मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

सस्तो मूल्यको इन्टरनेट प्याकेज खोज्दै हुनुहुन्छ ? मासिक १००० रुपैयाँ मुनीका विकल्प यस्ता छन्

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउन लाइसेन्स लिने कम्पनीहरूको सङ्ख्या १३४ छ । तर ५१ ओटा मात्रै सञ्चालनमा रहेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

सेवाप्रदायकको सङ्ख्या धेरै हुँदा इन्टरनेट स्पिड र मूल्य दुवैमा प्रतिस्पर्धाको स्थिति छ । यद्यपि धेरै सेवाप्रदायकबीच इन्टरनेट स्पिड, गुणस्तर र मूल्य सबै हिसाबले उपयुक्त सेवा तथा प्याकेज छनौट गर्नु ग्राहकका लागि भने चुनौतीपूर्ण नै हुन्छ ।

- Advertisement -Poco C3

आज हामी वार्षिक प्याकेज लिँदा मासिक १००० रुपैयाँभन्दा कम मूल्य पर्ने सस्ता इन्टरनेट प्याकेजहरू बजारमा कुनकुन उपलब्ध छन् भन्ने विषयमा बताउँदै छौँ । यो सूचीमा हामीले कम्तिमा पाँच हजार घरमा प्रयोगमा रहेका इन्टरनेट सेवाप्रदायकका १७ ओटा प्याकेजलाई समावेश गरेका छौँ ।

१. सीजीनेटको ५० एमबीपीएस

हाल बजारमा उपलब्ध इन्टरनेट प्याकेजमध्ये सीजी नेटको ५० एमबीपीएस गतिको इन्टरनेट सबैभन्दा सस्तो प्याकेजको रुपमा रहेको छ । भ्याट बाहेक मासिक ६४९ रुपैयाँ पर्ने यो इन्टरनेट प्याकेज लिने ग्राहकले एक पटकका लागि २५०० रुपैयाँदेखि ३००० रुपैयाँ र ५०० रुपैयाँ रिफन्डेबल डिपोजिट राख्नुपर्ने हुन्छ ।

प्याकेज सस्तो भए पनि कम्पनीको सेवा हाल काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध छ । हाल सीजीनेट तपाईं रहेको स्थानमा उपलब्ध छ कि छैन भन्ने यकिन गर्न यहाँ क्लिक गर्नुहोस् ।

२. एरोनेटको ११ एमबीपीएस

सबैभन्दा सस्तो इन्टरनेट प्याकेजको दोस्रो नम्बरमा एरोनेटको ११ एमबीपीएस गतिको इन्टरनेट रहेको छ ।

वार्षिक प्याकेज लिँदा भ्याट बाहेक ६६३ रुपैयाँ पर्ने यो प्याकेज लिन चाहने ग्राहकले पहिलो पटक राउटरका लागि २५०० रुपैयाँ, सेवा शुल्क ५०० रुपैयाँ, प्रति मिटर २५ रुपैयाँ केबलका लागि र सेक्योरिटी डिपोजिट बापत १५०० रुपैयाँ (रिफन्डेबल) बुझाउनुपर्ने हुन्छ । यो प्याकेजमा आईपीटिभीको सुविधा छैन ।

३. वेबसर्फरको ५५ एमबीपीएस

वेबसर्फरको ५५ एमबीपीएस इन्टरनेट सस्तो प्याकेजको तेस्रो नम्बरमा छ । आईपीटिभी समेत रहेको यो प्याकेजलाई वार्षिक प्याकेज खरिद गर्दा मासिक ७१४ रुपैयाँ मात्रै तिर्नुपर्ने हुन्छ । पहिलो पटक जोड्दा भने राउटर, फाइबर केबल र एसटीबी एक्टिभेसनका लागि दुई हजार रुपैयाँ र १५०० रुपैयाँ डिपोजिट राख्नुपर्ने हुन्छ ।

४. लुपनेट १५ एमबीपीएस

लुपनेटको १५ एमबीपीएस इन्टरनेट वार्षिक प्याकेजमा मासिक भ्याट बाहेक ७२४ रुपैयाँ पर्न आउँछ । यदि आईपीटिभी चाहनुहुन्छ भने यो प्याकेज मासिक ८८७ रुपैयाँमा लिन पनि सक्नुहुन्छ । नयाँ ग्राहकले यसका लागि ५०० रुपैयाँ शुल्क र ५०० रुपैयाँ डिपोजिट राख्नुपर्ने हुन्छ ।

