सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

पृथ्वीनारायण शाहको कसम खाएर कमल थापाले आजदेखि राजतन्त्रको एजेण्डासँगै राप्रपा छाड्दै, थापाको नयाँ पार्टीको रणनीति र मुख्य एजेण्डा यस्तो हुनेछ !

महाधिवेशनमा निर्वाचित उनी निकटका पदाधिकारी र सदस्यहरु भने अहिले लिङ्देनकै टिममा रहने छन् । लिङ्देनको टिममा कमल थापा पक्षकै वहुमत छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सामाजिक सञ्जालमार्फत विगत केही समयदेखि कमल थापाले राजतन्त्रविरुद्ध आगो ओकलिरहेका छन् । अब भने एक्सनमा उत्रिने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) औपचारिक रुपमै फुटको संघारमा पुगेको छ।

पार्टी अध्यक्षमा अप्रत्यासित हार ब्यहोरेपछि पूर्वअध्यक्ष कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति रुष्ट छन्। उनले आफनो हारका पछाडि पूर्वराजाको हात रहेको भन्दै अव राजसंस्था वाहेक हिन्दुराष्ट्रको एजेण्ड लिएर अघि वढ्ने औपचारिक रुपमा घोषणा पनि गरिसकेका छन् ।

- Advertisement -Poco C3

उनको यो घोषणाले राप्रपामा राजसंस्थालाई लिएर दुई धार देखिएको छ। आज पृथ्वी जयन्तीको अवसरमा यो धार औपचारिक रुपमै सतहमा आउने देखिएको छ। राप्रपाकाले भृकुटी मण्डपमा कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस मनाउने भएको छ भने कमल थापाको टिमले वानेश्वरमा कार्यक्रम गर्ने जनाईएको छ।

स्रोतका अनुसार थापाले वानेश्वरबाट नयाँ पार्टीको घोषणा गर्ने भएका छन् । पार्टीको नाम नै घोषणा नभएपनि राप्रपा फुटको औपचारिक विन्दु भने वानेश्वरलाई वनाउने थापाको तयारी छ। कमल थापासँग पुराना मण्डले, कुण्डलेलगायत सवै बानेश्वरमा देखिने छन्।

महाधिवेशनमा निर्वाचित उनी निकटका पदाधिकारी र सदस्यहरु भने अहिले लिङ्देनकै टिममा रहने छन् । लिङ्देनको टिममा कमल थापा पक्षकै वहुमत छ। उनीहरुले टिममै वसेर लिङ्देनलाई असहयोग गर्ने र अन्तिम अवस्थामा मात्रै थापा पक्षमा खुल्ने रणनीति वनेको स्रोत वताउँछ।

पार्टी अध्यक्षको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा समेत लागेर हराएको महसुस गरेपछि थापाले पार्टी खोलेर उनलाई ठिक लगाउने निस्कर्ष निकालेको बताईन्छ।

थापा निकट नेताहरुका अनुसार अव राजा र राजसंस्था छोडेर अगाडि वढ्ने गरी नयाँ पार्टी खोल्ने निस्कर्षमा थापा पुगेका छन् । अध्यक्षमा पराजित भएपछि उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको अभिब्यक्तिले पनि उनी अव राजसंस्था नवोक्ने मनस्थितीमा पुगेको स्पष्ट हुन्छ।

‘मैले राहत र उन्मुक्ति पाएको छु’ भन्दै उनले सामाजिक सञ्जालमा लेखेका थिए–‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ–कामना।’

थापाले ढलिसकेको राजतन्त्रात्मक व्यवस्था पुनः फर्काउँछु र नेपाललाई हिन्दु राष्ट्र नै कायम गराउँछु भन्दै पछिल्लो १५ वर्षदेखि संघर्ष गरेका पनि हुन । २०६२÷२०६३ को जनआन्दोलन–२ को बलमा ढलेको राजसंस्था र पन्छाइएको हिन्दु राज्य फर्काउने थापाको एकसूत्रीय लक्ष्य थियो ।

तर, उनको विरासत ढालेर र पार्टीमा आफूभन्दा कैंयन वरिष्ठहरूलाई पछि पार्दै राजतन्त्रको हिमायतीको रूपमा लिङ्देनले आफूलाई उदय गराएपछि थापाले अप्ठ्यारो महसुस गरेका छन् ।

यद्यपी कमल थापा स्वयमले पनि पूर्वराजालाई धोका दिन भने वाँकी राखेका छैनन्। खासमा कमल थापा र पूर्वराजाका विचमा सुरु भएको खटपटी नयाँ भने होईन, यो समस्या ०७२ सालदेखि नै सुरु भएको हो । संविधान जारी हुँदैदेखि उनिहरुका विचमा खटपट छ।

स्रोतका अनुसार त्यसबेला ज्ञानेन्द्रले संविधान जारी गर्ने प्रक्रियामा सहभागी नहुन थापालाई आग्रह गरेका थिए। तर, उनले ज्ञानेन्द्रको कुरामा वास्ता नगरी संविधानको अन्तिम मस्यौदामा हस्ताक्षर गरे। यति मात्र होईन, हिन्दु राष्ट्र र राजसंस्था वाहेक प्रजातान्त्रिक प्रक्रिया तथा समावेशीकरणका हिसाबले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको जिकिर गर्दै आए।

