बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

मोजा र ब्रा फिर्ता मागियो: नर्वेका सिपाहीलाई अवकाशपछि अन्डरवेयर

नर्वेमा सेवा अवधि सकिएपछि सिपाहीलाई अन्डरवेयर, मोजा र ब्रा फिर्ता गर्न भनिएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नर्वेमा सेवा अवधि सकिएपछि सिपाहीलाई अन्डरवेयर, मोजा र ब्रा फिर्ता गर्न भनिएको छ । नर्वेको सेनाले कोभिड-१९ महामारीका कारण आपूर्तिमा देखिएको अभावका कारण अवकाशपछि सबै सिपाहीलाई सैन्य पोशाकको रुपमा प्रयोग गरिने अन्डरवेयर, मोजा र ब्रा फिर्ता गर्न भनेको हो । प्रयोग भइसकेका मोजा, अन्डरवेयर र ब्रा सफा गरेर जाँच भएपछि नयाँ सिपाहीलाई प्रदान गरिने पनि सेनाको भनाइ छ ।

समाचार अनुसार सेनाका सदस्यलाई आफूले प्रयोग गर्दै आएको अन्डरवेयर, मोजा एवम् ब्रा जतन गरेर राख्न भनिएको छ । नयाँ भर्ना हुने सदस्यलाई सफा गरेर प्रयोग भइसकेका अन्डरवेयर, मोजा र ब्रा वितरण गरिने पनि समाचारमा उल्लेख छ ।

- Advertisement -Poco C3

नर्वेजियन ब्रोडकास्टिङ कर्पोरेशन (एनबीसी)का अनुसार स्वेच्छिक रुपमा २०२१ को वर्षायामसम्म मात्रै अस्थायी समाधान स्वरुप मोजा, अन्डरवेयर र ब्रा फिर्ता गर्न भनिएको थियो । तर अभाव नटरेपछि सबै सिपाहीलाई अनिवार्य रुपमा फिर्ता गर्न भनिएको हो ।

‘हाल हामीले सैन्य पोशाकअन्तर्गतका यी चीजलाई पुन: प्रयोग गर्ने निर्णय गरेका छौं र यसबाट हामीलाई सजिलो हुनेछ’, रक्षा मन्त्रालयको रसद व्यवस्थापन विभागका प्रवक्ता हान्स मेइसिङसेटले भने, ‘यिनलाई धोएर जाँच गरिन्छ र हामीले वितरण गर्ने चीज राम्रै अवस्थामा हुन्छन् ।’

रुससँग सीमा जोडिएको नर्वेको सेनामा हरेक वर्ष महिला र पुरुष गरी झण्डै ८ हजार नयाँ सदस्य भर्ना हुन्छन् । त्यहाँ सिपाहीले आफ्नो सेवा अवधि पूरा भएपछि अन्डरवेयर, ब्रा र मोजा समेत आफैँसँग लैजान पाउने नियम छ ।

तर कोभिड-१९ को महामारीका कारण उद्योग बन्द हुँदा र ढुवानीको समस्याका कारण आवश्यक मात्रामा अन्डरवेयरसहितका सैनिक पोशाक आपूर्तिमा समस्या देखिएको छ । यही भएर नर्वेको सेनाले जागिर छोड्ने पुराना सिपाहीलाई अन्डरवेयर, ब्रा र मोजा ब्यारेकमै राख्न भनेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

एमसीसी रोक्न चीनद्वारा नेपालमाथि अघोषित ‘नाकाबन्दी’

एमसीसी रोक्न चीन लागेको देखिदैछ । अमेरिका भने एमसीसी कुनै हालतमा पारित गराउन सक्रिय छ । एमसीसी रोक्ने र बढाउने खेलले सत्ता राजनीतिमा समेत असर परेको खुलिसकेको छ ।

तेल किनेको पैसा तिर्न निगमलाई सरकारले १ अर्ब ८० करोड दिने

निगमले भारतीय आयल कर्पोरेसनलाई यहि जनवरी २३ मा १३ अर्ब रुपैयाँ तिर्न पर्ने बताएको छ ।

अमेरिकाको रिस नेपालमाथि पोख्दै चीनः नेपालमा एमसीसी कुनै हालतमा पास हुन नदिन लाग्यो हात धोएरै, नेपाल र नेपालीमाथि यतिठूलो घात गर्न थाल्यो !

अमेरिकाले एमसीसी अगाडि बढाउन खोज्दैछ । एमसीसी सम्झौता भएको ५ वर्ष पुग्न लाग्दा पनि संसदबाट पारित नभएकाले कार्यान्वयन हुन सकेको छैन । एमसीसी रोक्न चीन लागेको देखिदैछ ।

जापानी महिलाले वीर्यदातासँग २८ लाख डलर क्षतिपूर्ति मागिन्

परिचय नखुलाइएकी तथा राजधानी टोक्यो निवासी ३० वर्षीया ती महिलाले भनेकी छन्, ‘म र मेरो पति दोस्रो बच्चा जन्माउन चाहन्थ्यौँ ।

पाकिस्तानी प्रधानमन्त्री खान र रूसी राष्ट्रपति पुटिन बीच टेलिफोनवार्ता

उहाँ (पुटिन) को पहिलो पश्चिमी नेता हुनुहुन्छ जसले आफ्नो प्यारो पैगम्बरप्रति मुस्लिम भावनाप्रति सहानुभूति र संवेदनशीलता देखाउँनुहुन्छ।’

ट्रेन्डिङ समाचार

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App