी एमालेलाई सरापेर बसेको छ,’ ओलीले भने, ‘सरकारमा गएपछि त देश बनाउनुपर्ने हो । विकास गर्नुपर्ने हो । तर, त्यता ध्यान छैन ।’

ओलीले सरकार काममा होइन, नियुक्त र निष्कासनमा लागेको पनि आरोप लगाए । ‘सरकारमा रहेकाहरू काठमाडौंमा मेलम्चीको पानी पाइपबाट झार्ने होइन, मन्त्रालयपिच्छे, निकायपिच्छे पाइप फिट गरेर आम्दानी कहाँ झार्ने भन्ने ध्यानमा छन्,’ ओलीले भने, ‘मान्छे नियुक्त गर्ने र निष्कासन गर्नेमा ध्यान छ । प्रधानमन्त्री जानुअघि बेलायतको राजदूत निकाले, अहिले १२ देशमा राजदूत छैनन्, सरकार ढुक्क छ ।’

आफ्नो नेतृत्वको सरकारले प्राकृतिक प्रकोपले पुर्‍याएको क्षतिका बाबजुद अंग्रेजी नयाँ वर्ष २०२२ सम्म काठमाडौंमा मेलम्चीको पानी झार्ने संकल्प पूरा गर्ने तयारी गर्दागर्दै षड्यन्त्रपूर्वक हटाइएको ओलीले दाबी गरे । उनले अहिलेको सरकारले आगामी वैशाखको नयाँ वर्षसम्म पानी ल्याउने घोषणा गरे पनि त्यो अवधिभित्र प्रतिबद्धता पूरा गर्न चुनौती दिए ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालको नाम नलिईकनै व्यंग्य गरे । ‘जो जति कमजोर छ, ऊ त्यति बढ्दा चर्को गरी यो गठबन्धन निर्वाचनसम्मै जानुपर्छ भनेर कराइरहेको छ । तर, एमालेलाई गठबन्धन चाहिएको छैन,’ ओलीले भने, ‘एमाले एक्लै चुनौतीको सामना गर्न सक्षम छ । एमालेलाई कसैले अलग गर्न सक्दैन, कमजोर पार्न सक्दैन ।’

अधिवेशनमा सहमति नभए स्वस्थ प्रतिस्पर्धा गर्न निर्देशन

ओलीले जिल्ला अधिवेशनहरूमा सकभर सर्वसहमतिमा र त्यस्तो हुन नसके स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व चयन गर्न निर्देशन दिए । पार्टीको दशौँ महाधिवेशनमा पनि त्यस्तै अभ्यास गरिएको भन्दै ओलीले लोकतान्त्रिक अभ्यासलाई पनि स्वस्थ रूपमा प्रयोग गर्न सकिने बताए ।

‘हामीले दशौँ महाधिवेशनमा सहमतिको प्रयास गर्‍यौँ, धेरै ठाउँमा सहमति गर्‍यौँ । कहीँ–कतै सहमति हुन नसक्दा अत्यन्तै स्वस्थ ढंगले लोकतान्त्रिक अभ्यासको अर्को रूप पनि अपनायौँ । अथवा निर्वाचनको विधिबाट अगाडि बढ्यौँ,’ उनले भने, ‘आज पनि सबै साथीहरूलाई सकेसम्म समझदारी, सहमति र एकताबद्ध भएर मन नखुम्च्याईकन सहमतिमा पुुग्न, नेतृत्व निर्माण गर्न आग्रह गर्दछु । कथं त्यस्तो भएन भने स्वस्थ प्रतिस्पर्धामा जान आग्रह गर्छु ।’

६१ जिल्लामा अधिवेशन उद्घाटन

एमालेले शुक्रबार एकैदिन ६१ वटा जिल्लामा जिल्ला कमिटीहरूको अधिवेशन उद्घाटन गरेको छ । २ नम्बर प्रदेशका सप्तरीबाहेकका सात जिल्ला, रोल्पासहित केही हिमाली जिल्लाहरूमा भने अधिवेशन बाँकी छ । २ नम्बर प्रदेशका जिल्लामा पार्टी सदस्यतासम्बन्धी विवादको समाधान भइनसकेको, रोल्पामा पार्टी सचिवको निधन भएको तथा सोलुखुम्बुसहितका धेरैजसो हिमाली जिल्लामा तत्काल अधिवेशन सम्भव नभएकाले केही दिनपछि अर्को मिति तय हुने पार्टी कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

‘राष्ट्रिय सभा निर्वाचन परिणाम हाम्रा लागि प्रतिकूल आउन सक्छ’
एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सभाको निर्वाचनको परिणाम एमालेका लागि प्रतिकूल हुन सक्ने बताएका छन् । पाँच दलको गठबन्धनले एमालेमाथि अन्तिम किस्तामा प्रहार गर्ने तयारी गरिरहेकाले निर्वाचनलाई अस्वाभाविक रूपमा नलिने ओलीको भनाइ छ ।

‘राष्ट्रिय सभाको निर्वाचनमा सकारात्मक परिणाम आएन भनेर कुनै अन्यथा मान्नुपर्ने कारण छैन, किनभने यो पहिलेको जनमत हो, एमालेमाथि प्रहारको अन्तिम किस्ता हो,’ ओलीले भने, ‘१२ गतेको परिणाम हाम्रा लागि प्रतिकूल आउन सक्छ, किनभने त्यो आजको जनमत र कुनै यथार्थ जनमत होेइन । आजभन्दा चार वर्षअघि विभिन्न प्रवृत्ति व्यवस्थापन गर्न सिट बाँडेका थियौँ ।’

ओलीले राष्ट्रिय सभा चुनाव हिजोको जनादेशबाट हुन लागेकाले यसबाट नआत्तिन कार्यकर्तालाई आग्रह पनि गरे । ‘दुईजना मान्छे तलमाथि पार्दा हाम्रो मान्छे हार्छ,’ ओलीले भने, ‘तर, अहिले पनि हामी अरू पार्टीभन्दा एक्लै मजबुत छौँ, बलियो छौँ । हिजोको जनमत दुरुपयोग गरेर राष्ट्रिय सभाको परिणाम आउन सक्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

उनलाई संक्रमण भएपछि एमाले समसामयिक विषयहरूमा प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने भएको छ । ओली बालकोटस्थित निवासमै आइसोलेसनमा रहेको उनी निकटस्थहरूले जानकारी दिएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App