सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

माओवादी र माधवको एसलाई बुइँ चढाउँदा राष्ट्रिय सभामा कांग्रेस बन्दैछ तेस्रो पार्टी

गठबन्धनले कांग्रेसलाई कतिसम्म घाटा हुन्छ भन्ने कुराको आकलन हामी यहाँ प्रस्तुत गर्दैछौ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। गठबन्धनले कांग्रेसलाई कतिसम्म घाटा हुन्छ भन्ने कुराको आकलन हामी यहाँ प्रस्तुत गर्दैछौ । राष्ट्रिय सभाको आसन्न निर्वाचनले संघीय सदनभित्रको शक्ति संरचनालाई बदल्दैछ । २०७४ सालमा पहिलोपल्ट निर्वाचन हुँदा बहुमतसहित सबैभन्दा ठूलो दल बनेको एमाले यसबीचमा विभाजन भएकाले बहुमत त गुमाइसकेको छ । अब हुने निर्वाचनमा उसले थप क्षति बेहोर्दैछ ।

२०७४ मा भएको राष्ट्रिय सभा निर्वाचनमा कूल ५९ सिटमा एमाले २९ सिटसहित बहुमतमा थियो । त्यतिखेर कांग्रेसले १३, माओवादीले १०, तत्कालीन संघीय समाजवादी पार्टी (हाल जसपा)ले २, तत्कालीन राष्ट्रिय जनता पार्टी (हाल लोसपा) ले २ सिट जितेको थियो । राष्ट्रपतिबाट ३ जना मनोनीत भएका थिए । पहिलो मनोनयनमा कांग्रेसकै हात माथि थियो ।

- Advertisement -Poco C3

२०७६ फागुन २० गते १९ सांसदको दुई वर्षे कार्यकाल सकिनुअघि माघ ९ गते भएको निर्वाचनमा तत्कालीन नेकपाबाट १६ जना निर्वाचित भएका थिए भने राजपाबाट २ जना जितेका थिए। एकजना राष्ट्रपतिबाट मनोनीत हुने ठाउँमा वामदेव गौतम आए।

राष्ट्रिय सभामा अहिले एमालेका अध्यक्षसहित २४ जना छन्। उपाध्यक्षसहित माओवादीका १४, कांग्रेस ७, एकीकृत समाजवादीका ७ , जसपा २ लोसपा १ स्वतन्त्र एक जना र मनोनीत ३ जना छन्। एमालेका २४ मध्ये ८ जनाको पदावधि सकिँदै छ।

र, एमालेको यो मतभार पनि हत्याउने दाउमा सत्ता गठबन्धन लागिपरेको छ। प्रदेश १ मा राप्रपा निर्णायक अवस्थामा छ । उसले साथ दिए एमालेले एक सिट ल्याउने सम्भावना छ । तर त्यसका लागि पनि उसले कसरी वातावरण मिलाउँछ, हेर्नुपर्छ। तर अन्य प्रदेशबाट भने एमालेले एक सिट पनि ल्याएर बढारिने अवस्था छ ।

केन्द्र सरकारबाट प्रतिपक्षमा हुत्तिन पुगेको एमाले सबै प्रदेशका सरकारबाट पनि बाहिरिसकेको छ। अब राष्ट्रिय सभामा पनि एमाले कमजोर बन्ने निश्चित भएको छ। किनकि, सत्ता गठबन्धनका घटकले एमालेको उक्त सिट बाँडेर लिने सहमति गरिसकेका छन्।

एमालेसँग भएका आठ सिटमा कांग्रेसलाई तीन, जनता समाजवादीलाई दुई तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई एक–एक सिट बाँडेर उम्मेदवारी दिइएको छ। अन्य रिक्त रहेका हकमा जुन ठाउँमा जसको रिक्त छ, उसैको उम्मेदवारी परेको छ।

सहमतिअनुसार केही फेरबदल नभए अब राष्ट्रिय सभामा एमाले १६ सिटमा खुम्चिनेछ । कांग्रेस १०, जसपा ४, माओवादी १५ र एकीकृत समाजवादीले ८ सिट हात पार्नेछ।

राष्ट्रिय जनमोर्चाले पहिलोपल्ट राष्ट्रिय सभामा प्रवेश पाउँदै छ । प्रदेश १ मा राप्रपासँग मिलेको खण्डमा एमाले १७ सिटमा रहनेछ । राष्ट्रिय सभाको पदावधि ६ वर्ष रहने भनिए पनि पहिलो पटकका लागि एक तिहाइको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्ष रहने संवैधानिक व्यवस्था छ ।
राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनमा प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन् । उनीहरु सबैको भोट भने बराबर हुँदैन । प्रदेश सभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुन्छ ।

कुन प्रदेशको अवस्था के छ ?

