सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

पहिलो फिल्म हिट हुँदा ३० हजारको प्रेम प्रस्ताव: ऋतिकको औंला देखेर भाग्थे बच्चा, भकभकाउने भएकोले परीक्षा दिँदैनथे

ऋतिक रोशनको लुक ग्रीसको देवताको जस्तै भएको धेरैले बताउने गर्छन् । त्यसैले उनलाई ग्रीक गड अफ बलिउड पनि भनिन्छ । आज अभिनेताको जन्मदिनको मौकामा उनीबारे केही जानकारी लिऔं ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। एशियाका सबैभन्दा ह्यान्डसम म्यान रहेका ऋतिक रोशन आज आफ्ना ४८ औँ जन्मदिन मनाइरहेका छन् । फिल्मी ब्याकग्राउन्ड भएता पनि ऋतिकले इन्डष्ट्रिमा आफ्नो स्थान बनाउन निकै संघर्ष गर्नुपर्यो । ऋतिकले सन् २००० को हिट फिल्म कहो ना प्यार हेबाट बलिउडमा धमाकेदार प्रवेश गरेका थिए ।

ऋतिक रोशनको लुक ग्रीसको देवताको जस्तै भएको धेरैले बताउने गर्छन् । त्यसैले उनलाई ग्रीक गड अफ बलिउड पनि भनिन्छ । आज अभिनेताको जन्मदिनको मौकामा उनीबारे केही जानकारी लिऔं ।

- Advertisement -Poco C3

अतिरिक्त औंलाका कारण नजिक पर्दैनथे बच्चाः

ऋतिक रोशनको जन्म १० जनवरी सन् १९७४ मा मुम्बईमा भएको थियो । घरमा उनलाई प्रेमले डुग्गु भनिन्छ । ऋतिक दाहिने हातमा दुईवटा औंलासहित जन्मिएका थिए जसका कारण उनलाई अन्यभन्दा भिन्न सोचिन्थ्यो ।

अतिरिक्त औंला भएका कारण स्कूलमा सँगै पढ्ने बच्चा उनीबाट टाढा भाग्थे जसका कारण उनका साथी बन्न सकेनन् ।

वर्षौंसम्म भकभकाउने समस्याः

ऋतिक रोशन बाल्यकालदेखि नै भकभकाउँथे । यो समस्याका कारण ऋतिकलाई यति लज्जा महसुस हुन्थ्यो कि स्कूलको मौखिक परीक्षा उनलाई झिँझो लाग्थ्यो । परीक्षा दिन नपरोस् भनेर उनी कहिले घाउ भएको त कहिले बिरामी भएको बहाना बनाउँथे । घरका सदस्यले उनको स्पीच थेरेपी सुरु गराए जसका कारण उनलाई असाध्यै सहयोग मिल्यो ।

पहिलो स्क्रिन अपियरेन्सबाट पाएका थिए सय भारुः

पहिलोपटक ६ वर्षको उमेरमा फिल्म आशा (सन् १९८०) मा कास्ट गरिएको थियो । फिल्ममा उनी जितेन्द्रसँगको गीतमा नाचिरहेको देखिएका थिए । यो भूमिकाका लागि ऋतिकले सय भारु पारिश्रमिक पाएका थिए ।

१२ वर्षमा निभाए गोबिन्दाको छोराको भूमिकाः

ऋतिकले पहिलो पटक फिल्म भगवान दादा (सन् १९८६) मा स्क्रिनमा डायलग बोल्ने मौका पाए । यो फिल्ममा उनी मुख्य पात्र गोबिन्दाको धर्मपुत्रको भूमिकामा देखिएका थिए ।

२० वर्षको उमेरमै देखियो स्कोलियोसिसः

२० वर्षको उमेरमा ऋतिक स्कोलियोसिस नामको गम्भीर रोगको शिकार भएका थिए । यो मेरुदण्ड सम्बन्धि एक रोग हो जसका कारण डाक्टरले उनलाई नाच्न र स्टन्ट नगर्न सल्लाह दिएका थिए ।

रोगबारे पत्ता लागेको एक् वर्षपछि ऋतिकले डाक्टरको सल्लाहविरुद्ध जाँदै समुद्र किनारामा जगिङ गर्ने हिम्मत गरे । अभिनेता यसदिन वर्षामा फसेका थिए । जब उनलाई जगिङ गर्न समस्या भएन तब उनी क्रमशः तेज गतिमा दौडन सुरु गरे । यो दिनलाई ऋतिक आफ्नो जीवनको टर्निङ पोइन्ट मान्छन् ।

करणले शोरुममा देखेर गरे ऋतिकलाई कास्टः

करण जोहरले ऋतिकलाई मनिष मल्होत्राको शोरुममा देखेका थिए । यहाँ उनलाई देख्नेबित्तिकै करणले उनलाई आफ्नो आउँदो फिल्म कभी खुसी कभी गममा अभिनय गराउने सोच बनाए ।

फिल्ममा ऋतिक रोहनको भूमिकामा थिए । यो फिल्म इन्डियन सिनेमाको सबैभन्दा सफल फिल्ममध्ये एक हो । फिल्मले संसारभरी १३६ करोड भारु कमाएको थियो ।