संविधानको पक्षमा थापा सक्रिय भएकोमा पूर्वराजा र उनको समूह असन्तुष्ट थियो। त्यसपछि पूर्वराजाले असहयोग गर्दै आएको थापा समूहको आरोप छ।

थापामाथि मुसा प्रवृत्ति अवलम्वन गरेको र पञ्चायतदेखि वहुदलसम्म पद लिन नछोडेको आरोप लाग्दै आएको छ। राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले २०५३ मै थापालाई मुसा प्रवृत्तिको आरोप लगाएका थिए ।

०५३ सालमा चन्द प्रधानमन्त्री बनेका थिए। त्यसको छ महिनापछि नै राप्रपामा बिग्रह आयो, जब कांग्रेसले सूर्यबहादुर थापाको नेतृत्वमा सरकार बनाएर राप्रपा–कांग्रेसबीच सत्ता गठबन्धनको प्रस्ताव राख्यो, चन्द सरकारमा मन्त्री रहेका राप्रपाका नेताहरू नै राप्रपा–एमाले गठबन्धन तोड्न र कांग्रेससँग मिलेर सरकार चलाउन आतुर देखिए।

त्यसमध्ये एक थिए – कमल थापा। थापाले आफूलाई छोड्न लागेपछि चन्दले भनेका थिए– ‘जहाज डुब्न लागेको थाहा पाएपछि सबैभन्दा पहिले मुसाहरू जहाज छोडेर भाग्छन्।’ उनले गरेको यो टिप्पणीले थापालाई लामो समयसम्म पछ्यायो। सत्तामा पुग्न थापाले फेरिरहने समीकरणलाई टिप्पणीकारहरू ‘मुसा प्रवृत्ति’ भनेर घोचपेच गरिरहन्छन्।

संविधान जारी भएपछिको अवस्थामा पनि थापा केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीका रुपमा सहभागी भए। त्यसपछि प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उनी सहभागी भए।

थापाले दोस्रो संविधान सभा निर्वाचनमा हिन्दूराष्ट्र र राजसंस्थाको मुद्धा बोकेका थिए। ‘एक भोट दाईलाई, एक भोट गाईलाई’ भन्दै भोट मागेका थापाले सोही गाईले जितेको २५ सिट जनमतको कदर भने गरेनन् । धर्म रक्षा गर्ने जिम्मा स्वरूप जनताले दिएको २५ सिटको दुरुपयोग भयो । उनले प्रति एक सिट १ करोड रुपैयाँमा लिलामी गरेको आरोप लाग्यो ।

संविधान सभाबाट संविधान अनुमोदन हुन नदिन मधेशवादी दलले बहिस्कार गर्दा राप्रपाका २५ जना सांसदले ले लुरूलुरू संविधानमा ल्याप्चे लगाए । यति मात्रै होईन, राष्ट्रसंघको जेनेभा कार्यालयमा विश्वकै उत्कृष्ट संविधानको भन्दै उनले गणतान्त्रीक संविधानको भजन गाए । २५ सिटको उन्मादपछि ‘राजा–राजाभन्दै हिँड्ने हामी भजन मण्डली हौँ र रु हामीले राजसंस्था भनेका हौँ पूर्व राजा भनेका हैनौँ’ भन्दै हिडे।

यतिमात्रै होईन, राप्रपा अध्यक्ष थापाले ०७२ सालको संविधान जारी गर्नुपुर्व धर्म निरपेक्ष संविधान वनाउने प्रकृयामा सहयोग गर्ने सर्तमा युरोपियन युनियनसँग ३२ करोड रुपैयाँ लिएको चर्चा छ। उनले आफना २५ जना सभाषदलाई देखाएर उक्त पैसा कुम्ल्याए । तर, त्यो पैसा कसैले देख्न पाएनन् ।

थापाले नेपाल र भारतका हिन्दुहरु तथा तत्कालिन भारतिय विदेश मन्त्री सुस्मा स्वराज समेतलाई धोका दिएको स्रोतको दावी छ। उनले संविधान वन्नु पूर्व हिन्दु र हिन्दुत्वको नाममा भारतिय धर्मगुरुहरुसँग ठुलो रकम संकलन गरे । तर, उनीहरुसँग गरेको सर्त पुरा गर्न नसकेपछि थापा ‘ढाँट नेता’ का रुपमा परिचित भए।

अर्कोतर्फ सुस्मा स्वराजसँग पनि रकम लिएर ‘हिन्दु राष्ट्रको पक्षमा लविङ्ग गर्ने’ वाचा गरे पनि त्यस अनुसार गतिविधि नगरेपछि भारतीय पक्षले पनि उनलाई साथ दिन छोडेको छ।

यी सवै प्रकरणपछि उनी राजा वाहेकको हिन्दु राष्ट्रको एजेण्डा लिएर अघि वढ्ने सोचमा पुगेको जानकारहरु वताउँछन् । यो निर्णयसँगै कमल थापा बिनयकुमार यादव नेतृत्वको राष्ट्रिय एकता अभियान नेपालले उठाउँदै आएको मुद्धामा पुगेका छन् । अभियानले ‘संघीय हिन्दु गणतन्त्र नेपाल’को एजेण्डा बोकेर अघि वढेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

भ्रष्टाचारमा फस्ने भएपछि योगेश भट्टराई तनावमा !

जसकारण तत्कालीन पर्यटनमन्त्री भट्टराई विवादमा तानिएका छन् । फेरि अर्को अनियमिततामा पनि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गर्न आदेश दिएको छ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App