प्रदेश १: यस प्रदेशबाट राष्ट्रिय सभामा तीन सदस्य चयन गरिनेछन् । यहाँ प्रदेश सभाका ९२ र स्थानीय तहका २ सय ७२ मतदाता छन् । यस प्रदेशमा नेकपा एमाले बलियो देखिन्छ । एमालेसँग ४ हजार ५ सय ४२ मतभार छ । तर यही निर्णायक बन्ने अवस्था भने छैन । सत्ता गठबन्धन केही कमजोर देखिन्छ, जसले ४ हजार ४ सय ६४ मतभार सुरक्षित राखेको छ । यहाँ साना दलसँग ३ सय ६ मत भार छ । साना दलले जसलाई साथ दियो, उसैको पल्लाभारी हुने देखिन्छ ।

प्रदेश २: प्रदेश २ मा प्रदेश सभा सदस्यका रुपमा १ सय ४ र स्थानीय तहका प्रमुख र उपप्रमुखका रुपमा २ सय ६८ मतदाता छन् । ती मतदाताको मतभार ९ हजार ८ सय १६ छ । यहाँ सत्ता गठबन्धनलाई कुनै समस्या छैन । गठबन्धको मतभार ७ हजार १ सय ९४ छ । एमाले निकै कमजोर छ ।

वाग्मती प्रदेश: वाग्मतीका मतदातामध्ये प्रदेश सभाका १ सय ९ सदस्य छन् । त्यस्तै स्थानीय तहका २ सय ३७ जनप्रतिनिधिले मतदान गर्नेछन् । यहाँ ९ हजार ४ सय ९८ मतभार रहेकामा बहुमत् अर्थात ४ हजार ८ सय ९० सत्ता गठबन्धनसँगै छ । यहाँ अन्य दलले सहयोग गर्दा पनि एमाले उम्मेदवार जित्ने सम्भावना छैन ।

गण्डकी प्रदेश: गण्डकीमा ५९ प्रदेश सभा सदस्य छन् । स्थानीय तहका १ सय ७० जनप्रतिनिधि पनि मतदाता छन् । उनीहरुको मतभार ५ हजार ८ सय ९२ रहेकामा सत्ता गठबन्धन नै बलियो देखिन्छ । अहिलेको मतभारका आधारमा एमालेका उम्मेदवारले जित्ने आधार छैन ।

लुम्बिनी प्रदेश: लुम्बिनीमा प्रदेश सभाका ८१ सदस्य तथा स्थानीय तहका २ सय १५ प्रमुख र उपप्रमुख मतदाता छन् । यहाँ पनि सत्ता गठबन्धन नै बलियो देखिन्छ । ७ हजार ७ सय ५८ मतभारमध्ये ४ हजार २ सय ६ मतभार सत्ता गठबन्धनसँग छ ।

कर्णाली प्रदेश: यो प्रदेशमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखको गरी ४ हजार ४ सय ७८ मतभार छ । जसमध्ये ६५ प्रतिशत मतभार सत्ता गठबन्धनको हो । एमालेसँग जम्मा १४ सय ३४ मतभार छ ।

सुदूरपश्चिम प्रदेश: सुदूरपश्चिममा पनि सत्ता गठबन्धन नै बलियो छ । यहाँ प्रदेश सभाका ५२ सदस्य र स्थानीय तहका १ सय ७५ जनप्रतिनिधिको मतभार ५ हजार ६ सय ४६ रहेकामा ३ हजार ७ सय ९२ मतभार सत्ता गठबन्धनको पक्षमा छ ।

सबैतिर गठबन्धन बलियो भए पनि यसबाट सबैभन्दा बढी लाभ भने माओवादीले लिने देखिँदै छ । किनभने माओवादीसँग अब राष्ट्रिय सभामा १५ सिट हुनेछन् । यो संख्या करिब एमालेकै हाराहारी हो । कांग्रेस जम्मा १० सिटसहित तेस्रो र सानो दलका रुपमा राष्ट्रिय सभामा हुनेछ । माधव नेपाल नेतृत्वको लोकतान्त्रिक समाजवादी दल ८ सिटसहित कांग्रेसकै हाराहारी पुग्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App