सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

योगेश भट्टराईको अरबौँ काण्डको पर्दाफास, नारायणहिटी दरबार नै बतास समुहलाई दान

सस्तो भाडामा जग्गा पाएपछि दरबार संग्रहालय हाताभित्रै रेस्टुरेन्ट बनाउने काम गर्दैछ, बतास अर्गनाइजेसन अन्तरगतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अबको केही हप्ताभित्र नारायणहिटी दरबार संग्राहालयभित्रै रेस्टुरेन्ट खुल्नेछ, जहाँ दरबार हेर्न जानेहरु मात्रै होइन, दरबारमार्ग घुम्न जानेहरुले पनि सहजै प्रवेश पाउनेछन् ।

सस्तो भाडामा जग्गा पाएपछि दरबार संग्रहालय हाताभित्रै रेस्टुरेन्ट बनाउने काम गर्दैछ, बतास अर्गनाइजेसन अन्तरगतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट । पशुपति क्षेत्र विकास कोष अन्तरगतको धर्मशालाभित्र पनि होटल चलाइरहेको समूह हो, बतास अर्गनाइजेसन ।

- Advertisement -Poco C3

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले संग्रहालयको गेटबाट पश्चिमपट्टि रेस्टुरेन्ट बनाउन भाडामा दिएको छ । रेस्टुरेन्ट सञ्चालनका लागि धमाधम पक्की संरचनाहरु तयार गरिँदैछ । यसका लागि काठमाडौं महानगरपालिकासँग अनुमति लिइएको छैन । समितिले संरचनाहरु अस्थायी भएको दावी गरेको छ ।

रेस्टुरेन्टको भवन बनाउन आवश्यक पर्ने जग्गाको मात्रै टेन्डर गरेको समितिले अब अरु क्षेत्र पनि प्रयोग गर्न अनुमति दिँदैछ । तीन वर्षका लागि लिज सम्झौता गरेको समितिले भवन रहने बाहेकका क्षेत्रमा पनि टेबल कुर्सी राख्न दिने तयारी गरेको छ ।

बतास अर्गनाइजेसनले कति क्षेत्रफलमा रेस्टुरेन्ट चलाउँछ भन्ने टुंगो लागेको छैन । नारायणहिटी दरबार संग्र्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल पारदर्शी ढंगबाट जग्गाको टेन्डर पारेरै बतासले रेस्टुरेन्ट खोल्न लागेको बताउँछन् ।

कति जमिन रेस्टुरेन्टले उपयोग गर्ने हो भन्नेबारे नापजाँच गर्न बाँकी रहेको उनले बताए । कति क्षेत्र भाडामा लगाउने भन्ने तय नै नगरी कसरी टेन्डर लाग्यो त ? भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने, ‘भवन रहने जमिनका लागि भएको टेन्डर बतासले पाएको हो, उसले वरपर टेबल कुर्सी राख्ने क्षेत्रको पनि नापजाँच गरेर भाडा उठाउँछौं ।’

रेस्टुरेन्टबाट मासिक ५–६ लाख रुपैयाँसम्म भाडा उठ्ने अनुमान उनले सुनाए । समिति स्रोतका अनुसार बताससँग भने मासिक दुई लाख २० हजार रुपैयाँ उठाउने गरी खरिद सम्झौता भएको छ ।

१० रोपनी क्षेत्र रेस्टुेरन्टले प्रयोग गर्ने देखिएको समिति स्रोत बताउँछ । ‘नारायणहिटीको जग्गा प्रतिरोपनी मासिक ५० हजार रुपैयाँमा भाडामा लाग्ने देखिएको छ’, स्रोत भन्छ, ‘खाली जग्गा नभेटिने दरबारमार्ग क्षेत्रमा यो भाडादर कौडी बराबर हो ।’

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र सचिव यादवप्रसाद कोइरालाको पालामा जग्गा भाडामा लागेको हो । मन्त्री समितिको संरक्षक र सचिव अध्यक्ष रहने व्यवस्था छ ।

तत्कालीन पर्यटन सचिव तथा समिति अध्यक्ष केदारबहादुर अधिकारीका पालामा नारायाणहिटी दरबार संग्राहलयमा क्यान्टिनका लागि बनेको भवन र आसपासको केही क्षेत्र भाडामा लगाउने निर्णय भएको थियो । त्यसै समयमा भाडाका लागि न्युनतम् दर रेट तोक्ने काम भएको थियो ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन सञ्चालन समितिका कार्यकारी निर्देशक दाहालका अनुसार निर्माण अवधिको भाडा लिइने छैन । रेस्टुरेन्ट सञ्चालनमा आएपछि त्यहाँ जानेसंग समितिले कुनै शुल्क नउठाउने उनले बताए ।

