बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

६ महिना बित्दा पनि प्रधानमन्त्री देउवाको सचिवालय बनेन

झन्डै एकतिहाई कार्यकाल पूरा गरिसक्दा प्रधानमन्त्री देउवासँग काम गर्ने आफ्नो टिमसमेत निर्माण हुन सकेको छैन । प्रधानमन्त्री देउवालाई विभिन्न विषयका विज्ञहरुसहित ४९ जना सम्मलाई नियुक्ति गर्ने अधिकार छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलि ६ महिना पूरा हुँदैछ । चुनावको संवैधानिक बाध्यताअनुसार देउवाले पाउने पूरा कार्यकाल बढीमा १८ महिनाको हुनेछ अर्थात् अर्कोवर्षसम्म चुनाव भइसक्नुपर्नेछ ।

झन्डै एकतिहाई कार्यकाल पूरा गरिसक्दा प्रधानमन्त्री देउवासँग काम गर्ने आफ्नो टिमसमेत निर्माण हुन सकेको छैन । प्रधानमन्त्री देउवालाई विभिन्न विषयका विज्ञहरुसहित ४९ जना सम्मलाई नियुक्ति गर्ने अधिकार छ ।

- Advertisement -Poco C3

राजनीति, परराष्ट्र मामिला, प्रशासनिक मामिला, आर्थिक मामिला, प्रेससहितका विज्ञहरु नियुक्ति गरी आफ्नो कामको चाप घटाउने र प्रधानमन्त्रीको प्रभावकारिता बढाउन सक्नेछन् । तर, प्रमुख स्वकीय सचिवबाहेक कसैलाई नियुक्ति नदिए पनि केहीले भने नियुक्तिबिना देउवालाई सहयोग गरिरहेका छन् ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा कांग्रेस नेताहरु निवर्तमान सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य रमेश लेखकको चर्चा छ ।

उनीहरुमध्ये एकजनालाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अर्कोलाई पार्टीको प्रवक्ता दिएर आफ्नो टिममा राख्ने प्रधानमन्त्रीको तयारी रहेको उनी निकटहरु बताउँछन् ।

परराष्ट्र सल्लाहकार डा. दिनेशचन्द्र भट्टराईलाई बनाउने तयारी गरिएको भए पनि उनले टिमका मान्छे मिलाउन नसक्दा प्रधानमन्त्रीले नियुक्ति दिन नसकेको उनी निटक स्रोत बताउँछ ।

त्यसबाहेक केही व्यक्तिहरु परराष्ट्र सल्लाहकारका लागि दौडधुपमा रहेको स्रोतको दाबी छ । प्रधानमन्त्री नभएका बखत पार्टी सभापतिको रुपमा विदेशीहरुसँग बस्दा देउवाले डा. भट्टराईलाई राख्ने गरेका थिए । डा. भट्टराईले सुशील कोइराला प्रधानमन्त्री हुँदा परराष्ट्र मामिला सल्लाहकारका रुपमा काम गरेका थिए ।

तर उनलाई देउवाको कोर टिमभित्रबाट नबनाउन दबाब दिएको स्रोत बताउँछ । डा. भट्टराई भने प्रधानमन्त्री भएपछि आफूसँग परामर्श नभएको भन्दै प्रधानमन्त्रीले अनुकूल व्यक्तिलाई नियुक्त गर्ने विश्वास व्यक्त गर्छन् ।

“प्रधानमन्त्रीको अधिकारको कुरा हो । आफ्नो टिम आफू अनुकूल नै बनाउने हो,” डा. भट्टराईले बाह्रखरीसँग भने, “म प्रधानमन्त्री हुनुअघि उहाँले बोलाउँदा गएको थिएँ । प्रधानमन्त्री भएपछि बोलाउनुभएको छैन र म गएको पनि छैन ।”

त्यस्तै प्रेस सल्लाहकार पनि देउवाले अहिलेसम्म नियुक्ति गरेका छैनन् । प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलदेखि पत्रकार महासंघको नेतृत्वमा पुगिसकेका केही पत्रकारहरु दौडधुपमा रहेको बालुवाटार स्रोत बताउँछ । देउवाले प्रशासनिक सल्लाहकारमा भने पूर्वसचिव जनार्दन नेपाल नियुक्त भइसकेका छन् ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका लागि डा. पोषराज पाण्डे र डा. प्रभू बुढाथोकीको नाम चर्चामा छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा चर्चा भएका डा. शंकर शर्मा, डा. बुढाथोकी र पाण्डेमध्ये शर्मा राजदुत नियुक्त भइसकेका छन् ।

देउवाले आफूलाई काममा सहज हुने भए पनि कसैमाथि विश्वास गर्नसक्ने अवस्था नहुँदा नियुक्तिमा ढिलाई भएको देउवा निकटहरु बताउँछन् ।

“काँक्रोलाई थाक्रो हाल्यो, थाक्रै धनी हुने भन्ने उखानजस्तो भइरहेको छ,” देउवा निकटका एक नेताले भने, “विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाउँदा टिम छोडेर हिँडेजस्तो अवस्था नहोस् भनेर उहाँ सचेत हुनुहुन्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App