मङ्लबार, माघ ११, २०७८
मङ्लबार, माघ ११, २०७८
Poco C3

बाहिरीयो देउवा र ओलीबीच वान टु वान वार्तामा भएको भित्री कुराकानी, एमाले नेताकार्यकर्ताहरु उत्साहित बने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफुले कारबाही गरेका माधव कुमार नेपाल लगायतका १४ जना सांसदहरुलाई सभामुख अग्नी सापकोटाले कारबाही नगरेको भन्दै लगातार संसद अवरोध गरिरहेको छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा अन्तत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोटमै पुगेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफुले कारबाही गरेका माधव कुमार नेपाल लगायतका १४ जना सांसदहरुलाई सभामुख अग्नी सापकोटाले कारबाही नगरेको भन्दै लगातार संसद अवरोध गरिरहेको छ। यो सन्दर्भमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता विच भएको भेटघाटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

- Advertisement -Poco C3

प्रधानमन्त्री देउवा गठबन्धनका दलहरुको सँगको छलफलमै एमाले अध्यक्ष ओलीलाई भेट्न गएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस अघि ओलीलाई भेट्न आफूपनि देउवा सँगै बालकोट जाने बताएका थिए तर प्रचण्ड कोरोना संक्रमणका कारण जान पाएनन् । देउवा र ओली विच एक्लाएक्लै पनि गोप्य कुराकानी भएको थियो ।

ओली र देउवा विच कुराकानी पश्चात एमााले अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग आफ्नो कुराकानी राम्रो भएको संक्षिप्त प्रतिक्रिया दिएका छन् । आजको भेटमा ओली र देउवाविच वर्तमान राजनीतीको विश्ल्लेषणसहित आगामी विषय बारे खुलेर कुराकानी भएको थियो ।

बालकोट स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई संसद अवरोध अन्त्य गरेर सहजरुपमा संसद चल्न दिन अनुरोध गरेका थिए भने उनले संसदमा विचाराधिन रहेको एमसीसी पास गर्न पनि एमालेको सहयोग मागेको बताइएको छ ।

एमाले अध्यक्ष ओलीले भने प्रधानमन्त्री देउवासँग आफ्नो पुरानो अडान कायम राखेको बताइएको छ । एमालेले सभामुख अग्नी सापकोटालाई बहिर्गमनको प्रमुख शर्त बनाएको छ । अग्नी सापकोटालाई सभामुखको कुर्सीमा राखेर एमालेले संसद चल्न दिने कुरा कठिन भएको ओलीले देउवालाई सुनाएको बताइएको छ । जवाफमा देउवा सकारात्मक जवाफ दिएको स्रोतले बतायो ।

यस अघि सार्वजनिक रुपमा एमालेका शिर्ष नेताहरुले पटक पटक संसदको अवरोध हटाउँका लागी सभामुख अग्नी सापकोटाको राजिनामा र माधव नेपाल लगायतका एमालेले कारबाही गरेका १४ सांसदको पद खारेजी एमालेको एजेण्डा रहेको बताउँदै आएका छन् ।

एमसीसीको सन्दर्भमा देउवाले मागेको सहयोगमा एमाले अध्यक्ष ओलीले यस विषयमा पहिला सरकारमा रहका दलहरुका विचमा ठोस निर्णय गर्न पनि देउवालाई सुझाएको बताइएको छ । सत्तारुढ दलहरुले निर्णय गरे पछि एमालेले पार्टी भित्र छलफल गरेर उपयुक्त निर्णय लिने ओलीले भनेको बताइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

उनलाई संक्रमण भएपछि एमाले समसामयिक विषयहरूमा प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने भएको छ । ओली बालकोटस्थित निवासमै आइसोलेसनमा रहेको उनी निकटस्थहरूले जानकारी दिएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

लेखराज भट्ट छानबिन समितिको संयोजक हुँदा अरबौ असुल गरेको पर्दाफाश

स्रोतका अनुसार तत्कालीन उद्योगमन्त्री लेखराज भट्टको निर्देशनमा विभागले नौ सदस्यीय दोस्रो छानबिन समिति गठन गरेको हो । सो समितिले एक–एक लाख जरिवाना मात्रै गर्न सिफारिस गर्‍यो ।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

नेपाल ह्वात्तै बड्यो संक्रमण, कति थपियो आज हेर्नुहोस्।

शनिबार २९७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ६ हजार १४० सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ९ हजार ७६२ पीसीआर तथा ३ हजार ५०२ एन्टिजेन परीक्षण भएको छ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App