मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

नोटका बण्डल फ्याट-फ्याट कसरी भेटिँदैछ ? गाडीको डिकीदेखि चाउचाउका कार्टुनभित्र पैसै पैसा !

'उहाँले संस्थाको पैसा भन्नुभएको छ। त्यसबारे थप अनुसन्धान गरिहेका छौं,' राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले भने।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। ‘हाम्रो कम्पनीको पैसा हो। कारोबारबाट उठेको रकम पठाएको हो।’ सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले कम्पनीको लेटरप्याडबाटै पत्राचार गरेपछि राजस्व अनुसन्धान विभागको अनुसन्धान अर्कैतिर सोझियो।

सौर्य एयरलाइन्सका कर्मचारी रेशा शाक्य पोखरेल र विराटनगर स्टेसन म्यानेजर प्रकाश पौडेललाई विभागले रिहा गर्‍यो। उनीहरुलाई छुटाउन अध्यक्ष पोखरेलले विभागमा ५० लाख रुपैयाँ धरौटी बुझाए। अब विभागको अनुसन्धान अध्यक्ष पोखरेलमा सोझिएको छ। विभागले उनको बयानसमेत लिएको छ। उनले सो रकम विमानको टिकट बिक्रीबाट उठेको बयान दिएका छन्।

- Advertisement -Poco C3

अध्यक्षले टिकटबाट उठेको बयान दिए पनि विभागको अनुसन्धान भने जारी नै छ। संशय ज्युँदै छ – के टिकटको नै पैसा थियो त त्यो? टिकटको पैसा भए चाउचाउको कार्टुनमा हालेर ‘चोरबाटो’ किन पठाउन परेको थियो? ५० लाख रुपैयाँ विराटनगरदेखि काठमाडौंसम्म फ्लाइटमा पठाउनुभन्दा बैंकमा डिपोजिट गर्नु र त्यसैबाट थप कारोबार गर्न सकिन्न थियो? यस्ता कयौं प्रश्नले पनि सौर्य एयरलाइन्सबाट बरामद गरेको ५० लाख रुपैयाँ शंकाको घेरामा परेको छ।

‘उहाँले संस्थाको पैसा भन्नुभएको छ। त्यसबारे थप अनुसन्धान गरिहेका छौं,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले भने।

गत शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट एयरलाइन्सका सहयोगी विराटनगर-४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो। सौर्य एयरलाइन्सको उडान नम्बर एसएयु ७२४ बाट रकम आएको थियो। गोप्य सूचनाको आधारमा प्रहरीले विमानबाट आएको भद्रपुर लेखिएको रातो रङको ब्यागभित्र करेन्ट चाउचाउको कार्टुन फेला पार्‍यो। त्यसको भित्र ५० लाख रुपैयाँ भेटिएको थियो।

विमानमा ५० लाख रुपैयाँ भेटिएको सात दिन बित्न नपाउँदै धनुषामा यस्तै प्रकृतिको ३८ लाख रुपैयाँ भेटियो। स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट नेपाल आउने क्रममा धनुषा लक्ष्मीनिया -१ सिंगरजोडा बस्ने २३ वर्षीय अमितकुमार यादवलाई उक्त रकम सहित पक्राउ गरेको हो। उनले मोटरसाइकलको डिकीमा लुकाएर ल्याइएको रकम चेकका क्रममा प्रहरीले फेला पारेको हो। रकमको स्रोत के हो ? कहाँ लगिँदै थियो? भन्ने प्रश्नको जवाफ अहिले खोजीकै विषय बनेको छ।

प्रत्येक महिना बढ्दै अवैध मुद्रा बरामद

कारको डिकीमा स्पेयर टायर मुनि लुकाइएर होस् वा मोटरसाइकलको ट्यांकीमा लुकाएर अवैध रकमको कारोबार हुने गरेको देखिएको छ। प्रहरीले पक्राउ गरेको संख्या हेर्दामात्र प्रत्येक महिना थपिँदो देखिन्छ ट्रेन्ड।

चालु आर्थिक वर्षको पाँच महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ गुणाले बढेको देखिएको छ यस्तो कारोबार। अर्थात् ३ सय प्रतिशतले यस्ता अवैध मुद्रा बरामद भएको छ। नेपाल प्रहरी भने आफ्नो संक्रियताका कारण सङ्ख्यात्मक वृद्धि देखिएको दाबी गरिरहेको छ।

‘हाम्रो सक्रियता प्रमुख हो। त्यसपछि अपराधिक गतिविधिहरु, हुन्डी र अन्य कारोबार गर्नेहरु भएकाले नै हो,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले भने।

चालु आर्थिक वर्षको पाँच महिनामा प्रहरीले देशभरबाट स्रोत नखुलेको ५ करोड ८७ लाख ५५ हजार ५ सय ६७ रुपैयाँ बरामद गरेको छ। अघिल्लो आर्थिक वर्षको पाँच महिनासँग तुलना गर्दा २ सय ९२ प्रतिशतले बरामद रकम बढेको देखिएको छ।

