बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

मास्क सबैले लगाए लकडाउन नहुने

केजरीवालले पछिल्लो समय संक्रमण बढिरहेको भए पनि अस्पताल भर्ना हुनेको संख्या निकै कम रहेकाले नडराउन पनि आग्रह गरेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले निरन्तर मास्क लगाए लकडाउन गर्नुपर्ने अवस्था नआउने बताएका छन् ।

आइतबार मुख्यमन्त्री केजरीवालले भर्चुअल प्रेस सम्मेलनमा भने, ‘कोभिड(१९ का संक्रमितको संख्या बढ्नु चिन्ताको विषय हो तर डराइहाल्नु पर्दैन । थोरै मानिस मात्रै अस्पताल भर्ना भइरहेका छन् ।

- Advertisement -Poco C3

मास्क लगाउन निकै आवश्यक छ। तपाईँले निरन्तर मास्क लगाउनु भयो भने कुनै लकडाउन हुँदैन । अहिले लकडाउन लगाउने कुनै योजना छैन ।’ पछिल्लो २४ घण्टामा दिल्लीमा थप २२ हजार जनामा कोभिड संक्रमण पुष्टि हुने सम्भावना रहेको पनि उनको भनाइ थियो ।

केजरीवालले पछिल्लो समय संक्रमण बढिरहेको भए पनि अस्पताल भर्ना हुनेको संख्या निकै कम रहेकाले नडराउन पनि आग्रह गरेका छन् ।

दिल्ली सरकारले मानिसको जीविकोपार्जनमा असर नपर्ने गरी न्यूनतम प्रतिबन्ध लगाउने प्रयास गरेको पनि केजरीवालको भनाइ थियो । ‘मानिसको जीविकोपार्जनमा असर नपरोस् भनेर न्युनतम प्रतिबन्ध लगाउने हाम्रो प्रयास रहेको छ’, उनले भने ।

यस्तै भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा एक लाख ५९ हजार ६३२ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ ।

भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन् ।

पछिल्लो २४ घन्टामा ९० लाख जनालाई कोभिडविरुद्ध खोप दिइएको छ । एकै दिन ६१६ ओमिक्रोन संक्रमित थपिएका छन् । योसँगै ओमिक्रोनबाट संक्रमितको संख्या पनि तीन हजार ७०० पुगेको छ । संक्रमितमध्ये एक हजार ४०९ जनामा दोस्रो वा तेस्रो व्यक्तिबाट फैलिएको विज्ञहरुले बताएका छन् ।

यस्तै पछिल्लो समयमा विश्वभर कोभिड संक्रमण तीव्र फैलिएको छ । युरोपबाट सुरु भएको कोभिडको पछिल्लो लहर पश्चिमका बिभिन्न देश हुँदै दक्षिण एसियासम्म फैलिएको छ ।

विश्वमा औषतमा एकै दिन २० लाख जनामा कोभिड संक्रमण देखिएको छ । १ जनवरीदेखि ७ जनवरीको अवधिमा पहिचान भएका नयाँ संक्रमितहरुको तथ्यांक विश्लेषण गर्दा औषतमा दैनिक संक्रमितको संख्या २१ लाख ६ हजार ११८ पुगेको छ ।

दक्षिण अफ्रिकामा नोभेम्बरको अन्तिम साता कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै विश्वव्यापी रुपमा संक्रमित दर २७० प्रतिशत छ । संक्रमित दर बढे पनि मृत्यु दर भने सन् २०२० को अक्टोबर यताकै सबैभन्दा थोरै देखिएका छन् । अहिले कोभिडबाट औषतमा दैनिक ६ हजार २३७ जना संक्रमितको मृत्यु भएको छ ।

अन्य भेरियन्टको तुलनामा ओमिक्रोन कम घातक भएको विज्ञहरुले बताए पनि यस संक्रमणका कारण विश्वको स्वास्थ्य प्रणाली नै तहस नहस हुने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

संक्रमित बढेपछि विभिन्न देशले लकडाउनलगायतका प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेका छन् । यस्तो प्रतिबन्ध लगाउनेमा युरोपेली देशहरु अग्रपंक्तिमा छन् । भाइरस नियन्त्रण गर्न भन्दै विभिन्न देशहरुले खोप कार्यक्रमलाई तीव्र पारेका छन् ।

युरोपबाहेक अमेरिका र क्यानडा कोभिडको हटस्पट बनेका छन् । विश्वका कूल संक्रमितमध्ये ४९ प्रतिशत अमेरिका र ३३ प्रतिशत क्यानडाका छन् ।

युरोपमा कोभिड संक्रमण दर अहिलेसम्मकै उच्च देखिएको छ । त्यस्तै, पछिल्लो एक सातामा प्रशान्त महासागर क्षेत्रमा २२४ प्रतिशत, ल्याटिन अमेरिकी देशमा १४८ प्रतिशत, मध्यपूर्वमा ११६ प्रतिशत र एसियामा १४५ प्रतिशतले कोभिड बढेको छ ।

सन् २०२० मा महामारी सुरु भएको अफ्रिकामा पछिल्लो समयमा संक्रमण दर स्थिर छ । दक्षिण एशियाली देशमा भारतमा संक्रमण दर बढ्दो देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

जापानी महिलाले वीर्यदातासँग २८ लाख डलर क्षतिपूर्ति मागिन्

परिचय नखुलाइएकी तथा राजधानी टोक्यो निवासी ३० वर्षीया ती महिलाले भनेकी छन्, ‘म र मेरो पति दोस्रो बच्चा जन्माउन चाहन्थ्यौँ ।

धुर्मुस-सुन्तली फाउण्डेशन भन्छः रकमको दुरुपयोग सोँच्न पनि सक्दैनौँ

फाउण्डेशनले सोमबार फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कुराको गुन्जायस नरहेको प्रष्ट पारेको हो ।

एसईई खारेज गर्ने निर्देशन गलत

मन्त्रालयले परीक्षासम्बन्धी राय पेस गर्न बोर्डलाई पत्र पठाएपछि केही दिनअघि बसेको बोर्ड पदाधिकारीको बैठकले शिक्षा ऐनमा उल्लेख भएको विषयलाई हचुवाको भरमा खारेज गर भन्नु गलत भएको निष्कर्षसहित पत्र पठाएको हो ।

पाकिस्तानी प्रधानमन्त्री खान र रूसी राष्ट्रपति पुटिन बीच टेलिफोनवार्ता

उहाँ (पुटिन) को पहिलो पश्चिमी नेता हुनुहुन्छ जसले आफ्नो प्यारो पैगम्बरप्रति मुस्लिम भावनाप्रति सहानुभूति र संवेदनशीलता देखाउँनुहुन्छ।’

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App