बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

अझै पाएनन् पुरस्कार राष्ट्रिय फुटसल लिगको विजेताले

अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल विभागले पोखरामा असोज पहिलो हप्ता राष्ट्रियस्तरको लिग आयोजना गर्‍यो ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल विभागले पोखरामा असोज पहिलो हप्ता राष्ट्रियस्तरको लिग आयोजना गर्‍यो । पहिलोपटक आयोजना गरिएको लिगमा देशभरिका विभिन्न १० टिम सहभागी थिए ।

राउन्ड रोबिन आधारमा खेलाइएको लिगमा उत्कृष्ट प्रदर्शन गर्दै पोखराकै स्पोर्टस् क्यासलले उपाधि बाजी मार्‍यो । प्रतियोगितामा काठमाडौंको शंखमुल फुटसल उपविजेता बनेको थियो । तर, असोज २ देखि २२ गतेसम्म पोखरा रंगशालाको कभर्डहलमा भएको उक्त प्रतियोगिताका विजेताले भने अहिलेसम्म पुरस्कार नपाएको गुनासो गरेका छन् ।

- Advertisement -Poco C3

खेल भएको करिब ३ महिना बित्न लाग्दासमेत प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउन सकेका छैनन् । त्यसबाहेक पनि एन्फाले सहभागी टिमलाई प्रतियोगिता तयारीका लागि दिने भनेको एक लाख रुपैयाँसमेत उधारै रहेको सहभागी टिमले गुनासो गरेका छन् ।

विजेता, उपविजेताले मात्रै नभई प्रतियोगितामा खटिएका कुनै पनि आधिकारिक टोलीले समेत ४ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाएका छैनन् । प्रतियोगितामा ४ जना मुख्य रेफ्रीसहित १-१ जना सहायक रेफ्री, म्याच कमिस्नर र जनरल कोर्डिनेटर गरी ७ जना अफिसियल टोली खटिएका थिए ।

आफूहरुले पाउनुपर्ने पुरस्कारवापतको रकम नपाएपछि विजेता टिम स्पोर्टस् क्यासल पत्रकार सम्मेलन गरेरै अघि बढ्ने योजनामा थियो । तर, एन्फाले भने विभिन्न बहाना गर्दै टारिरहेको क्यासलका एक पदाधिकारीले सुनाए ।

‘एन्फाले दिन्छौं दिन्छौं भनेर भनिरहेको छ । डमी चेकको भरमा पुरस्कार रकम पर्खिराखेका छौं । एन्फाले दिने भनेको अरु खर्चसमेत पाएका छैनौं,’ ती पदाधिकारीले भने ।

क्यासलका सञ्चालक ईश्वर गुरुङले पुस महिनासम्म कुर्न एन्फाले समय दिएको जानकारी दिएका छन् । उनले समयमै पुरस्कार राशी नपाए पत्रकार सम्मेलन गरेरै अघि जाने तयारी गरेकोमा एन्फाले पुस मसान्तसम्म पर्खिन भनेको सुनाए ।

‘नदिए पत्रकार सम्मेलन गरेरै अघि बढ्छौं भनेपछि यो महिनासम्म हेर्छौं भनेको छ,’ उनले भने, ‘हेरौं के हुन्छ ?’

रिपोर्ट तयार पार्न ढिलो भो : एन्फा

विजेता टिमसहित प्रतियोगितामा खटिएका अन्य आधिकारिकलाई पुरस्कार राशी र पारिश्रमिक दिन अहिले पनि एन्फाले विभिन्न बहाना गर्दै आइरहेको छ । प्रतियोगिताको रिपोर्ट बुझाउन ढिलो हुँदा पुरस्कारसहित पारिश्रमिक रकम वितरण गर्न पनि ढिलाइ भएको एन्फाको प्रष्टिकरण छ ।

एन्फा फुटसल विभाग प्रमुख विनोद गुरुङ चाँडै तोकिएको रकम र अन्य खर्च वितरण गर्ने तयारी रहेको जानकारी दिए । उनले प्रतियोगिताको रिपोर्ट बुझाउन ढिलो भएकोसमेत सुनाए ।

‘पहिले रिपोर्ट बुझाउनै ढिलो भयो । पछि नेसनल टिमको क्लोज क्याम्प तयारी गर्नुपर्‍यो,’ गुरुङले अनलाइनखबरसँग भने, ‘यति नै दिनमा भन्न सक्दैनौं । तर, अब उहाँहरुले चाँडै पाउनुहुन्छ ।’

गुरुङ आफू सोही प्रक्रिया पूरा गर्नकै लागि काठमाडौं पुगेको बताएका छन् । ‘छिटै काम सक्ने भनेको बीचमा एन्फाको कार्यसमितिको २ दिन बैठक बसेर ढिलो भयो । अब ढिलो हुँदैन,’ उनले भने, ‘अब उहाँहरुलाई पैसा दिलाएरमात्रै फर्किन्छु ।’

यसअघि एन्फा कास्कीले आयोजना गरेको मनकामना केबुलकार पोखरा कपको समेत पुरस्कार राशी लामो समयसम्म विजेता टिमले पाएका थिएनन् । लामो समयसम्म पुरस्कार राशी, बन्दोबस्त खर्च लगायत रकम नतिरेपछि एन्फा कास्की विवादमा आएको थियो ।

एन्फा फुटसल विभाग अहिले अप्रिल एकदेखि १५ गतेसम्म कीर्गिस्तानमा हुने एसिएन कपका लागि बन्द प्रशिक्षणमा छ । बन्द प्रशिक्षणमा पहिलो चरणमा देशभरिका ३२ खेलाडी सहभागी छन् ।

नेपाली राष्ट्रिय फुटसल टिमको उक्त बन्द प्रशिक्षणमा पोखराका ७ जना खेलाडीसमेत सहभागी छन् । प्रारम्भिक टिममा पोखराबाट विश्वास पौडेल, पिभोटखिम गुरुङ, किशोर गुरुङ र अविनाश तामाङ, सुमित श्रेष्ठ, रोशन छन्त्याल र मनोज गुरुङ छनोट भएको एन्फा फुटसल विभागले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।

धुर्मुस-सुन्तली फाउण्डेशन भन्छः रकमको दुरुपयोग सोँच्न पनि सक्दैनौँ

फाउण्डेशनले सोमबार फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कुराको गुन्जायस नरहेको प्रष्ट पारेको हो ।

आयोजक क्यामरुन समूह विजेता: अफ्रिका कप अफ नेशन्स

आयोजक क्यामरुन समूह ए को शीर्ष स्थानमा रहँदै अफ्रिका कप अफ नेशन्सको अन्तिम १६ मा प्रवेश गरेको छ ।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App