सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

देउवा ओलीमाथि किन यति कठोर बने ? यस्ता छन् दृष्टान्त

प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अवरुद्ध नखोले र अमेरिकी सहायता परियोजना ९एमसीसी०मा सहयोग नगरे ‘नराम्रो हुने’ चेतावनी ओलीलाई दिइसकिएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकालमा भएका भ्रष्टाचारका फाइलहरू धमाधम खोल्ने निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अवरुद्ध नखोले र अमेरिकी सहायता परियोजना ९एमसीसी०मा सहयोग नगरे ‘नराम्रो हुने’ चेतावनी ओलीलाई दिइसकिएको छ ।

- Advertisement -Poco C3

प्रधानमन्त्री कार्यालय मातहत रहेका सम्पत्ति शुद्धिकरण र राष्ट्रिय अनुसन्धान विभागमार्फत ओलीनिकट नेता र व्यवसायीमाथि निगरानी बढाउन देउवाले निर्देशन दिएका छन् । आफैंले दुई(दुईपटक भंग गरेको संसद अवरुद्ध गरेर ओलीले संसदीय प्रणालीलाई नै ध्वस्त पार्न खोजेको आरोप लगाउँदै देउवाले यस्तो कदम चालेका हुन् ।

स्रोतका अनुसार ओलीकालमा भ्रष्टाचारमा संलग्न भएका यति, ओम्नी, बतास समूह, भुसाल समूह र अन्य मेडिकल व्यवसायीलगायत दर्जन बढीलाई सम्पत्ति शुद्धिकरण विभागले ‘क्लोज सर्भिलियन्स’मा राखेको छ । त्यस्तै त्यतिबेला मन्त्री भएका करीब आधा दर्जन ओलीनिकट नेताहरूलाई पनि देउवाले निगरानीमा राख्न निर्देशन दिएका छन् ।

भित्रभित्रै ओलीनिकट व्यवसायी र नेताहरूमाथि भ्रष्टाचारको मुद्दा लगाउने तयारी गरेका देउवाले मंगलवार सरकार संचालनका लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेललाई ओलीनिवास बालकोट पठाएर राष्ट्रिय राजनीतिमा थप अवरोध सिर्जना गरे ‘राम्रो नहुने’ चेतावनीसमेत दिन लगाएका छन् ।

पौडेल बालकोट पुगेको खबर संचारमाध्यममा आएपछि सत्ता गठबन्धनका नेताहरू सशंकित बनेका थिए । ओलीसँग सम्बन्ध सुधारका लागि पौडेल बालकोट गएका हुन् कि भन्ने आशंका सत्ता गठबन्धनका नेताहरूमा थियो । तर पौडेललाई देउवाले नै पठाएको जानकारी पाएपछि उनीहरूले त्राण महसुस गरे ।

संसद खुलाउन र एमसीसी पास गराउने दवाव दिन देउवाले यस्ता कदम चालिरहेको स्रोतले जनाएको छ । कृषि मन्त्रालयमा भएको अनियमिततादेखि बतास समूहसम्म भएका घटनाक्रम त्यसैको उपज भएको स्रोतको दाबी छ । पछिल्लो समय ओली नजिकका नेता तथा व्यावसायीहरूमाथि बढाईएको निगरानी पनि ओलीलाइ कमजोर पारेर संसदको अवरोध अन्त्यका लागि दबाब दिइएको बालुवाटार स्रोतले पुष्टि गरेको छ ।

एकचरण केही नेता तथा व्यवासायीमाथि निगरानी बढाएर ओलीलाई आग्रह गर्न नेता पौडेललाई दूत बनाएर देउवाले पठाएका थिए । ओलीले संसदको अवरोध अन्त्य नगर्ने संकेत पाएको खण्डमा देउवाले थप निगरानी बढाउने र ओली नजिकका नेताहरू जोडिएका काण्ड बाहिर ल्याउने उनको तयारी रहेको बताइएको छ ।

ओलीलाई देउवाले पठाएको सन्देशमा पनि सत्तापक्ष र प्रतिपक्षिबीच सौहार्द सम्बन्ध हुनुपर्छ भनिएको छ । ओलीसँगको भेटमा पौडेलले यो सन्देश सुनाएको स्रोत बताउँछ । ‘यो सन्देशको अर्थ पनि सम्बन्ध बिगार्नु हुँदैन भन्ने हो । संसद नखोले सम्बन्ध बिग्रन सक्छ भन्ने हो,’ स्रोतले भन्यो ।

नेता पौडेलले ओली भेटेर संसद्को गतिरोध अन्त्य गर्न र अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँगको सम्झौता अनुमोदनमा सहयोग चाहियो, सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध नबिगारौँ भनेका थिए ।

‘संसद् प्रतिपक्षी दलको हो, लामो समय संसद् बन्द हुँदा मुलुक नै अस्तव्यस्त बन्न पुग्यो, एउटा राजनीतिक विषयलाई इगोको रूपमा लिएर मुलुकलाई पछि धकेल्ने काम गर्न भएन, यो अप्ठ्यारो र दुरवस्थाबाट अघि बढ्नुपर्छ, संसद्लाई सुचारु पार्ने जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको पनि हो,’ पौडेलले ओलीसँग राखेका भनाइ उल्लेख गर्दै भनेका छन्, तर ओलीले भने पुरानै कुरा दोहोर्‍याएका थिए ।

ओलीले सभामुखले गल्ती नसच्याएसम्म संसद्को गतिरोध नखुल्ने संकेत गरेका थिए । आफ्नो पार्टीले कारबाही गरेका सांसदको सूचना टाँस नगरेर सभामुखले राजनीतिक पूर्वाग्रह लिएको उल्लेख गरेका थिए । पौडेलले सांसदमाथिको कारबाहीको विषय अदालतमा विचाराधीन अवस्थामा रहेकाले अब त्यसैलाई इगो बनाएर संसद्को गतिरोध जारी राख्न नहुने बताएका थिए ।

उनले बहुचर्चित एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा एमालेको सहयोगको अपेक्षा राखेका थिए । देउवासँग सल्लाह गरेरै ओलीसँग भेट्न पुगेका पौडेलले एमसीसीका विषयमा एमालेको प्रस्ट धारणा ल्याउन आग्रह गरेको बताए । ओलीले यस विषयमा प्रधानमन्त्रीले आफूसँग कुरा गर्न नआएको भन्दै गुनासो गरेका थिए ।

पौडेलेले तपाईंको धारणा के छ प्रस्ट भन्नुहोस् भन्दा ओलीले कुरा अन्तै मोडेका थिए । प्रधानमन्त्रीसँग म कुरा गर्छुभन्दा ओलीजीले कुरा अन्तै मोडेको पौडेलले बताएका छन् । नेता पौडेलेले देउवको सन्देश सुनाउँदै प्रतिपक्षले जिम्मेवारीबोध गर्नुपर्छ ।

अब पनि संसद् अवरोध जारी राख्नु अति हुन्छ । कहीँ न कहीँ गएर निकास नदिने हो भने अर्को समस्या निम्तिने खतरा छ भन्दै पौडेल बाहिरिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App