ऋतिकले आफ्नो पिताको फिल्ममा सहयोग गर्न सुरु गरे । सुटिङका बेला ऋतिक भुइँ पुछ्ने र सेटमा भएका मानिसलाई चिया खुवाउने काम गर्दथे । उनले खुदगर्ज (सन् १९८७), किङ्ग अंकल (सन् १९९३), करण अर्जुन (सन् १९९५) र कोयलाजस्ता फिल्ममा सह–निर्देशकको रुपमा काम गरेका छन् ।

कोयला फिल्मको सुटिङका बेला शाहरुखको सीन दोहोराउँदै ऋतिकले आफू पनि फिल्ममा काम गर्ने निर्ण गरे । राकेश रोशनलाई सहयोग गर्दैगर्दा ऋतिकले किशोर नमित कपुरसँग अभिनयको तालिम लिए ।

अस्वीकार गरेका थिए कहो ना प्यार हे, ऋतिकले पाए मौकाः

ऋतिक रोशन सबैभन्दा पहिला शेखर कपुरको फिल्म ‘तारा रम पम पम’ बाट डेब्यू गर्ने भएका थिए तर यो फिल्म पोस्टपोन भयो । यसैबीच राकेश रोशनले फिल्म कहो ना प्यार हे सुरु गरे जसमा उनले ऋतिकलाई मुख्य भूमिका दिए ।

राकेश रोशन यमा शाहरुख खानलाई कास्ट गराउन चाहन्थे तर उनलाई यो स्क्रिप्ट मन परेन । पछि राकेशले अरुलाई हिरो बनाउनुको साटो ऋतिकलाई कास्ट गर्ने निर्णय गरे । फिल्ममा ऋतिक फिल्मफेय बेस्ट डेब्यु र बेस्ट मेलको अवार्ड पाए । यी दुई अवार्ड पाउने ऋतिक पहिलो अभिनेता थिए ।

३० हजार युवतीले राखेका थिए प्रेम प्रस्तावः

कहो न प्यार हे फिल्म हिट भएपछि ऋतिकलाई ३० हजार युवतीले प्रेम प्रस्ताव राखेका थिए । यो कुराको खुलासा अभिनेता आफैंले वार फिल्मको प्रोमोशनका बेला गरेका थिए ।

अण्डरवर्ल्डका व्यक्तिले चलाएका थिए राकेश रोशनमाथि गोलीः

फिल्ममा सफल भएपछि अण्डरवर्ल्डका मानिसले राकेश रोशनसँग पैसा मागेका थिए तर उनले दिन अस्वीकार गरेका थिए । राकेशले अस्वीकार गरेपछि केही सुटरले उनको अफिस बाहिर गोली चलाएका थिए । उनको डाइभरलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइयो । उनको ज्यान भने बच्न सफल भयो ।

करणले शोरुममा देखेर गरे ऋतिकलाई कास्टः

करण जोहरले ऋतिकलाई मनिष मल्होत्राको शोरुममा देखेका थिए । यहाँ उनलाई देख्नेबित्तिकै करणले उनलाई आफ्नो आउँदो फिल्म कभी खुसी कभी गममा अभिनय गराउने सोच बनाए ।

फिल्ममा ऋतिक रोहनको भूमिकामा थिए । यो फिल्म इन्डियन सिनेमाको सबैभन्दा सफल फिल्ममध्ये एक हो । फिल्मले संसारभरी १३६ करोड भारु कमाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

के सामन्था र नागा फेरि मिल्दैछन् ?

जोडीले सामाजिक सञ्जालमा एक नोट शेयर गर्दै आफूहरु अलग्गिएको पुष्टि गरेका थिए। यद्यपि सामन्थाले भने हालैका दिनमा आफ्नो सामाजिक सञ्जालबाट अलग्गिएको पोस्ट हटाएकी छन्।

ज्याकलिनको ठगसँग विवादित सम्बन्ध

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पछिल्ला दिनहरुमा विवादमा तानिएकी छन् ।

कटरिना-विकीको विवाहमा सलमानलाई निम्तो थिएन

उनीहरुको विवाह भइरहँदा त्यो विवाहमा सलमान खान परिवारको उपस्थितिलाई लिएर सबैको चासो थियो अर्थात् सलमान खानको परिवार जान्छन् या जाँदैनन् भन्ने प्रश्न फ्यान र फिल्मकर्मीमाझ उठेको थियो।

बिग बोसको घरमै गर्भवती भईन यी प्रतिष्पर्धी तेजस्वी प्रकाश

मलाई ग्याँस भरिएको छ यति भनेपछि उमर चर्को स्वरमा हाँस्छन् । तेजस्वी आ’क्रो’शि’त हुँदै भन्छिन्– यो मजाकको कुरा होइन ।

अर्जुनले गरे मलाइकासँग ‘ब्रेकअप’को खबरलाई खण्डन

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको अहिले ‘ब्रेकअप’ भएको खबरले बलिउड तातिएको छ ।

एउटा स्कुटर मात्र भएका कपिल शर्मालाई गिन्नीले किन प्रेम गरेकी थिइन् ?

हाल सोनी टिभीमा 'द कपिल शर्मा शो' चलाइरहेका कपिलको यो कार्यक्रम पनि कमेडी विधाकै हो। यसलाई नेटफ्लिक्सले कपिलको विशेष कमेडी कार्यक्रम भनेर प्रचार गरेको छ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App