बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

प्रचण्ड र माधवको सपना भयो साकार

गठबन्धनलाई निरन्तरता नदिने हो भने प्रतिगमनलाई रोक्ने सामर्थ्य कसैसँग हुँदैन

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। एक नेताले गण्डकी प्रदेशमा रहेका पाँचदलीय गठबन्धनका स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनसम्मै गठबन्धन कायम रहने बताएका छन् । माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा गठबन्धनका प्रदेश समितिले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा केन्द्रीय नेताले समेत गठबन्धन कायम रहनुपर्ने बताए ।

कांग्रेसका प्रदेश सभापति शुक्रराज शर्माले संवैधानिक संकट यथावतै रहेकाले संविधान संरक्षणका लागि पाँच दल एक ठाउँमा उभिएको बताए । ‘गठबन्धनलाई निरन्तरता नदिने हो भने प्रतिगमनलाई रोक्ने सामर्थ्य कसैसँग हुँदैन,’ उनले भने, ‘अहिले नै गठबन्धन टुट्नुपर्छ भन्ने परिस्थिति पनि छैन, आवश्यकता पनि होइन ।’

- Advertisement -Poco C3

कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रिय सभाको निर्वाचनसम्म मात्रै गठबन्धन कायम रहने भन्दै दिएको अभिव्यक्ति पार्टीको आधिकारिक धारणा नभएको उनको भनाइ छ ।

माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले प्रतिगमनको विरुद्ध संविधान कार्यान्वयनको पक्षमा एकजुट हुन गठबन्धन बनेको बताए । गणतन्त्रको रक्षा र संविधानको कार्यान्वयनमार्फत विकास र समृद्धिको बाटो स्पष्ट बनाउन पनि आगामी चुनावसम्म गठबन्धन रहने उनको दाबी छ ।

‘संसद् विघटनको कदम प्रतिगामी थियो भनेर पुष्टि भइसकेको छ,’ उनले भने, ‘एमाले अध्यक्ष ओलीले प्रतिगमन होइन भनेर जिकिर गरिरहने हो भने उनको अस्तित्व मेटिँदै जान्छ ।’ उनले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारले सहजै जित हासिल गर्ने बताए ।

नेकपा एकीकृत समाजवादी का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठले दलहरूबीचकै सहमतिले संविधान बन्न सम्भव भएको अवस्थामा असंवैधानिक बाटो समात्नेविरुद्ध गठबन्धन चुनावसम्मै जाने बताए ।

उक्त पार्टीका अर्का पोलिटब्युरो सदस्य श्रीनाथ बरालले स्वाधिन राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवाद उन्मुख अर्थ व्यवस्थामार्फत विकास र समृद्धिका लागि पनि गठबन्धन टुट्न नहुने विचार व्यक्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App