मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

‘म बाँचेको छु त केवल जनताका लागि छु’: एम-१६ का गोली लागेको क्षण सम्झँदै सभामुख

सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जनताको साथ र सहयोग कारण आफ्नो अडानमा कायम रहेको बताउनुभएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जनताको साथ र सहयोग कारण आफ्नो अडानमा कायम रहेको बताउनुभएको छ ।

गृह जिल्ला सिन्धुपाल्चोकको दुईदिने बसाइँका क्रममा आइतबार लिसङखुपाखर गाउँपालिका–ं३ स्थित घिच्चेत उसिदुम माध्यमिक विद्यालयको ५३औँ जन्मोत्सव तथा भूतपूर्व विद्यार्थी मिलन कार्यक्रममा सभामुख सापकोटाले जनताको साथ र सहयोगमा आफैँले कल्पना नगरेको अडान लिइरहेको बताउनुभयो ।

- Advertisement -Poco C3

शनिबार बेलुका जिल्लाको ठूलो पाखरमा स्थानीयवासीको घरमा बसेर कार्यक्रमस्थल पुग्नुभएका सभामुख सापकोटाले भन्नुभयो, “यो देशमा सबै असल हुँ भन्ठान्छन्, सबैले राम्रो काम गर्छु भन्ठान्छनु, राम्रो काम गर्छु भनेर इच्छा गरेर मात्रै हुँदैन, त्यसका लागि असाधारण खालको दृढता चाहिन्छ, फासीमा लड्किन तयार पनि हुन सक्नुपर्छ र सबै कुरा त्याग्नुपर्छ ।उहाँले भन्नुभयो, “मलाई नेपाली जनताको साथ प्राप्त छ, म नेपाली जनताप्रति ऋणी छु, नेपाली जनताप्रति म श्रद्धाले शिर झुकाउँछु ।”

उहाँले भन्नुभयो, “म तपाईहरूका अगाडि उभिएर प्रतिज्ञा गर्छु कि जिन्दगीको अन्तिम घडीसम्म म जहाँ रहन्छु, जुन पदमा रहुँ वा नरहुँ, नेपाली जनताका लागि लडिरहने छु, देशभक्ति र सदाचारमा कहिल्यै सम्झौता गर्ने छैन, सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने अग्नि सापकोटाले यस्तो ग-यो भनेर शिर निहुर्याउनुपर्ने छैन।”

सभामुख सापकोटाले विसं २०६२ चैत १४ गते जिल्लाकै ठोकर्पामा हात, पेट र तिघ्रामा एकैचोटी एम १६ का तीन गोली लागेर पनि आफू बाँचेको स्मरण गर्दै उहाँले भन्नुभयो, “म बाँचेको छु किन भने जनताका लागि बाँचेको छु, देशका लागि बाँचेको छु ।” आवश्यक पर्दा सबैसँग कठोर भन्दा कठोर सङ्घर्ष गर्दै आएको बताउँदै उहाँले आफ्नो मूल्य, मान्यता, आदर्श, देशभक्ति र सदाचारमा कुनै सम्झौता नगर्ने दोहो-याउनुभयो । भारतका देशभक्त सहिद भगतसिंहकोे स्मरण गर्दै उहाँले आफू जिन्दगीको अन्तिम घडीसम्म उभिइरहन चाहेको बताउनुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, “हेरौँ म आफूलाई कति तयार पार्न सक्छु ।” आफू विसं २०७६ माघ १३ गते सभामुख भएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा बढी ध्यान दिनु परेकाले जनतासँगको भेट पातलो भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “आज जे छु तपाईहरूले गर्दा छु । मुख्य त म तपाईहरूले भोट दिएर सभामुख भएको हो ।तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख बनाउने निर्णय गरेको थियो, तर मलाई सभामुख बनाउने कुराको सुरुआत सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ का मतदाताले गर्नु भएको हो । त्यहीँ भएर मैले यो राष्ट्रको सेवा गर्न पाएँ । सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

अरु देशमा एउटा सांसद सभामुख भएपछि सो स्थानमा अर्को प्रतिनिधि तोकिने व्यवस्था रहेको बताउँदै उहाँले नेपालमा त्यो व्यवस्था नभएका कारण जनतासँगको भेट पातलो भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App