सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

नारायणहिटी प्रकरणमा आयो नयाँ ट्वीस्ट, आलेतिर सबैको नजर फेरि मोडियो !

नारायणहिटी परिसरको क्यान्टिन भाडामा लगाउँदा विवादमा तानिएका दाहालले मंगलबार पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा बुझाएका हुन्।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नारायणहिटीमा बतास समूह छिर्न खोजेको प्रकरणमा नयाँ ट्वीटस्ट आएको छ । दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका हुन्।

नारायणहिटी परिसरको क्यान्टिन भाडामा लगाउँदा विवादमा तानिएका दाहालले मंगलबार पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा बुझाएका हुन्।

- Advertisement -Poco C3

तर, दाहालले राजीनामा बुझाएको औपचारिक जानकारी न्यौपानेले दिएका छैनन्। मन्त्री प्रेम आलेले भने दाहालले राजीनामा दिएको पुष्टि गरे। ‘उहाँले राजीनामा दिनुभएको छ, राजीनामामा मलाई पनि बोदार्थ दिइएको रहेछ,’ मन्त्री आलेले भने।

‘संग्रहालयको बोर्डले २०७६ फागुन १९ गते तत्कालीन संस्कृति सचिव तथा समितिका अध्यक्ष केदारबहादुर अधिकारीको अध्यक्षतामा बसेको समितिको निर्णयनुसार संग्रहालयमा रहेको क्याफ्टेरिया भाडामा दिन प्राविधिक र आर्थिक प्रस्ताव माग गरी टेण्डर प्रक्रियाबाट बोलपत्र आह्वान गरी दररेट निर्धारण समेत गरी तीन वर्षको अवधिको लागि भाडामा दिइएको हो,’ राजीनामा पत्रमा उनले भनेका छन्।

त्यस्तै, क्याफ्टेरिया वरिपरिको क्षेत्रहरूमा वातावरण सुधार गरी सौन्दर्यीकरण गरी हावाहुरीबाट बचाउन आवश्यक परेमा अस्थायी संरचना निर्माण गर्न सक्ने पनि शर्तमा उल्लेख भएको उनले भनेका छन्।

तर बतासले संग्रहालयसँग कुनै समन्वय नगरी वातावरणीय सुधारका लागि तोकिएको क्षेत्रमा आफूखुसी अस्थायी संरचना निर्माण गरेको आरोप लगाए। त्यस्तै, मौखिक रूपमा संग्रहालयको स्वीकृतिबिना किन निर्माण गरिएको भन्ने प्रश्न सोध्दा समेत अटेर गरिएको उनले पत्रमा उल्लेख गरेका छन्।

दाहाल नारायणहिटी दरबार संग्रहालय विकास समितिमा २०७६ साल पुसमा नियुक्त भएका थिए। तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले पुरातत्व विभागबाट रिटायर्ड भएका सहसचिव दाहाललाई कार्यकारी निर्देशक नियुक्त गरेका थिए।

दाहाल नारायणहिटी प्रवेशपछि बतास समूहलाई क्यान्टिन भाडामा लगाइएको थियो। तर, बतासले क्यान्टिनसँगै राजाहरूले प्रयोग गर्ने बंकर र वरिपरिको १४ रोपनी जग्गामा भौतिक संरचना बनाएपछि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।

छानबिन समितिले सोमबार प्रतिवेदन दिँदै दाहालको कमजोरी औंल्याएको थियो। त्यसको भोलिपल्ट दाहालले राजीनामा दिएका हुन्। पर्यटनमन्त्री आलेले यो प्रकरण ‘कास्टिङ’ मात्रै रहेको बताउँदै पूरा फिल्म आउन बाँकी रहेको बताए। दाहालको राजीनामा पछि अब केके हुने हो भनेर सबैको नजर पर्यटनमन्त्री आलेतिर मोडिएको छ ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक दाहालले दिएको राजीनामा स्वीकृत भएको छ ।

उनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको र उनको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिएका छन् । उनले भने,“कार्यकारी निर्देशक दाहालले राजीनामा दिएको थियो, उनको राजीनामा स्वीकृत भएको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

भ्रष्टाचारमा फस्ने भएपछि योगेश भट्टराई तनावमा !

जसकारण तत्कालीन पर्यटनमन्त्री भट्टराई विवादमा तानिएका छन् । फेरि अर्को अनियमिततामा पनि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गर्न आदेश दिएको छ ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App