सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

भौतिक प्रगति १४ प्रतिशत, ५१ करोड खर्च, १७ करोड ऋण: धुर्मुस–सुन्तलीको क्रिकेट रंगशाला

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ । रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ ।

रङ्गशाला निर्माणमा पर्याप्त आर्थिक सहयोग उपलब्ध हुन छाडेपछि रङ्गशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनले रंगशालाको स्वामित्व ग्रहण गरिदिन २ पुसमा महानगरलाई पत्र पठाएको थियो । रंगशालाको भौतिक तथा आर्थिक मूल्याङ्कन गरेर महानगरले प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो ।

- Advertisement -Poco C3

महानगरले रंगशालाको भौतिक प्रगति मूल्याङ्कन गर्न सघन शहरी विकास आयोजना र आर्थिक प्रगति मूल्याकंन गर्न नेपाल चार्टड एकाउन्टेन्ट संस्थालाई जिम्मा दिएको थियो । प्रारम्भिक मूल्याकंन प्रतिवेदनअनुसार रंगशालाको भौतिक प्रगति १४ प्रतिशत छ । रङ्गशाला निर्माणमा हालसम्म ५१ करोड बढी खर्च भएको देखिन्छ । दुई वटै प्रतिवेदन भरतपुर महानगर प्रमुख रेनु दाहालले युवा तथा खेलकुद मन्त्रालयमा बुझाएकी छन् । रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ ।

महानगरले प्रारम्भिक प्रतिवेदन पेस गरे पनि उक्त प्रतिवेदन अध्ययन गरेर मन्त्रालयले अन्तिम रूप दिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले बताए । ‘फाइनल मूल्याङ्कन मन्त्रालयले पनि गर्न सक्छ । हामीलाई प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार चाहिँ भौतिक प्रगति १४ प्रतिशत छ’, उनले भने, ‘त्यो प्रतिवेदन मेयर सापले मन्त्रालयमा लगेर पेस गरेका छन् ।’

महानगरले बुझाएको प्रतिवेदनमा मन्त्रालयको चित्त नबुझे मन्त्रालय आफैले पनि मूल्याकंन गर्न सक्ने उनको भनाइ छ । सघन शहरीले तीन दिन अगाडि महानगरलाई प्रारम्भिक प्रतिवेदन बुझाएको हो । आर्थिक मूल्यांकनका लागि महागनरले नेपाल चार्टड् एकाउन्टेड संस्थालाई जिम्मा दिएको थियो । संस्थाले आठ दिनअगाडि नै आर्थिक मूल्यांकनको प्रारम्भिक प्रतिवेदन महानगरलाई दिएको हो ।

दुवै निकायले बुझाएको प्रतिवेदनमा प्रारम्भिक भनिएको उनले बताए । नेपाल चार्टड् एकाउन्टेडको प्रारम्भिक प्रतिवेदन अनुसार ५१ करोड बढी खर्च भएको देखिएको उनले बताए । रङ्गशाला निर्माणमा लागेको ऋणको विषयमा भने मन्त्रालयले अध्ययन गरिरहेको उनको भनाइ छ ।

‘प्रारम्भिक रुपमा ५१ करोडभन्दा केहि बढी खर्च भएको देखिन्छ । वित्तिय प्रगति हेर्न बाँकी छ । ऋण कति रहेछ भनेर स्वतन्त्र अडिटले तयार गर्ने प्रतिवेदनसँग भिडाउन बाँकी छ’, उनले भने, ‘छिटो गरौँ भनेको भएर प्रारम्भिक प्रतिवेदन मन्त्रालयमा पठाइहाल्यौँ । ऋणलगायतका कुरा निकाल्न बाँकी छ ।’

बाँकी कामको विषयमा सरकारले नै निर्णय गर्न सक्ने उनले बताए ।

अनुमानित तीन अर्ब लागतको रङ्गशाला निर्माण गर्दा हालसम्म ५४ करोडभन्दा बढी खर्च भइसकेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसको दाबी छ । ५४ करोडमा १७ करोडजति त ऋण नै रहेको उनले बताए । फाउण्डेशनले महानगरलाई स्वामित्व ग्रहण गरिदिन भनेर लेखेको पत्रमा रंगशालाको भौतिक प्रगति ३५ प्रतिशत छ ।

रामपुरमा ३० हजार क्षमताको रङ्गशाला निर्माण गर्न भरतपुर महानगरपालिका र फाउण्डेशनबीच १६ माघ २०७५ मा सहमति पत्रमा हस्ताक्षर भएको हो । जनस्तरबाट आर्थिक सङ्कलन गरेर रङ्गशाला निर्माण गर्ने फाउण्डेशनको योजना थियो । यसबीचमा सिर्जित कोरोना महामारीका कारण पर्याप्त आर्थिक सङ्कलन हुन सकेन ।

रङ्गशाला बनाउन महानगरले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरसँग २० बिघा छ कठ्ठा जग्गा लिएको हो । सहमति पत्रमा हस्ताक्षर भएको दुई वर्षभित्र रङ्गशाला निर्माण सम्पन्न हुने बताइएको थियो ।

फाउण्डेशनका अनुसार रंगशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्याराफिट बनिसकेको छ । मैदान पनि तयार भइसकेको छ । रंगशालाको लागि ४० हजार जनाभन्दा बढीले आर्थिक सहयोग गरेका फाउण्डेशनले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

नेप्से ५४.१२ अङ्कले बढ्यो, परिसूचक २८५७.७५ विन्दुमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर खरिद बिक्री हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५ सय ६८ रुपैयाँको सेयर कारोबार भएको छ ।

निफ्रासहित दुई कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुनको कति पुग्यो प्रतिकित्ता ?

यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ३४ रुपैयाँ ४० पैसाले वृद्धि भई ३७९ रुपैयाँ २० पैसा कायम भएको छ ।

५ करोडका कारण एमालेका प्रभावशाली नेता जेल चलान

सहकारीको रकम हिनामिना मुद्दामा पूर्वअध्यक्षद्वय किरण भण्डारी र रुक्माङगत ज्ञवाली कारागार चलान भएका हुन् । पूर्वअध्यक्ष भण्डारी एमालेका नेता हुन् ।

नेप्से परिसूचक ३०.५१ अङ्कले घट्यो, ८ अर्ब ३ करोड माथिको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर खरिद बिक्री हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रुपैयाँको सेयर कारोबार भएको छ ।

धुर्मुसले दिउसै रात पारेको खुलासा

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ ।

तरकारी र हिउँदेबाली असिना पानीले नष्ट

बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

फुट्दै जसपा, बहुमत जुटाउन बाबुराम र उपेन्द्र दुबै तनावमा !

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

दोहोरिदैछ ५४ साल ? गठबन्धनको भयङ्कर भित्री तयारी बाहिरियो, अब एमाले के गर्ला ?

२०७४ मा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आगामी जेठ ५ मा सकिदैँछ । तर २०५४ कै अवस्था दोहोरिनेमा संशय देखिन थालेको छ ।

ताजा समाचार

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

प्रधानमन्त्री देउवा: भूकम्प आफैमा समस्या होइन, अव्यवस्थित सहरीकरण समस्या हो |

प्रधानमन्त्री देउवाले भने, ‘विगतको अनुभव र पाठलाई चीरस्थायी बनाइ दक्ष जनशक्तिको सेवालाई आवश्यक परेको बेला तत्काल उपयोग गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइराख्न म सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।

भारतीय सुपरहिट चलचित्र नायकका यी हिरोसँग प्रेम आले किन दाजिदैँछन् ?

पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App