५. नेटम्याक्स १० एमबीपीएस

नेटम्याक्सको १० एमबीपीएस इन्टरनेट वार्षिक ग्राहकले भ्याटबाहेक मासिक ७३७ रुपैयाँमै चलाउन पाउँछन् । यसका लागि ५०० रुपैयाँ डिपोजिट राख्नुपर्ने हुन्छ । यो प्याकेजमा आईपीटिभीको सुविधा भने उपलब्ध छैन ।

६. नेपाल टेलिकम २५ एमबीपीएस

नेपाल टेलिकमको २५ एमबीपीएस इन्टरनेटका लागि भ्याट बाहेक मासिक ७७४ रुपैयाँ पर्न आउँछ । पहिलो पटक जडान गर्ने ग्राहकले ११६५ रुपैयाँ थप शुल्क बुझाउनुपर्ने हुन्छ ।

कम्पनीको एफटीटीएच सेवा लिन ग्राहकले सय रुपैयाँ ब्यालेन्स र तीन हजार मिनेट टकटाइम भएको ल्यान्डलाइन टेलिफोन सेवा समेत पाउँछन् । यस बाहेक मोबाइलमा प्रतिदिन ३०० एमबीपीएस डेटाको सुविधा समेत टेलिकमले उपलब्ध गराउँदै आएको छ । यो प्याकेजमा आईपीटिभीको सुविधा भने उपलब्ध छैन ।

७. टेकमाइन्ड्स १५ एमबीपीएस

टेकमाइन्ड्सको १५ एमबीपीएस इन्टरनेट प्याकेज वार्षिक ग्राहकले मासिक भ्याट बाहेक ७९१ रुपैयाँ शुल्कमै चलाउन पाउँछन् । कम्पनीको वेबसाइटमा उल्लेख भएअनुसार यसका लागि थप शुल्क तथा डिपोजिट बुझाउनु पर्ने/नपर्ने कुरा स्पष्ट छैन ।

८. फर्स्टलिङ्कको २० एमबीपीएस

वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले भ्याटबाहेक मासिक ७९७ रुपैयाँ शुल्कमै प्रयोग गर्न पाउँछन् । यसका लागि ग्राहकले पहिलो पटक एक हजार रुपैयाँ थप शुल्क र एक हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने हुन्छ । यसमा आईपीटिभी सेवा भने समावेश छैन ।

९. भायनेटको ७५ एमबीपीएस

नेपालको ठूलो मध्येको इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटले वार्षिक प्याकेज लिने ग्राहकहरूका लागि भ्याट बाहेक मासिक ७०० रुपैयाँमै ७५ एमबीपीएस गतिको इन्टरनेट प्याकेज दिइरहेको छ ।

सीमित अवधिका लागि ल्याइएको यो विशेष प्याकेजका लागि ५०० रुपैयाँ डिपोजिट राखे पुग्छ । यो प्याकेज खरिद गर्दा एनसेलको सिममा मासिक चार जीबीका दरले कूल ४८ जीबी डेटा, ५० मिनेट कल र हरेक महिना ५० एसएमएस निःशुल्क पाइन्छ । यो प्याकेजमा आईपीटिभी सेवा भने समावेश गरिएको छैन ।

१०. लुपनेटको २५ एमबीपीएस

इन्टरनेटका लागि वार्षिक प्याकेजमा मासिक भ्याट बाहेक ८३३ रुपैयाँ पर्न आउँछ । यसका लागि पहिलो पटक पाँच सय रुपैयाँ थप शुल्क र पाँच सय रुपैयाँकै डिपोजिट राख्नुपर्ने हुन्छ । यदि यो प्याकेजमा आईपीटिभी समेत चलाउन चाहनुहुन्छ भने तपाईंले मासिक ९९५ रुपैयाँ पर्ने प्याकेज लिनुपर्ने हुन्छ ।

११. वेबसर्फरको ५० एमबीपीएस इन्टरनेट

वेबसर्फरले वार्षिक प्याकेजमा भ्याट बाहेक मासिक ८८५ रुपैयाँमै ४० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ । जसमा दुई ओटा आईपीटिभी समेत पाउन सकिने कम्पनीले जनाएको छ ।

यसका लागि पहिलो पटक पाँच सय रुपैयाँ थप शुल्क र पाँच सय रुपैयाँ डिपोजिट बुझाउनुपर्ने कम्पनीको वेबसाइटमा उल्लेख छ ।