अर्थात् रेस्टुरेन्टमा जान संग्राहलयको टिकट काट्नुपर्ने छैन । रेस्टुरेन्टमा लाइभ म्युजिक सुन्ने सुविधा पनि हुनेछ । रेस्टुरेन्ट चलेपछि दरबारभित्र पार्किङ पनि खुल्नेछ ।

समितिका कार्यकारी निर्देशक दाहाल संग्रहालयलाई खर्च जुटाउन दरबार क्षेत्र भाडामा लगाउनु परेको बताउँछन् । ‘हामीले त गणतन्त्र स्मारकमा पनि रेस्टुरेन्ट चलाउन खोजेका हौं, तर ठेक्का लाग्न सकेन,’ उनले भने, ‘विदेशमा पनि ठूला–ठूला संग्रहालय परिसरमा क्याफ्टेरिया हुन्छ, अब नारायणहिटीमा पनि हुनेछ ।’

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले २४ घण्टा नै सुरक्षा पहरा दिने भएकाले रेस्टुरेन्टले दरबारका सम्पदा असुरक्षित नहुने उनको दाबी छ । ‘विहान ८ बजेदेखि राति ९ बजेसम्म मात्रै रेस्टुरेन्ट चल्छ,’ उनले भने, ‘दरबार घुम्न आउनेहरुलाई यहाँ खाजाको सुविधा मिल्छ ।’

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की संग्रहालय घुम्नेका लागि रेष्टुरेन्ट आवश्यक नै देख्छन् । त्यसको व्यवस्थापन भने सही ढंगबाट हुनुपर्ने उनले बताए ।

‘जे–जे गरेपनि नारायणहिटी संग्रहालयभित्रको इतिहास, संस्कृति, रहनसहन, व्यवहार, मान्यता र जीवन्तता खल्बलिनु हुँदैन,’ उनले अनलाइनखबरसँग भने, ‘मान्छेहरु हिजो दरबारभित्र राजपरिवार कसरी बस्थ्यो भन्ने जान्न चाहन्छन्, त्यो पक्षलाई नबिथोल्नेगरि काम गर्नुपर्छ ।’

मिलेमतोमा धर्मशाला पनि भाडामा

नारायणहिटी छिरेको बतास अर्गनाइजेसनले नै तिलगंगाको धर्मशाला भाडा लिएर चलाइरहेको छ । बतासलाई धर्मशाला भाडामा दिन पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदको स्वीकृति बेगर तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालले लिज कार्यविधि, २०७५ स्वीकृत गरेर २०७५ माघ २९ गते धर्मशाला भाडामा लगाउन सूचना प्रकाशन गराएका थिए ।

इच्छुक कम्पनीले विगत वर्षहरुमा दान, दातव्य, सामाजिक कार्यमा तीन करोड खर्च गरेको हुनुपर्ने असान्दर्भिक शर्त बोलपत्र कागजातमा राखिएको थियो ।

धर्मशाला भाडामा लिन चार प्रस्ताव पेस भएकोमा कम कबोल गर्ने एउटालाई योग्य ठहर गरेर कार्यविधि बमोजिम स्वीकृत गरिएको थियो । दानमा तीन करोड खर्च गरेको प्रमाण पेस नगरेको जनाएर धेरै मूल्य कबोल गरेका प्रस्तावहरु अस्वीकृत गरिएको थियो ।

त्यसरी वर्षमा एक करोड पाँच लाख ४१ हजार भाडा लिनेगरी १५ वर्षको लागि २०७६ बैशाख ३० मा बतास समूहको ‘होटल आनन्द’सँग सम्झौता भएको थियो ।

सम्झौतामा तीन महिना आन्तरिक निर्माण अवधि रहने, त्यसपछि प्रत्येक महिनाको भाडा सात गतेभित्र बुझाउनुपर्ने र त्यसरी नबुझाए जरिवाना लाग्ने व्यवस्था छ । सो कम्पनीले समयमै भाडा बुझाउँदा कोषले छुट दिँदै आएको महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनले खुलासा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।
Viber Community
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App