मङ्लबार, माघ ११, २०७८
मङ्लबार, माघ ११, २०७८
Poco C3

तुलसीपुरका यी लोकप्रिय नेतासहित दर्जनौ नेताहरु समाजवादीमा प्रवेस: दाङमा एमाले पत्तासाफ

तुलसीपुर उपमहानगरपालिकाका दुई जना कार्यपालिका सदस्य नेकपा एकिकृत समाजवादी पाटीमा प्रवेश गरेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। तुलसीपुर उपमहानगरपालिकाका दुई जना कार्यपालिका सदस्य नेकपा एकिकृत समाजवादी पाटीमा प्रवेश गरेका छन् । समाजवादी पाटी निकट युवा संघको आईतवार तुलसीपुरमा भएको भेलामा उनीहरु एमाले पाटी परित्याग गरी समाजवादीमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका संगठित सदस्यहरु जानका रेग्मी र डिला परियार समाजवादी पाटी प्रवेश गरेका छन् । उनीहरु दुवै जना तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य हुन् ।

- Advertisement -Poco C3

यस अघि कार्यपालिका सदस्य दिपक कुमाल र चित्रा मल्ल समाजवादीमा समावेश भईसकेका छन् । नेकपा एमालेबाट कार्यपालिका सदस्य भएका उनीहरु चारै जना अहिले समाजवादी पाटीमा समावेश भएका छन् ।

पाटी प्रवेश गरेका नेताहरुलाई समाजवादीका केन्द्रिय सचिव भागवत विश्वासी, संघिय सांसद हिराचन्द्र केसी लगाएतका नेताले टिका लगाएर स्वागत गर्नु भएको हो । यस अघि एमालेबाट निर्वाचित तुलसीपुर १६ का वडा अध्यक्ष भुप बहादुर केसीले समाजवादी दल रोज्नु भएको थियो ।

यो पनि हेर्नुहिस: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । सत्ता साझेदारी दलका जिल्लादेखि केन्द्रसम्मका अधिवेशनका कारण सरकार विस्तारमा केही ढिलाइ भए पनि अब भने छिट्टै प्रदेश सरकार विस्तार गरिने उनले बताएका हुन् ।

नेपाल प्रेस युनियन सल्यानले आज सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि सरकारका कामकारबाही नियमित चलिरहेको बताए ।

उनले सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डाका कारण सरकार विस्तारमा ढिलाइ भएको भन्ने हल्ला गलत भएको भन्दै राजनीतिक दलहरूका चुनावी कार्यक्रमले नै ढिलाइ भएको उल्लेख गरे ।

आफ्नो नेतृत्वको सरकार क्रम भङ्गको सरकार नभई गठबन्धनको सरकार भएकाले विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै अघि बढ्ने उनले बताए ।

उनले कर्णाली प्रदेशलाई समृद्ध बनाउन छ ‘ब’ लागू गर्नुपर्ने बताए ।

कर्णाली प्रदेशले सुनको थालीमा भिख मागिरहेको बताउँदै उनले ६ ‘ब’ लाई कार्यान्वयनमा ल्याउन सकिए समृद्धि कर्णाली बन्न सक्ने दाबी गरे ।

६ ‘ब’ अन्तर्गत बाटो, बिजुली, विचार (सूचना प्रविधि), वन, बजार र व्यवस्थापनमा ध्यान र जोड दिन सके प्रदेशलाई धनी र समुन्नत बनाउन सकिने उनको भनाइ छ ।

मुख्यमन्त्री शाहीले जनताले महसुस गर्ने गरी विकास निर्माणका कामहरु सञ्चालन गरिने बताए ।

महराले रोल्पा पुगेर सुनाए यस्तो कविता

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले रोल्पा पुगेर ४० वर्षअघि आफूले लेखेको कविता सम्झिएका छन् ।

रोल्पाको सुलिचौरमा भएको साहित्य महोत्सवको प्रमुख अतिथि बनेर गएका महराले कविता सम्झिएनन् मात्रै वाचनसमेत गरे ।

महराले कविताको पृष्ठभूमिबारे स्मरण गर्दै सुनाए, ‘२०३८ सालमा नुन बोक्ने भरिएको जीवनलाई अभिव्यक्त गर्नका लागि ‘हतारो’ पत्रिका प्रकाशन गरेका थियौँ ।

त्यतिबेला प्रमुख जिल्ला अधिकारीले तारेख लगाएका थिए । त्यो पनि विद्रोहको एउटा माध्यम थियो ।

उहाँको विरुद्धमा बोलेर त आज राजनीतिमा सहभागी भएर देश परिवर्तनका लागि योगदान दिन पाएका छौँ ।’

‘हतारो’ पत्रिका प्रकाशनमा किमबहादुर थापा ‘सुनिल’, खगेन्द्र विष्टलगायतको टिमको सहभागिता रहेको महराले स्मरण गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

उनलाई संक्रमण भएपछि एमाले समसामयिक विषयहरूमा प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने भएको छ । ओली बालकोटस्थित निवासमै आइसोलेसनमा रहेको उनी निकटस्थहरूले जानकारी दिएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

लेखराज भट्ट छानबिन समितिको संयोजक हुँदा अरबौ असुल गरेको पर्दाफाश

स्रोतका अनुसार तत्कालीन उद्योगमन्त्री लेखराज भट्टको निर्देशनमा विभागले नौ सदस्यीय दोस्रो छानबिन समिति गठन गरेको हो । सो समितिले एक–एक लाख जरिवाना मात्रै गर्न सिफारिस गर्‍यो ।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

नेपाल ह्वात्तै बड्यो संक्रमण, कति थपियो आज हेर्नुहोस्।

शनिबार २९७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ६ हजार १४० सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ९ हजार ७६२ पीसीआर तथा ३ हजार ५०२ एन्टिजेन परीक्षण भएको छ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App