नेपाल प्रहरीले मात्र आर्थिक वर्ष २०७७/७८ मा अवैध अर्थात् स्रोत नखुलेको ७ करोड १ लाख ३५ हजार ९ सय ४४ रुपैयाँ बरामद गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा झन्डै ७ सय ६ प्रतिशतले बढेको थियो।

यसरी बरामद भएको मुद्रासहित प्रहरीले पक्राउ परेका व्यक्तिलाई राजस्व अनुसन्धान विभाग वा सम्पत्ति शुद्धीकरण विभागमा पठाउँछ। व्यक्तिसँग सम्बन्धित केसहरु प्रायजसो सम्पत्ति शुद्धीकरण विभागमा जाने गरेको छ। कुनै पनि संस्था वा फर्मको केस भने राजस्व अनुसन्धान विभागले हेर्छ।

‘बजारमा देखिने अन्डर भ्यालुएसन र बिलिङले पनि बजारमा अवैध मुद्राको कारोबार भएको हुनसक्ने देखिन्छ,’ विभागका महानिर्देशक पौडेलले भने। गत असोज ८ गते चन्द्रागिरि नगरपालिकास्थित चेक प्वाइन्टबाट भारतीय नागरिक सागर सीताराम लोखण्डे र कृष्ण आदातेलाई प्रहरीले समात्यो। लोखण्डेको झोलाबाट ५० लाख रुपैयाँ र आदातेको साथबाट ४५ लाख रुपैयाँ बरामद भयो। सम्पत्ति शुद्धीकरण विभागले तीन महिना लगाएर अनुसन्धान गरेको थियो उनीहरुमाथि।

उनीहरुले ल्याएको रकम चितवनको गुरुकृपा सुनचाँदी पसल संचालन गर्ने विलाश हनुमन्त यादवको भएको खुल्यो। यादवले राजस्व चुहावट समेतको सम्बद्ध कसुरबाट प्राप्त गरेको सम्पत्तिको गैरकानुनी स्रोतको रकमलाई रुपान्तरण गर्न खोजेको देखिएको थियो। गैरकानुनी रुपबाट प्राप्त भएको रकम जफत गरी सोही बराबरको बिगो माग दाबी सहित विभागले उनीहरुविरुद्ध मंसिर २९ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। यसपछि अरु घटना भने अनुसन्धानमा नै रहेको छ।

पछिल्लो समय व्यक्तिको साथबाट धेरै मात्रमा भेटिएको यस्तै अवैध मुद्रा २०७७ पुस २० गते बरामद भएको थियो। ३० वर्षीय अमितकुमार गुप्ता चालकसहित नागढुंगाबाट समातिए उक्त केसमा। भारतको गोरखपुर घण्टाघरका गुप्तालाई बिहान ४ बजेर २७ मिनेटमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगा चेक प्वाइन्टमै समातेको थियो।

गुप्ता चढेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको सिल्भर कलरको गाडीभित्र रकम फेला परेको थियो। उनी कपिलवस्तुबाट कारमा काठमाडौं आउँदै थिए। कारको डिकीमा स्पेयर टायरमुनि लुकाइएको रकम फेला पारेको थियो त्यतिखेर। कारभित्र रहेका तीन वटा कालो रङका झोलामा १ करोड ४७ लाख रुपैयाँ भेटिएको थियो।

प्रहरीले थप अनुसन्धानका लागि रकमसहित दुई जनालाई सम्पत्ति शुद्धीकरण विभाग बुझायो। विभागले अनुसन्धान गर्दा उनीहरू नेपालमा सुन किन्न रकम लिएर आएको खुल्यो। विभागले विशेष अदालतमा २ करोड ९२ लाख रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

खल्तीको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने २ जना पक्राउ, धन्दा यस्तो थियो

जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ परेका दुवै आरोपीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सनसनी पुर्ण खुलासाः ज्ञानेन्द्र नेपालबाट मुर्ती लान्थे, विदेशबाट सुन र हेरोईन ल्याउँथेः पत्रकार ठकुराठी

राजपरिवारका सदस्य निकटका ब्यक्तिले आफुलाई पत्रकारिता छोड्नका लागि १ करोडको प्रलोभन देखाइएको पनि वताएका छन् । उनले भनेका छन् –‘तर मैले पैसा भन्दा पत्रकारिता रोजे ।’

धुर्मुस–सुन्तली फाउण्डेसनविरुद्ध करोडौं रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता

धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अहिलेसम्म पनि लाइसेन्स ट्रायल ननिकालेहरुका लागि खुसीको खबरः ७० अंक ल्याए पास हुने कार्याविधि बल्ल भयो कार्यान्वयन

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक महाकाली यातायात कार्यालयले बुधबारदेखि लागू हुने गरी ट्रायलमा ७० अंक ल्याए पास हुने कार्याविधि कार्यान्वयन गरेको हो ।

आखिर यस्तो निर्णयमा पाकिस्तान किन पुग्यो ? भारतभर छायो उत्साह, नेपाल पनि भयो खुसी !

उसको यो नीतिले भारतभर उत्साह छाएको छ भने नेपाल लगायत सार्क राष्ट्रहरु समेत खुसी भएका छन् । पाकिस्तानले शुक्रबार नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्दैछ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ताजा समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App