१२. डिशहोम फाइबरनेटको २५ एमबीपीएस

छोटो समयमै धेरै स्थानमा सेवा विस्तार गर्न तथा ग्राहक बनाउन सफल डिशहोम फाइबरनेटले भ्याट बाहेक मासिक ९५८ रुपैयाँ पर्ने वार्षिक प्याकेज उपलब्ध गराइरहेको छ । यसमा तपाईंले आईपीटिभी समेत पाउन सक्नुहुन्छ ।

डिपोजिट तथा थप शुल्क नलाग्ने यो प्याकेज बाहेक यदि तपाईं डिशहोमको डीटीएच प्रयोग गर्नुहुन्छ भने अझ सस्तोमा इन्टरनेट प्याकेज लिन सक्नुहुन्छ ।

१३. लुपनेटको ३५ एमबीपीएस

लुपनेटले वार्षिक प्याकेज लिने ग्राहकलाई मासिक भ्याट बाहेक ९६६ रुपैयाँमै २५ एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराइरहेको छ । यसका लागि थप शुल्क पाँच सय रुपैयाँ र पाँच सय रुपैयाँ डिपोजिट बुझाउनुपर्ने हुन्छ । यो प्याकेजमा आईपीटिभी सेवा भने समावेश गरिएको छैन ।

१४. एरोनेटको २० एमबीपीएस

एरोनेटले वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई भ्याट बाहेक मासिक ९९२ रुपैयाँमै २० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराइरहेको छ । यसका लागि तपाईंले थप शुल्कको रुपमा ३००० रुपैयाँ र प्रति मिटर तारको २५ रुपैयाँ बुझाउनुपर्ने हुन्छ । त्यस बाहेक डिपोजिटको रुपमा १५ सय रुपैयाँ समेत जम्मा गर्नुपर्ने हुन्छ ।

 १५. सुबिसुको ३० एमबीपीएस इन्टरनेट

निजी क्षेत्रको दोस्रो ठुलो इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले भ्याट बाहेक मासिक ९९५ रुपैयाँ पर्ने ३० एमबीपीएसको इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ । यसका लागि सुरुमा थप शुल्कको रुपमा २५९७ रुपैयाँ र ५०० रुपैयाँ डिपोजिट राख्नुपर्ने हुन्छ । यसमा आईपीटिभी सेवा भने समावेश गरिएको छैन ।

१६. सीजीनेटको १२० एमबीपीएस

सीजी नेटसँगै बजारमा आएको यो प्याकेजले नेपालको इन्टरनेट बजारलाई नै उथलपुथल बनाइदिएको छ । कम्पनीको यो १२० एमबीपीएस इन्टरनेटका लागि तपाईंले भ्याट बाहेक मासिक ९९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । पहिलो पटकको जडानमा भने वार्षिक ग्राहकले ५०० रुपैयाँ डिपोजिट बुझाउनुपर्ने हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।

एसेम्बल गरिएका इलेक्ट्रिक बाइक नेपालमा सार्वजनिक

अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपालमा एसेम्बल गरिएका इलेक्ट्रिक बाइक सार्वजनिक गरेकाे छ ।

‘वेब ३.०’ के हो, अनि कसरी काम हुन्छ ?

साथै एउटै अकाउन्टको माध्यमबाट प्रयोगकर्ताले इन्टरनेट मिडिया, ई-मेल, शपिङ साइट आदिमा पहुँच बनाउन सक्नेछन् । आज हामी तपाईंलाई यही वेब ३.० को विषयमा बताउँदै छौँ ।

‘साओमी १२ लाइट’ सस्तो मूल्यमा बजारमा आउँदै

साओमीले गत डिसेम्बरमा आफ्नो फ्ल्यागशिप सिरिज साओमी १२ सार्वजनिक गरेको थियो ।

एप्पलको बहुप्रतिक्षित एआर/भीआर हेडसेट कहिले आउँदैछ ?

पछिल्लाे समय एप्पलले आउँदो जुन महिनासम्म यो उत्पादन बजारमा ल्याउने चर्चा गरिएकाे थियो ।

वर्ल्डलिङ्क: इन्टरनेट गुणस्तर बढाउन देशभरका ग्राहकको पुरानो फाइबर निःशुल्क फेर्दै

देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो इन्टरनेट सेवाको गुणस्तर बढाउन पुराना फाइबर केबल परिवर्तन गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ताजा समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App