बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

सीमाक्षेत्रमा घर फर्कनेको लर्को

जिल्लाभरि भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र वारिपारिका बस्तीपिच्छे गोरेटा बाटो भएर अहिले मुलुक भित्रिने क्रम बाक्लिएको हो ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ ।

यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या अधिक पाइएको छ । दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लोघर पल्लोघर गएआएजस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदैछन् यसको तथ्याङ्क राख्ने काम कठिन बनेको छ ।

- Advertisement -Poco C3

जिल्लाभरि भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र वारिपारिका बस्तीपिच्छे गोरेटा बाटो भएर अहिले मुलुक भित्रिने क्रम बाक्लिएको हो ।

जिल्लाका मटिहानी, भिठ्ठामोर र सम्सीमात्र दुवैतर्फ बस यातायात सञ्चालन भएका सीमानाका हुन् । यी नाकाको मूलबाटो भएर आउनेको लगत राख्न सजिलो हुने भए पनि सीमा पस्न पाइन्न कि भन्ने सन्देहले अहिले गल्ली र गोरेटो प्रयोग गर्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्रका नेपाली बताउँछन् ।

“ऊ त्यो हेर्नोस् भारतको सीतामढी जिल्लामा पर्ने गोरहारी गाउँ हो, माझमा दशगजा छ, पारि उनीहरू (भारतीय) छन्, वारि हामी (नेपाली) छौँ”, ठ्याक्कै सीमासँग जोडिएको मनराशिवा नगरपालिकाको इटहर्वाकट्टी बस्तीका ललनकुमार सिन्हा भन्नुहुन्छ, “सराबरी आउने जाने क्रम छ, यस क्रममा मिसिएर कस्ताकस्ता मान्छे आउँछन् हाम्रो प्रशासनले लेखा राख्न सकेजस्तो लाग्दैन ।”

सीमा क्षेत्रका गुजुमुज्ज बस्तीपिच्छे दुवैतर्फका आउजाउका कच्ची सडक र गोरेटो बाटो जताततै छन् । सीमासम्म सार्वजनिक यातायातमै आउने यात्रु नेपालतर्फ प्रवेशको मुख्यद्वारमा सुरक्षाकर्मीले रोक्ने डरले चोरबाटो भएर पस्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्र नेपालको बस्ती हलखोरीका पवीन्द्र राय बताउनुहुन्छ ।

मटिहानी, भिठ्ठामोर र सम्सीनाका दुवैतर्फ बस यातायात सञ्चालन रहेका ठाउँ भए पनि नेपालतर्फ प्रवेश गर्नेलाई व्यवस्थित जाँचको प्रबन्ध नहुँदा जिल्लाका गाउँ–नगर बस्तीमा कोरोना सङ्क्रमण सन्त्रास बढेको छ ।

“परार (२०७६ को अन्त्यतिर) पनि भारतबाट यता पस्ने हुरुरु बढेपछि सङ्क्रमण ह्वात्तै बढेको थियो”, सम्सीका सामाजिक कार्यकर्ता मोहम्मद इम्तियाज सम्झनुहुन्छ, “सङ्कटका बेला आफ्नो घर फर्कनेलाई रोक्ने कुरा त होइन, तर व्यवस्थित जाँचको चाँजो त मिलाउनै पर्ने हो ।”

जिल्लाभित्र नेपाल प्रवेशका नाकामा व्यवस्थित स्वास्थ्य डेस्क सञ्चालन नगरिँदा अब सङ्क्रमणको डरलाग्दो अवस्था बन्नसक्ने इम्तियाजको चिन्ता छ । अहिले भिठ्ठामोर नाकाबाहेक नेपाल प्रवेश गर्नेको स्वास्थ्य जाँचको प्रबन्ध अन्य कुनै ठाउँमा छैन ।

भारतमा सङ्क्रमणदर बढ्दै गएपछि सीमा क्षेत्रमा नेपाल प्रवेश गर्ने बढ्दै जानु र यहाँका नाकामा भिठ्ठामोरबाहेक अन्त कतै स्वास्थ्य हेल्पडेस्क सञ्चालन हुन नसकेको अवस्थाले सङ्क्रमण बढ्न सक्ने अहिले सन्त्रास बढेको हो ।

नेपाल प्रवेश गर्नेलाई लक्ष्य गरी भिठ्ठामोरमा स्वास्थ्य हेल्पडेस्क सञ्चालनमा रहेको र सघन आवतजावतको नाका भएको हुँदा स्वास्थ्य र सुरक्षा जनशक्ति बढाइँदै लगिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल बताउनुहुन्छ ।

“खुला सीमा भएको हुँदा जताततैबाट दोहोरो आवतजावत हुने रहेछ, यसलाई व्यवस्थित गर्न स्थानीय समुदाय र स्थानीय तहले अग्रसरता लिनुपर्छ”, प्रजिअ दाहाल भन्नुहुन्छ, “हामीले सीमा क्षेत्रका सबै स्थानीय तहलाई यसका लागि आग्रह गरेका छौँं ।” भिठ्ठामोरचाहिँ टाढाबाट आउने सार्वजनिक साधनको मुख्य गन्तव्य भएको हुँदा यसलाई व्यवस्थित गरिएको प्रजिअ दाहालको भनाइ छ ।

नेपाल–भारत सीमा क्षेत्रका दुवैतिर साप्ताहिक हटिया (बजार) लाग्ने र यस्ता हटियामा दुवैतर्फ दैनिक घरायसी प्रयोजनका वस्तु किन्न दोहोरो आवतजावत हुने पुरानो कुरा हो । जिल्लामा मात्रै सीमासँग जोडिएका छवटा स्थानीय तहका ६० को हाराहारीका बस्ती छन् ।

भारततर्फ पनि त्यत्तिकै सङ्ख्याका बस्ती भएपछि खुला सीमामा सबै ठाउँ दोहोरो आवागमनको अनुगमन हुन व्यावहारिकरूपमै अप्ठ्यारो रहेको छ । यद्यपि सघन आवतजावतका मटिहानी, भिठ्ठामोर वरिपरि र सम्सीका सीमासँग जोडिएका बाटामा सुरक्षा र स्वास्थ्य जनशक्ति विन्यास गर्नैपर्ने आवश्यकता देखिँदो छ ।

यी ठाउँमा स्वास्थ्य हेल्पडेस्क स्थापना र सञ्चालन गर्न स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षा संयन्त्रबीच समन्वय गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

धुर्मुस-सुन्तली फाउण्डेशन भन्छः रकमको दुरुपयोग सोँच्न पनि सक्दैनौँ

फाउण्डेशनले सोमबार फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कुराको गुन्जायस नरहेको प्रष्ट पारेको हो ।

एसईई खारेज गर्ने निर्देशन गलत

मन्त्रालयले परीक्षासम्बन्धी राय पेस गर्न बोर्डलाई पत्र पठाएपछि केही दिनअघि बसेको बोर्ड पदाधिकारीको बैठकले शिक्षा ऐनमा उल्लेख भएको विषयलाई हचुवाको भरमा खारेज गर भन्नु गलत भएको निष्कर्षसहित पत्र पठाएको हो ।

उदयपुरमा फाराम भरेको भोलिपल्ट सवारी लाइसेन्सको पालो

उदयपुरस्थित यातायात व्यवस्था सेवा कार्यालय गाईघाटमा साना चारपाङ्ग्रे सवारी साधन र स्कुटरको सवारी अनुमतिपत्र, अनलाईन फारम भरेको भोली पल्ट नै परीक्षा हुने गरेको कार्यालय प्रमुख सुवास कार्कीले बताए ।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App