सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

काण्डै–काण्डले घेरिएका एमालेका हाइप्रोफाइल नेताहरु

नेपाल कम्युनिष्ट पार्टी एमालेका हाइप्रोफाइल नेताहरु विवादको घेरामा परेका छन्

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेका हाइप्रोफाइल नेताहरु विवादको घेरामा परेका छन् । पछिल्लो समय एमाले सचिव तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराई बतास समुहले नारायणहिटी दरबार संग्राहलयमा निर्माण गरेको रेष्टुरेन्टका कारण विवादमा परेसँगै एमालेका सबै हाइप्रोफाइल विवादमा परेका हुन् ।

एमालेका पदाधिकारी र अन्य केन्द्रीय तहका सबै नेताहरु अहिले काण्डै–काण्डमा घेरिएका छन् । यसरी विवादमा पर्नेहरुमध्ये धेरैजना पछिल्लोपटक एमाले अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री हुँदा मन्त्री बनेकाहरु छन् ।

- Advertisement -Poco C3

खड्गप्रसाद प्रधानमन्त्री हुँदा यति समुहलाई गोकर्ण रिसोर्टसहित सार्वजनिक सम्पति कम मूल्यमा लिजमा दिनेदेखि ओम्नी समुहलाई कानुन विपरीत ठेक्का दिलाएको विषयसम्म विवादमा आएको थियो ।

१. ईश्वर पोखरेल: ईश्वर पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष हुन् । ईश्वर पोखरेल डेढ दशकभन्दा अगाडि नै उनको घरमा पानी ट्यांकीमा पैसा भेटिएको विषयले विवादमा परेका थिए ।

उनको घरमा ट्यांकीमा पैसा भेटिएकाबारे एक सञ्चारमाध्यममा २०७३ मा उनले भनेका थिए, ‘मलाई सिध्याउन, मेरो चरित्रहत्या गर्न दरबारिया मण्डले र कथित क्रान्तिकारीहरु मिलेर जे जस्ता कथाहरु रचना गरे, त्यसको हिसाब किताब अझै पनि मैले बुझ्न सकेको छैन । मण्डले पत्रकार निरोधराज पाण्डे र निमकान्त पाण्डेले कथा लेख्ने र ती कथाका आधारमा खगेन्द्र संग्रौलाले एउटा दैनिक पत्रिकामा मेरा बिरुद्ध लेख लेख्ने सिलसिला नै चलाइयो । ईश्वर पोखरेलको घरको ट्यांकीमा पैसा भेटियो भनेर निमकान्त पाण्डे भन्नेले आफ्नो पत्रिकामा कथा लेखेछन् । कसैले नकिन्ने र नपढ्ने पत्रिका भए पनि दरवारियाहरुले नियोजित रुपमा त्यसको प्रचार गरे ।’

इश्वरको विवादको श्रृंखला यतिमै रोकिएको भने छैन । ईश्वर पोखरेल पछिल्लो पटक ओली सरकारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री हुँदा पनि विवादले घेरिएका थिए । पोखरेल त्यतिबेला कोरोना नियन्त्रण उच्चस्तरीय संयन्त्रको संयोजक पनि थिए । कोरोना नियन्त्रण सम्बन्धी स्वास्थ्य सामग्री खरिदका विषया उनी विवादमा तानिएका थिए । ओम्नी समुहसँग सम्झौता गरी घोटाला गरेको भन्दै पोखरेल विवादमा तानिएका थिए ।

२. विष्णु पौडेल: एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेल एमालेका विवादित पात्रमध्येका एक हुन् । बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएपछि उनी विवादको शिखरमा पुगेका पात्र हुन् ।

३. शंकर पोखरेल: शंकर पोखरेल एमालेको महासचिवको भूमिकामा छन् । एमाले महासचिव हुनुअघि उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री थिए ।
पोखरेलमाथि लुम्बिनी प्रदेशका एकजना सांसद अपहरण गरेको आरोप छ ।

४. योगेश भट्टराई: योगेश भट्टराई एमालेका आशावादी युवाको रुपमा परिचय बनाएका पात्र हुन् । तर, अहिले एकाएक उनी विवादको शिखरमा छन् । बतास समुहलाई नारायणहिटी दरबार संग्राहलयभित्र रेष्टुरेन्ट खोल्न दिने निर्णय उनी पर्यटनमन्त्री भएको बेला भएको पाइएपछि उनी अहिले विवादमा परेका हुन् ।

५. पद्मा अर्याल: एमालेकी सचिव पद्मा अर्याल पनि विवादको घेरामा छिन् । सुरुमा उनी गुठी विधेयकका कारण विवादमा परेकी थिइन् । उनी मन्त्री हुँदा गुठी विधेयक अगाडि बढाउन खोजेकी थिइन्, तर विरोधका कारण सफल हुन सकेन ।

मल खरिदका विषयमा अर्याल पनि विवादमा तोनेकी थिइन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी मल खरिद कार्यमा संलग्न कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसमेत १० जना तथा २ वटा कम्पनीउपर बिगो १ अर्व ५३ लाख २२ हजार चार सय ६ रुपैया ७२ पैसा बराबरको बिगो कायम गरी आइतबार विशेष अदातमा मुद्दा दायर गरेको छ । तर अख्तियारले मल खरिदका मुख्य डिजाइनर तत्कालीन कृषि तथा पशुपंक्षी विकास मन्त्री पदमा अर्याल र सचिव योगेन्द्र कार्कीलाई भने उन्मुक्ति दिएको छ ।

७. गोकुल बाँस्कोटा: एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा विवादमा परेका अर्का पात्र हुन् । सञ्चारमन्त्री हुँदा ७० करोड बार्गेनिङ गरेको टेप रेकर्ड बाहिरिएपछि उनी विवादको घेरामा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

उनलाई संक्रमण भएपछि एमाले समसामयिक विषयहरूमा प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने भएको छ । ओली बालकोटस्थित निवासमै आइसोलेसनमा रहेको उनी निकटस्थहरूले जानकारी दिएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App