बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

ओलीको सालोले दिय बतासलाई नारायणहिटीभित्रै होर्डिङ बोर्ड राख्न अनुमति

गत साउन अगावै बतास समूहको बी म्यानेजमेन्ट प्रालिलाई होर्डिङ बोर्ड राख्न अनुमति दिइएको महानगरपालिकाले जनाएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले होडिङ बोर्ड पनि राख्ने भएको छ । काठमाडौ महानगरपालिकाले दरबार संग्राहलय हातामा डिजिटल विज्ञापन बोर्ड राख्न अनुमति दिएको हो । यसअघि दरबारकै अघिल्लो भागमा यति ग्रुपलाई पनि विज्ञापन बोर्ड राख्न महानगरपालिको अनुमति दिएको थियो ।

गत साउन अगावै बतास समूहको बी म्यानेजमेन्ट प्रालिलाई होर्डिङ बोर्ड राख्न अनुमति दिइएको महानगरपालिकाले जनाएको छ । नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट चलाउन सेटिङबाट ठेक्का हात पारेको कम्पनीलाई नै महानगरपालिकाले ठूलो आकारको होडिङ बोर्ड राख्न अनुमति दिएको खुलेको हो ।

- Advertisement -Poco C3

महानगरपालिकाले नारायणहिटी दरबार परिसरभित्रै होर्ड राखेबापत वार्षिक २ लाख ४५ हजार विज्ञापन कर लिनेछ । नारायणहिटी परिसरमा अग्लो टावर बनाएर बोर्ड राख्न लागिएको हो ।

कानूनले यसरी स्मारक क्षेत्रमा होर्डिङ बोर्ड राख्न निषेध गरेको छ । प्राचीन स्मारक संरक्षण ऐन २०१३ले सम्पदा क्षेत्र विरुप हुने भएकाले विज्ञापन बोर्ड राख्न अनुमति नदिने गरी स्पष्ट व्यवस्था गरेको छ ।

ऐनमा पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

मेयर विद्यासुन्दर शाक्य र तत्कालीन प्रमुख प्रकासशीय अधिकृत राजेश्वर ज्ञवालीले नारायणहिटीमा बोर्ड राख्ने अनुमति दिन दबाव दिएको स्रोतको दावी छ । महानगरको राजस्व विभागका एक अधिकारी भने होर्डिङ बोर्डका लागि नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकस समितिले नै पत्र काटेको दावी गर्छन् ।

‘दरबार क्षेत्रभित्र बोर्ड राख्न सकिँदैन भनेर हामीले अडान लिएका थियौं,’ ती अधिकारीले भने,’माथिबाट यति दबाव आयो कि नदिई सुखै भएन ।’ उनका अनुसार ३५० वर्गफिटको बोर्ड राख्ने गरी सम्झौता भएको हो ।

मेयर विद्यासुन्दर शाक्य र तत्कालीन प्रमुख प्रकासशीय अधिकृत राजेश्वर ज्ञवालीले नारायणहिटीमा बोर्ड राख्ने अनुमति दिन दबाव दिएको स्रोतको दावी छ ।

यो बोर्ड नारायणहिटीको कुन भागमा राख्ने भन्नेमा महानगरपालिका आफैं स्पष्ट छैन । संग्राहलयका एक कर्मचारीका अनुसार प्रवेशद्वारबाट पछाडि नारायणहिटी दरबारको मूल ‘प्यागोडा’ भवनको मुनिपटि्ट पर्ने गरी अग्लो बोर्ड राख्ने तयारी छ ।

‘बाहिरबाट नारायणहिटी दरबार हेर्नेले बोर्ड पनि देख्ने गरी बोर्ड राख्न तयारी भएको हो,’ ती अधिकारीले भने,’यो रेस्टुरेन्टभन्दा बिल्कुल अलग प्रोजेक्ट हो, यसबारे अहिलेसम्म के गर्ने भन्ने स्पष्ट छैन ।’ उनका अनुसार बाहिर दरबारमार्गतर्फबाट धेरैले हेर्ने भएकाले सहजै देखिने गरी परिसरमै बोर्ड राख्न संग्राहलयबाट पनि अनुमति पाइससकेको छ ।

‘यो क्षेत्रतर्फ धेरै ‘अडियन्स’ (दर्शक) छन् । त्यसैले रेस्टुरेन्ट र विज्ञापन बोर्ड एकैपटक खुल्ने भनिएको थियो,’ ती अधिकारी भने,’विवाद भएपछि सम्झौता विपरीत बनिरहेको रेस्टुरेन्टको संरचना भत्कियो, विज्ञापन बोर्डको के हुन्छ भन्ने स्पष्ट छैन ।’

उनका अनुसार बोर्ड राख्न बतासले प्राविधिक तयारी पनि गरिरहेको छ । मनिटर ल्याएर जोड्न मात्रै पर्ने भएकाले तयार हुन धेरै समय नलाग्ने ती अधिकारीले बताए ।

