मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

तत्काल लकडाउन गर्नुपर्ने पक्षमा छैन, स्वास्थ्य मन्त्रालय

यी दुबै निकायले निर्णय लिँदा स्वास्थ्य मन्त्रालयको धारणालाई बढी आधार मानेर लकडाउन गर्ने/नगर्ने निर्णय लिने हो। विगतमा पनि स्वास्थ्य मन्त्रालय र विज्ञहरूको राय लिएर विभिन्न चरणमा लकडाउन गरिएको थियो।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपालमा कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको ठहर गर्दै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कक्षा १० सम्मका सबै विद्यालय आगामी माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। साथै २५ जना बढी मानिस एकै ठाउँ जम्मा नहुन र सार्वजनिक स्थलहरूमा खोप कार्ड देखाएर मात्र प्रवेश दिन भनेको छ।

हिजोको सिसिएमसीको सिफारिसले धेरैलाई अब लकडाउन हुन्छ वा हुँदैन भन्ने चासो छ। सरकारले लकडाउन गर्न निर्णय लिने अधिकार सिसिएमसी र जिल्लास्तरीय डिसिसिएमसीलाई दिएको छ।

- Advertisement -Poco C3

यी दुबै निकायले निर्णय लिँदा स्वास्थ्य मन्त्रालयको धारणालाई बढी आधार मानेर लकडाउन गर्ने/नगर्ने निर्णय लिने हो। विगतमा पनि स्वास्थ्य मन्त्रालय र विज्ञहरूको राय लिएर विभिन्न चरणमा लकडाउन गरिएको थियो।

काठमाडौं उपत्यकाको हकमा पछिल्लो एक सातायता संक्रमण तीव्र फैलिएसँगै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू निरन्तर छलफलमा छन्। अहिलेसम्म भएका छलफलले अझै सबै पक्षसँग थप परामर्श गरेर र जोखिम मूल्यांकन गरी थप निर्णय लिने भनिएको छ।

स्वास्थ्य मन्त्रालय भने तत्काल कुनै प्रकारको लकडाउन गर्नुपर्छ भन्ने पक्षमा छैन। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले तत्काल लकडाउनमा गइहाल्नु नपर्ने बताएका छन्।

सेतोपाटीसँग कुराकानी गर्दै अधिकारीले भने, ‘तत्काल सबै क्षेत्र बन्द गर्ने कुरा हामीले गरेको छैन। पूरा बन्दाबन्दी गरेर मान्छेलाई घरमै थुन्नेबारे सरकारले अहिले सोचेको पनि छैन। मन्त्रालयले त्यसो भनेको पनि छैन।’

उनले स्वास्थ्य प्रणाली नै धरासायी बन्ने स्थिति आइपर्‍यो भने मात्र लकडाउनको रणनीतिमा जानुपर्ने बताए। ‘तत्काल लकडाउनमा गइहाल्नपर्दैन। तर संक्रमण बढ्दै गयो र केही उपाय लागेन, स्वास्थ्य प्रणाली नै धरासायी भयो भन्ने अवस्था सिर्जना भयो भने त के विकल्प रहन्छ र?,’ अधिकारीले भने।

यद्यपि संक्रमणलाई थप फैलिन नदिए अहिले भएका स्रोतले थेग्नसक्ने सहप्रक्वता अधिकारीको दाबी छ। उनले अहिले पनि जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरे संक्रमणलाई रोक्न सकिने भन्दै एउटै समयमा धेरै बिरामी पर्ने अवस्था कम गर्ने सके अहिले आइसियू बेडलगायत स्रोत साधनले पुग्ने बताए।

‘हामीले संक्रमण दरलाई यसरी तल राख्नुपर्‍यो ताकि अस्पतालको स्रोत साधनले पुग्न सकोस्,’ अधिकारीले भने, ‘महामारीमा संक्रमण जिरो बनाउँछु भन्ने त हुँदै हुँदैन तर एउटै समयमा धेरै मानिस बिरामी हुने अवस्थालाई कम गर्न सकिन्छ। त्यस्तो भयो भने हामीसँग भएका कुराले पुग्छ र गाह्रो हुने अवस्था हुँदैन।’

अधिकारीका अनुसार कोभिड बिरामीको उपचारका लागि अहिले देशभर झन्डै २८ सय आइसियू बेड र एक हजार भेन्टिलेटर तयारी अवस्थामा रहेका छन्। जुन संख्या दोस्रो लहरको भन्दा दोब्बर बढी हो।

