सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

६५ बुँदामा के लेखेर पठायो सरकारी वकिल कार्यालयले प्रहरीलाई?

बालुवाटारस्थित ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार प्रहरीमै फर्काएको छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बालुवाटारस्थित ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार प्रहरीमै फर्काएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केही दिनअघि बुझाएको अनुसन्धान प्रतिवेदन अपुरो भएको भन्दै जिल्ला सरकारी वकिल कार्यलयले प्रहरीमै फिर्ता गरेको हो।

सरकारी वकिलले अनुसन्धानका थुप्रै बुँदामा थप प्रमाण खोज्नुपर्ने भएकाले प्रतिवेदन प्रहरीमा फर्काएको हो। केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले सरकारी वकिल कार्यालयले ६५ वटा बुँदामा लेखेर पठाएको बताए।

- Advertisement -Poco C3

ती बुँदामा जुटाइएका कागजातहरूको फरेन्सिक परीक्षण, तत्कालीन अवस्थामा कायम भएका मोहीहरूको ठेगाना खोज्न भनेको सिंहले बताए। ‘२०१२/२०१४ सालदेखिका मोही, त्यसपछिका गुठियार अहिले कहाँ छन्, उनीहरूलाई पत्ता लगाउन भनिएको छ,’ सिंहले सेतोपाटीसँग भने, ‘हामी अब पुराना कुराहरू खोजेर अनुसन्धान प्रतिवेदन पुन: बुझाउँछौं।’
धेरै वर्षअघिका मोही तथा गुठियारहरू पत्ता लगाउन भने कठिन रहे पनि सकेसम्म प्रमाण संकलन गरिने उनले बताए।

‘प्रमाण जुटाउने काम हाम्रो हो, सकेसम्म हामी अनुसन्धानमा खोजिएका प्रमाण खोज्छौं,’ सिंहले भने। जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदनमा केही प्रमाण समेट्नुपर्ने आवश्यकता देखिएकाले पुन: अनुसन्धान गर्न ब्युरोमा फाइल पठाइएको बताए।

‘मुद्दा नचलाउने प्रपञ्च हो कि भनी भ्रामक हल्ला चलेका छन्, त्यस्तो हुँदै होइन, प्रहरीले अनुसन्धान गरेर मागिएका प्रमाणहरू ल्याएपछि मुद्दा चल्छ,’ पौडेलले भने।

केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ गते ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। ब्युरोले दुई वर्ष लगाएर ललिता निवासको अनुसन्धान गरेको थियो।

अनुसन्धानमा ‘हाई प्रोफाइल’सहित तीन सय बढी व्यक्ति तानिएका छन्। नेतामा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार छन्।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायत छन्।

बालुवाटार जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू अहिले थुनामा छन्। तर, उनीहरूबाहेकका व्यक्तिहरूलाई पक्राउ पूर्जी जारी गर्ने कर्मकाण्ड मात्रै प्रहरीले पूरा गरेको छ।

ललिता निवासको १४२ रोपनी ६ आना जग्गा विभिन्न समयमा व्यक्तिको नाममा गएको र त्यसरी व्यक्तिको नाममा पुर्‍याउँदा सरकारमा बहाल रहेका भूतपूर्व मन्त्री, सचिव, बिचौलियालगायतको संलग्नता रहेको देखिएपछि ब्युरोले अनुसन्धान थालेको थियो। ब्युरोका अनुसार झन्डै १३ अर्बको बिगो तयार भइसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

खल्तीको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने २ जना पक्राउ, धन्दा यस्तो थियो

जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ परेका दुवै आरोपीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सनसनी पुर्ण खुलासाः ज्ञानेन्द्र नेपालबाट मुर्ती लान्थे, विदेशबाट सुन र हेरोईन ल्याउँथेः पत्रकार ठकुराठी

राजपरिवारका सदस्य निकटका ब्यक्तिले आफुलाई पत्रकारिता छोड्नका लागि १ करोडको प्रलोभन देखाइएको पनि वताएका छन् । उनले भनेका छन् –‘तर मैले पैसा भन्दा पत्रकारिता रोजे ।’

धुर्मुस–सुन्तली फाउण्डेसनविरुद्ध करोडौं रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता

धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

भर्चुअल माध्यमबाट चेतना जगाइँदै: भूकम्प सुरक्षा दिवस

विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज (आइतबार) देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।

अहिलेसम्म पनि लाइसेन्स ट्रायल ननिकालेहरुका लागि खुसीको खबरः ७० अंक ल्याए पास हुने कार्याविधि बल्ल भयो कार्यान्वयन

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक महाकाली यातायात कार्यालयले बुधबारदेखि लागू हुने गरी ट्रायलमा ७० अंक ल्याए पास हुने कार्याविधि कार्यान्वयन गरेको हो ।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App