सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

ओली आफैले गराएको गोप्य सर्वेक्षण भयो सार्वजनिक, देशभरका एमाले नेताकार्यकर्ताहरु अतालिए !

देशका केही जिल्लामा गरिएको सर्वेक्षणपछि ओली यतिबेला तनावमा छन् । गत चुनावमा एमालेले राम्रो मतान्तरले जितेका केहि जिल्लाको रिपोर्ट पाएपछि ओलीले नयाँ रणनीतिमा बनाउन थालेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। देशभरका नेताकार्यकर्ताहरु अतालिनेगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गराएको एउटा गोप्य सर्वेक्षण बाहिरिएको छ । ओलीले आउँदो चुनावमा एमालेको अवस्था कस्तो छ भनेर नेताहरूलाई सर्वेक्षण गर्न लगाएका थिए ।

देशका केही जिल्लामा गरिएको सर्वेक्षणपछि ओली यतिबेला तनावमा छन् । गत चुनावमा एमालेले राम्रो मतान्तरले जितेका केहि जिल्लाको रिपोर्ट पाएपछि ओलीले नयाँ रणनीतिमा बनाउन थालेका छन् ।

- Advertisement -Poco C3

ओली निकट स्रोतका अनुसार नेताहरूले विभिन्न जिल्लामा गरेको सर्वेक्षणमा एमालेका प्रभावशाली नेताहरू पनि सुरक्षित नभएको पाइएको छ । अर्को रणनीति नबनाएको खण्डमा आउँदो चुनावमा चौथो दल बन्नुपर्ने अवस्था आउने आंकलन नेताहरूले गरेका छन् । एमाले अध्यक्ष ओलीको क्रेजको कारण केहि मत थपिएपनि माओवादी र एकीकृत समाजवादीका कारण ठुलो क्षति भैसकेको सर्वेक्षणले देखाएको स्रोतको दाबी छ ।

सर्वेक्षणपछि ओलीलाई बुझाईएको रिपोर्टमा गठबन्धन कायम रहेको खण्डमा प्रत्यक्षमा पाँच देखि आठ सिट जित्न सकिने बताइएको स्रोत बताउँछ । गठबन्धन भात्काउना सकिएको खण्डमा भने ३५ देखि ४० सिट प्रत्यक्षमा जित्ने बताइएको छ । जसमा पनि एमालेका प्रभावशाली केहि नेताहरूले हार्ने देखाइएको छ ।

यस्तै समानुपातिकमा भने देशभरबाट २५ देखि ३० लाख भोट आउने आंकलन गरिएको छ । एकीकृत समाजवादीका कारण बढीमा १० लाख समानुपातिक भोट काटिएको आंकलन रिपोर्टमा गरिएको छ । उक्त रिपोर्टमा सबैभन्दा क्षति सुदूरपश्चिममा भएको जनाइएको छ । लुम्बिनी प्रदेशमा भने सबैभन्दा राम्रो अवस्था रहेको बताइएको छ ।

उक्त रिपोर्ट पाएपछि ओली लगायतका नेताहरू नयाँ रणनीति बनाउन जुटेका छन् । एमालेका केही नेताहरूलाई खटाएर देशैभरको अवस्था बुझ्न लगाएका ओलीले आउँदो संसदीय निर्वाचनमा गठबन्धन कायम रहेको खण्डमा तनावको अवस्था सामना गर्नुपर्ने देखिएपछि देखिने भन्दा नदेखिने तरिकाले रणनीति बनाउन ब्यस्त छन्।

यसैलाई आधार मानेर एउटा तथ्यलाई भने स्वीकारे र तर अर्को तथ्यबारे बोलेनन् । उक्त रिपोर्टपछिका ओलीका भाषणहरू पनि फितलो हुन थालेका छन् । जिल्ला अधिवेशनहरू उद्घाटन गर्दा पनि उनमा त्यति ‘कन्फिडेन्ट’ देखिएन ।

उनले नेकपा एमाले एकतिर र पाँच दलीय गठबन्धन अर्कातिर भएकाले राष्ट्रिय सभा निर्वाचन आफूहरु प्रतिकूल हुने बताए । अर्को, गठबन्धनको अन्तिम शक्ति राष्ट्रियसभासम्म हुने भन्दै भत्कने भविष्यवाणी पनि गरे ।

दुई तिहाईको सरकारको प्रधानमन्त्री बनेका ओली यसरी खुम्चिए कि गठबन्धनले मिलेर उनलाई जताततै सून्यमा झारिदिए । केन्द्रमा सरकार ढल्यो । ७ मध्ये ६ वटा प्रदेशमा सरकारमा रहेको एमाले प्रतिपक्षमा पुग्यो । राष्ट्रियसभाको एक सिटको चुनाव विगतमा हार्यो । अब १९ सिटका लागि हुने चुनावमा सून्यमा झर्ने स्थिति बनेको छ ।

ओलीले यही यथार्थलाई बुझेर तीन तहको चुनाव अगावै गठबन्धन भत्काउने रणनीति बनाउन थालेका छन् । त्यसका लागि उनले नेपाली काँग्रेसलाई एकल सरकार गठनको प्रस्ताव समेत लगेका छन् । सार्वजनिक रुपमै एमाले एक्लै नहिंड्ने बताइसके ।

ओलीले एमसीसीलाई महत्वपूर्ण अस्त्र देखेका छन् । एमसीसी संसदमा अगाडि बढाइए प्रचण्ड र माधवकुमार नेपालले पारित गर्न नमान्ने र त्यतिबेला आफ्नो दल निर्णायक हुने देखेका छन् । तर, एमसीसी सदनमा अगाडि बढ्न सकेको छैन ।

यसरी नै सदनमा अवरोध रहेमा देश चुनावमा जानसक्छ । ओली त्यही चाहन्छन् । चुनावमा जाँदा गठबन्धन कायमै रहेमा ओलीलाई ठूलो धक्का पर्न सक्छ । देउवा निकट नेताहरु एमाले सून्यमा झर्ने भन्न थालेका छन् । गठबन्धन यसरी नै चुनावसम्म एक भएर गएमा ओलीका लागि ठूलो धक्का हुन सक्छ । त्यसैले पनि ओली गठबन्धन भत्काउने रणनीतिमा लागेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

भ्रष्टाचारमा फस्ने भएपछि योगेश भट्टराई तनावमा !

जसकारण तत्कालीन पर्यटनमन्त्री भट्टराई विवादमा तानिएका छन् । फेरि अर्को अनियमिततामा पनि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गर्न आदेश दिएको छ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App