किनकी गत वैशाखयता दोस्रो लहर सुरू हुँदा र उत्कर्षमा पुग्दासमेत देशभर एक हजारको हारहारीमा आइसियू बेड थिए। त्यसैले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न सके त्यसपश्चात आउने समस्यालाई अहिले भएका स्रोतले धान्नसक्ने मन्त्रालयको बुझाइ छ।

संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन पनि तत्काल लकडाउन गर्नु नपर्ने बताउँछन्। उनले अहिले फैलिरहेको संक्रमण छिटो फैलिए पनि त्यसले घातक बनाउने सम्भावना निकै कम रहेको भन्दै पहिले त्यो अवस्थाको निर्क्यौल गर्नुपर्ने जनाए।

अर्को कुरा अहिलेको अवस्था पहिलो र दोस्रो लहरको अवस्था नरहेको भन्दै अहिले धेरै मानिसहरूले खोप लगाएको भन्दै त्यसले पनि संक्रमण भइहाले पनि जटिलता हुनबाट धेरै जोगाउने पुनको बुझाइ छ। साथै अहिले भेटिएका ओमिक्रोन संक्रमितहरूको अवस्था पनि सामान्य रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘अहिले पो ओमिक्रोन ओमिक्रोन भनेर परीक्षण गरेपछि देखियो। यो अगाडिदेखि नै फैलिरहेको थियो। तर जो ओमिक्रोन पुष्टि भएका संक्रमितहरू हुनुहुन्छ, उहाँहरूको स्वास्थ्य सामान्य छ भन्ने कुरा आएको छ। पहिलो, दोस्रो लहरजस्तो भएको भए त्यस्तो हुँदैनथ्यो।’

उनले भारत पनि राम्रो उदाहरण हुनसक्ने भन्दै अहिले भारतमा दैनिक लाखभन्दा बढी संक्रमितहरू भटिए पनि डेल्टा भेरियन्टले जस्तो अक्सिजन र अस्पताल नपाएर मृत्यु भएको भन्ने खबर नआएको बताए।

‘अचानक संक्रमण बढ्यो भन्दैमा तर्सिनेभन्दा पनि वास्ताविकता के हो भनेर बुझ्नुपर्छ,’ पुनले भने, ‘दक्षिण अफ्रिकाबाट सुरू भएको ओमिक्रोनले अहिलेसम्म कहाँ कस्तो प्रभाव पार्‍यो भनेर हेर्नुपर्छ। त्यसैले तर्सिएर लकडाउनमा गइहाल्नुपर्ने अवस्था देख्दिनँ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonl[email protected]gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

खल्तीको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने २ जना पक्राउ, धन्दा यस्तो थियो

जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ परेका दुवै आरोपीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सनसनी पुर्ण खुलासाः ज्ञानेन्द्र नेपालबाट मुर्ती लान्थे, विदेशबाट सुन र हेरोईन ल्याउँथेः पत्रकार ठकुराठी

राजपरिवारका सदस्य निकटका ब्यक्तिले आफुलाई पत्रकारिता छोड्नका लागि १ करोडको प्रलोभन देखाइएको पनि वताएका छन् । उनले भनेका छन् –‘तर मैले पैसा भन्दा पत्रकारिता रोजे ।’

धुर्मुस–सुन्तली फाउण्डेसनविरुद्ध करोडौं रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता

धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अहिलेसम्म पनि लाइसेन्स ट्रायल ननिकालेहरुका लागि खुसीको खबरः ७० अंक ल्याए पास हुने कार्याविधि बल्ल भयो कार्यान्वयन

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक महाकाली यातायात कार्यालयले बुधबारदेखि लागू हुने गरी ट्रायलमा ७० अंक ल्याए पास हुने कार्याविधि कार्यान्वयन गरेको हो ।

आखिर यस्तो निर्णयमा पाकिस्तान किन पुग्यो ? भारतभर छायो उत्साह, नेपाल पनि भयो खुसी !

उसको यो नीतिले भारतभर उत्साह छाएको छ भने नेपाल लगायत सार्क राष्ट्रहरु समेत खुसी भएका छन् । पाकिस्तानले शुक्रबार नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्दैछ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ताजा समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App