सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

बतास गल्ति गरे भन्दै माफी माग्दै

म हरेक हिसाबकिताब क–कसले दियो, कति बाँकी छ, कति खर्च भयो भन्ने कुरा सञ्चारमाध्यमबाट सार्वजनिक गर्छु ।’

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासले पोखरामा माघभित्र अक्सिजन प्लान्ट ल्याइने दाबी गरेका छन् । गत साउनमै प्लान्ट जडान गर्ने भनेर करोडौँ रकम उठाएका बतासले माघभित्र प्लान्ट फ्रान्सबाट पोखरा ल्याउने दाबी गरेका हुन् ।

बतासले शनिबार सगरमाथा टेलिभिजनसँगको अन्तर्वार्तामा प्लान्ट निर्माणबारे उठेको प्रश्नको जवाफ दिँदै छिट्टै सबै आयव्यय सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएका छन् । प्लान्ट ल्याउन ढिला भएकोमा उनले माफी मागेका छन् । ‘माघ महिनाभित्र प्लान्ट जडान हुन्छ ।

- Advertisement -Poco C3

सरकारले जहाज भाडा तिर्दिन्छौँ भनेपछि ढिलो भएकाले पोखरेली जनताप्रति क्षमा माग्न चाहन्छु,’ बतासले भनेका छन्, ‘धैर्य गर्दिनुस् । पैसा कहीँ गएको छैन । खातामा तीनरचार लाख रुपैयाँ बाँकी छ । म हरेक हिसाबकिताब क–कसले दियो, कति बाँकी छ, कति खर्च भयो भन्ने कुरा सञ्चारमाध्यमबाट सार्वजनिक गर्छु ।’

ढटुवा बतासः प्राण भर्ने नाममा पैसा उठाए, ल्याएनन् अक्सिजन प्लान्ट सरकारले जहाज भाडा तिर्दिन्छु भनेको र त्यसैमा भर परेकाले प्लान्ट आउन ढिला भएको उनले बताए । प्लान्ट बनेको र सबै भुक्तानी भइसकेको बतासको भनाइ छ । कति भुक्तानी भएको भन्नेबारे उनले केही बोलेका छैनन् ।

बतास नेतृत्वको बतास फाउण्डेसनले गत वैशाखमा पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भनेर आर्थिक संकलन थालेको थियो । त्यतिबेला तीन महिनामै प्लान्ट ल्याउने बतासको दाबी थियो । साउनमा अस्पतालमा एमाले समर्थक प्रवासी नेपालीले प्लान्ट जडान गरे । एक महिनाअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को प्लान्ट जडान गरेको छ । हाललाई प्लान्ट आवश्यक नभएकाले आवश्यक अन्य अस्पतालमा प्लान्ट जडान गर्न क्षेत्रीय अस्पतालले बतास फाउण्डेसनलाई जानकारी गराइसकेको छ ।

बतासले ल्याउने भनेको प्लान्ट कहाँ जडान हुन्छ त्यो निश्चित छैन । आलोचित बतासले भने माघभित्र प्लान्ट ल्याउने दाबी गरिरहेका छन् ।

किन आएन प्लान्ट ? बतासकै शब्दमा

दोस्रोपटक लकडाउन हुँदा पोखरासहित देशभर अक्सिजन अभाव भयो । पोखराका मेयर मानबहादुर जिसी र तत्कालीन प्रमुख कार्यकारी अधिकृत महेश बरालजीले मलाई भेट्नुभयो । उहाँहरूले तपाईँ पोखराको मान्छे, अक्सिजन नपाएर हस्पिटलमा मान्छे मर्न थाले, केही गर्नुस् भन्नुभयो । त्यो कुराले मलाई छोयो ।

त्यो अक्सिजन नपाएर मर्नेमा त भोलि हामी पनि पर्न सक्छौँ, हाम्रो साथीभाइ पर्न सक्छन् । नगरपालिकाको प्रक्रियाबाट जाँदा ९ महिना लाग्छ, ल तपाईँहरूले उठाएर हाल्नुपर्‍यो भनेपछि मलाई लाग्यो । तुरुन्त मेरो साथीहरूलाई फोन गरेर २५र२५ लाख रुपैयाँ मागेर एकरडेढ करोड रुपैयाँको वचन लिएँ । बतास अर्गनाइजेसनको विभिन्न सिस्टर कम्पनीबाट ६९ लाख रुपैयाँ मैले लगानी गरेको छु । त्यो पैसा बढी भएर होइन, हिरो हुन होइन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

नेप्से ५४.१२ अङ्कले बढ्यो, परिसूचक २८५७.७५ विन्दुमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर खरिद बिक्री हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५ सय ६८ रुपैयाँको सेयर कारोबार भएको छ ।

निफ्रासहित दुई कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुनको कति पुग्यो प्रतिकित्ता ?

यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ३४ रुपैयाँ ४० पैसाले वृद्धि भई ३७९ रुपैयाँ २० पैसा कायम भएको छ ।

५ करोडका कारण एमालेका प्रभावशाली नेता जेल चलान

सहकारीको रकम हिनामिना मुद्दामा पूर्वअध्यक्षद्वय किरण भण्डारी र रुक्माङगत ज्ञवाली कारागार चलान भएका हुन् । पूर्वअध्यक्ष भण्डारी एमालेका नेता हुन् ।

नेप्से परिसूचक ३०.५१ अङ्कले घट्यो, ८ अर्ब ३ करोड माथिको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर खरिद बिक्री हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रुपैयाँको सेयर कारोबार भएको छ ।

धुर्मुसले दिउसै रात पारेको खुलासा

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ ।

तरकारी र हिउँदेबाली असिना पानीले नष्ट

बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App