‘महानगरपालिकाले वर्षमा अढाई लाख कर उठाउने लोभमा अनुमति दिएको छ,’ ती अधिकारीले भने,’ बोर्ड राख्न रेस्टुरेन्टलाई दिएको जग्गा नै उपयोग हुने भएकाले संग्राहलयले थप शुल्क लिँदैन ।’

सर्बोच्चको आदेश मिच्दै महानगर

पछिल्ला समयमा काठमाडौं महानगरपालिको डिजिटल होर्डिङ बोर्डका नाममा मनोमानी गरिरहेको छ । १६ भदौ ०७२ मा सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगरभित्र होर्डिङ बोर्ड राख्न नदिने र राखेका भए हटाउन आदेश दिएको थियो । महानगर क्षेत्रमा रहेका व्यवसायिक होर्डिङ बोर्डहरु, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामाग्री हटाउनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख थियो । उपत्यकामा जथाभावी विज्ञापन बोर्ड राख्दा दृश्य तथा वातावरणीय प्रदुषण भएकाले आम मानिसको स्वच्छ र स्वस्थ्य वातावरणमा हिँडडुल गर्ने अधिकार हनन भएको र सो कार्य गर्न वा नगराउन महानगरलाई सर्वोच्चले भनेको थियो ।

अदालतले दिएको आदेशका कारण फ्ल्लेक्स होर्डिङ बेार्ड राख्न कानुनी उल्झन आइपरेपछि ‘डिजिटल होर्डिङ बोर्ड’को अवधारणा ल्याएर महानगरपालिकाभित्र अनेकन चलखेल भइरहेको छ । सम्पदा क्षेत्रमा मात्रै हेन, सडकमै प्रकाश आइपुग्ने र आवासीय क्षेत्रलाई ने असर पर्ने गरी डिजिटल होर्डिङबोर्ड राख्न महानगरपालिकाले सहमति दिँदै आएको छ ।

ठूलो आकारमा बोर्डमा चर्को प्रकाश राखेर जथाभावी तरिकाबाट बजाइने विज्ञापनका कारण शहरी क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढेको छ । यसले रातको समयमा सवारी चलाउनेलाई मुख्य रुपमा प्रभावित गरिरहेको छ । प्रति स्क्वायरफिट ७ सय रुपैयाँ वाषिर्क कर लिने तोकेर महानगरपालिकाले डिजिटल होर्डिङ बोर्डको धन्दालाई प्रोत्साहन गरिरहेको छ ।

शहरलाई कुरुप बन्न नदिन काठमाडौं महानगरपालिकाले होडिङ बोर्डसम्बन्धी मापदण्ड नबनाएको हैन । तर, डिजिटल होर्डिङ बोर्ड राख्न पाइने भनेपछि बोर्डको पछाडि सीएफएल चिम र एलईडी लाइटमा झिलमिल पारेर बालेर ‘डिजिटल बोर्ड’ लगाएको बाहाना पनि गर्ने गरेका छन् । काठमाडौंको थापाथली, त्रिपुरेश्वर, बानेश्वर, कोटेश्वर, चावहिल, बालुवाटार, नक्साल, चक्रपथ लगायतका क्षेत्रहरूमा जथाभावी डिजिटल होर्डिङ बोर्डहरु राखिएका छन् ।

महानगरपालिकाले विज्ञापनका रुपमा सडक, पोलसहित सार्वजनिक स्थानमा होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट, ब्यानर टाँस्न नपाइने नियम बनाएको छ । त्यस्ता प्रचार सामाग्रीहरु सडकबाट १० मिटरभित्र हुनुपर्ने, घरको झ्याल मिचेर राख्न नपाइने, सार्वजनिक स्थलमा टाँस्न नपाइने लगायतका मापदण्ड कार्यान्वयन हुन सकेका छैनन् । ललितपुर महानगरकाभित्र पनि प्रशस्तै होर्डिङ बोर्डहरु छन् ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की डिजिटल विज्ञापन बोर्डहरू कहाँ, कसरी, कुन मापदण्डका आधारमा दिने भनेर तय गर्नुपर्ने बताउँछिन् । ‘नारायणहिटीमा राख्न दिएकोबारे जानकारी छैन, तर यस्ता बोर्डबारे मैले वडाध्यक्षहरुलाई सोध्दा मेयरसहाबले भनेपछि हटाउन नसकिएको भन्नुहुन्छ,’ उनले भनिन्,’भर्खरै सरूवा भएर जानुभएको प्रमुख प्रकासशीय अधिकृत र मेयर साहाब बसेर यस्ता धेरै निर्णय भएको सुन्छु । यसरी जथाभावी गरेर हुँदैन, डिजिटल बोर्डलाई एउटा सिस्टमभित्र राख्ने गरी मापदण्ड बनाउनुपर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App