आइतवार, माघ ९, २०७८
आइतवार, माघ ९, २०७८
Poco C3

सबैभन्दा ठूलो दल एमाले चुनावमा यसरी हुदैँछन् ‘क्लिन स्वीप’: देशभरका एमालेहरुको मुटुको ढुकढुकी बढाउने खबर

देशभरका एमालेहरुका लागि मुटुको ढुकढुकी बढाउने खबर छ । सबैभन्दा ठूलो दल एमाले ‘क्लिन स्वीप’ हुने स्थितीमा आइपुगेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। देशभरका एमालेहरुका लागि मुटुको ढुकढुकी बढाउने खबर छ । सबैभन्दा ठूलो दल एमाले ‘क्लिन स्वीप’ हुने स्थितीमा आइपुगेको छ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा ३ सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवार प्रतिस्पर्धामा छन् । तर मतभारको आधारमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित देखिन्छ ।निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चाबाट साझा उम्मेदवार प्रतिस्पर्धामा छन् ।

- Advertisement -Poco C3

एमालेले छुटै उम्मेदवारी दर्ता गराएको छ । तर, गठबन्धन इतरका सबै दल मिल्दा पनि एमाले पराजित हुने देखिन्छ । गण्डकी प्रदेशमा महिला, दलित र अन्य समूह गरी ३ सिटका लागि ६ जना प्रतिस्पर्धामा छन् ।

तीनवटै समूहबाट एक–एक जना निर्वाचित हुनेछन् । तीनवटै समूहमा दुई–दुई जनाको उम्मेदवारी परेको छ । महिलातर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट कांग्रेसका कमला पन्त र पमुख प्रतिपक्षी एमालेका लीला पोखरेल थनेतले उम्मेदवारी दर्ता गराएका छन् ।

दलिततर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका भुवनबहादुर सुनार र एमालेका अर्जुनकुमार सुनामले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै अन्य समूहतर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका सुरेश आले मगर र एमालेका पुण्यप्रसाद पौड्यालले उम्मेदवारी दर्ता गराएका छन् ।

गण्डकी प्रदेशमा ५९ जना प्रदेशसभा सदस्य छन् । यस्तै स्थानीय तहका प्रमुख, उपप्रमुख १ सय ७० जना हुन् । यिनीहरुले नै राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई मतदान गर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थायीतहका प्रमुख, उपप्रमुखको मतभार १८ हो । गण्डकी प्रदेशमा जम्मा मतभार ५८ सय ९२ रहेको छ । प्रदेशसभाका सदस्यहरुको २८ सय ३२ र स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको मतभार ३ हजार ६० रहेको छ ।

सत्तारुढ गठबन्धनमा रहेको कांग्रेसको गण्डकी प्रदेशमा सांसद संख्या १५ र स्थायी तहको प्रमुख, उपप्रमुखको संख्या ८३ हो । जसको मतभार २२ सय १४ हुन्छ ।

माओवादी केन्द्रको सांसद संख्या १२ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या १२ रहेको छ । जसको मतभार ७ सय ९२ हुन्छ । जसपाको सांसद संख्या २ मात्रै रहेको छ । गण्डकी प्रदेशमा जसपाका स्थानीय तहको प्रमुख र उपप्रमुख छैनन् । दुई प्रदेशसभा सदस्यको मतभार ९६ हो ।

सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशमा सांसद संख्या २ र प्रमुख, उपप्रमुखको संख्या ३ रहेको छ । जनमोर्चाको मतभार १ सय ५० हुन्छ ।

गण्डकीमा एकीकृत समाजवादीको प्रदेशमा सांसद र प्रमुख, उपप्रमुखको संख्या शून्य रहेको छ । प्रमुख प्रतिपक्षी दल एमालेको गण्डकी प्रदेशमा सांसदको संख्या २७ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ७० रहेको छ । यसआधारमा एमालेको मतभार २५ सय ५६ हुन्छ ।

यस्तै राप्रपाको सांसद संख्या शून्य रहेको गण्डकी प्रदेशमा प्रमुख र उपप्रमुखको संख्या २ रहेको छ । राप्रपाको मतभार ३७ हुन्छ । गण्डकीमा एक स्वतन्त्र सांसद छन् । जसको मतभार ४८ हुन्छ ।

गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनको मतभार ३२ सय ४९ हुन्छ । सत्तारुढ दलबाहेकका दलहरुले समेत गठबन्धन गर्दा उनीहरुको मतभार २६ सय ४३ मात्रै हुन्छ । गण्डकी प्रदेशमा अरु दलभन्दा बलियो रहेको एमालेले सत्तारुढ गठबन्धनसँग एक्लै प्रतिपस्पर्धा गर्न सक्ने अवस्था छैन् ।

राप्रपा र स्वतन्त्र सांसद समेतले एमालेलाई समर्थन गर्दा पनि सत्तारुढ गठबन्धनका उम्मेदवारहरु सहजै विजयी हासिल गर्न सक्छन् । अरु प्रदेश जस्तै गण्डकी प्रदेशमा समेत सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी हुने निश्चित रहेको मतभारले देखाउँछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएर उम्मेदवार मत माग्नमा व्यस्त छन् । निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा विभिन्न समूह तर्फको १९ पदका लागि आयोगको कार्यालयमा ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल एमालेलाई चुनौती थपिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

उनलाई संक्रमण भएपछि एमाले समसामयिक विषयहरूमा प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने भएको छ । ओली बालकोटस्थित निवासमै आइसोलेसनमा रहेको उनी निकटस्थहरूले जानकारी दिएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

ट्रेन्डिङ समाचार

सत्तारूढ गठबन्धनले तालमेल गर्ने प्रत्यक्षतर्फको सीटको लाग्यो टुंगो, एमालेलाई बेहिसाब हराउन यसरी गर्दैछन् गृहकार्य प्रचण्ड–नेपालले !

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने १ सय ६५ सीटमै तालमेल गर्ने प्रयासमा छन् ।

प्रचण्ड: एमसीसी पास गर्न कुन माइकललालको ताकत रैछ हेर्छु

उनले एमसीसीका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सामान्य कुराकानी भएपनि यसको परिमार्जन, संशोधन र ब्याख्या गर्ने विषयमा ठोस कुराकानी नभएको बताए ।

मन्त्री रामकुमारी झाक्रीको यस्तो का’ण्ड बाहिरिय पछि सबै चकित

अझ भन्दा, मन्त्रीको सबै कार्यक्रम उनैले तय गर्छन्, आफूलाई राज्यमन्त्री सरह सोचेर व्यवहार गर्ने गरेको मन्त्रालयका कर्मचारी बताउँछन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

अमेरिकाको रिस नेपालमाथि पोख्दै चीनः नेपालमा एमसीसी कुनै हालतमा पास हुन नदिन लाग्यो हात धोएरै, नेपाल र नेपालीमाथि यतिठूलो घात गर्न थाल्यो !

अमेरिकाले एमसीसी अगाडि बढाउन खोज्दैछ । एमसीसी सम्झौता भएको ५ वर्ष पुग्न लाग्दा पनि संसदबाट पारित नभएकाले कार्यान्वयन हुन सकेको छैन । एमसीसी रोक्न चीन लागेको देखिदैछ ।

किसान श्रेष्ठले अपहरण काण्डको खुलासा गर्दिन्छु भने पछी महेश बस्नेत तनाबमा

श्रेष्ठ, महेश बस्नेत र पूर्वआईजीपी सर्वेन्द्र खनाल मिलेर तत्कालीन संघीय समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरेर काठमाडौं ल्याएर होटलमा राखिएको थियो ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App