बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

मुख्यमन्त्री पाण्डे : सिंहदरबारको मन्त्रालयलाई औद्योगिक क्षेत्रको अवस्थाबारे ज्ञान छैन

बनमारा उम्रिसक्यो उद्योग बनाउने ठाउँमा बेहाल छ । त्यसको संरक्षण छैन । सिंहदरबारको मन्त्रालयलाई त्यो ज्ञान छैन ।’ उनले भने ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले देशका औद्योगिक क्षेत्रहरूको पछिल्लो अवस्था बारे संघीय मन्त्रालयहरूलाई कुनै ज्ञान नै नभएको बताएका छन् ।

हेटौँडामा आयोजित उद्योग संघ मकवानपुरको २० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश भित्रका ४ वटा औद्योगिक क्षेत्रको पछिल्लो अवस्था बारे संघीय मन्त्रालय नै अनविज्ञ रहेको बताएका हुन् ।

- Advertisement -Poco C3

उनले ती औद्योगिक क्षेत्रको अवस्था सुधार गर्ने काम संघीय मन्त्रालयको प्राथमिकतामा समेत नपरेको बताए । उनले ती औद्योगिक क्षेत्रको संरक्षण नहुँदा औद्योगिक क्षेत्रका जमिनहरू जङ्गलमा परिणत भएका छन् भने त्यसको अवस्था बुवा आमा नभएका टुहुरा सन्तानको जस्तो रहेको बताए ।

‘बागमती प्रदेशमा ४ वटा औद्योगिक क्षेत्रहरू पर्छन् । ती औद्योगिक क्षेत्रको अवस्था आमाबुवा गुमाएका सन्तानको हालत जे हुन्छ त्यस्तै छ । आज भन्दा ३० औँ वर्ष अघि जसले उद्योग खोल्छु भनेर जग्गा लिजमा लियो त्यो मान्छे अहिले कहाँ छ थाहा छैन तर उनीहरूकै नाममा त्यो जग्गाको स्वामित्व छ ।

बनमारा उम्रिसक्यो उद्योग बनाउने ठाउँमा बेहाल छ । त्यसको संरक्षण छैन । सिंहदरबारको मन्त्रालयलाई त्यो ज्ञान छैन ।’ उनले भने । विगतमा प्रदेश सरकारको विषयगत मन्त्रालय पर्यटन र वनसँगै रहेकाले उद्योगका क्षेत्रमा खासै काम गर्न नसकेको उनको भनाई छ । पर्यटन र वनका काम गर्न सजिलो हुने भएकाले उद्योगतर्फ कुनै मन्त्रीहरूको ध्यान नगएको उनले बताए ।

ती नै उद्योगहरूको विषयमा काम गर्न मन्त्रालय विभाजन गरेर सम्बन्धित मन्त्रीहरूलाई जिम्मेवारी दिएको र यसबाट सम्बन्धित क्षेत्रहरूमा देखिने गरी प्रगति हुने उनले बताए ।

‘खर्च बढ्छ भन्ने चिन्ता गरेर मन्त्रालय विभाजनको निर्णयको विरोध भइरहेको छ । मैले पनि देखेको छु । सरकारको खर्च बढ्नु पर्छ । सरकारको ढुकुटी सञ्चित गरेर राख्नु हुँदैन । खर्च गरे तरलता अभाव कम हुन्छ ।

खर्च गरेर काम गरेर नतिजा लिने हो । अहिले बैंकमा गयो भने योजना राम्रो छ तर ऋण दिन सक्दिन भन्ने जवाफ आउँछ । त्यो खर्च नगरेर भएको हो । आम्दानी बढाउने गरी सरकारले खर्च गर्नुपर्छ हामी त्यसैमा लागेका छौँ,’ मुख्यमन्त्री पाण्डेले भने ।

उनले उद्योगीहरूको समस्याको समाधानका लागि प्रदेश सरकार तयार रहेको बताए । प्रदेश सरकारको क्षेत्र भन्दा बाहिरको समस्याहरू मन्त्रिपरिषद्बाट निर्णय गरेर संघीय सरकार समक्ष पठाउने उनले बताए ।

विगतमा विद्युत् ऊर्जाको कमी हुँदा विभिन्न ठुला उद्योगहरू नेपालमा स्थापना गर्न नसकिएको र हाल करिब ६ सय मेगावाट विद्युत् खेर गइरहेकाले उद्योगहरूले पनि विद्युत् खपत बढाउनतर्फ अग्रसर हुनु पर्ने उनको भनाई छ ।

विद्युत् प्राधिकरणलाई धराशायी हुनबाट जोगाउन पनि हामीले विद्युत् खपतलाई बढाउनु पर्ने हुन्छ त्यसैले अन्य ऊर्जाको प्रयोग कम गरेर विद्युतीय ऊर्जाको प्रयोग बढाउनु पर्ने आवश्यकता देखिएको उनले बताए ।

कृषि क्षेत्रलाई पनि उद्योगसँग जोड्दै लैजाने योजना अनुसार प्रदेश सरकारले हेटौँडा औद्योगिक क्षेत्र भित्रै एउटा प्रदेशस्तरको कृषि औजार तथा उपकरण उत्पादन कम्पनीको पनि स्थापना गर्ने तयारी गरेको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App