सोमवार, माघ ३, २०७८
सोमवार, माघ ३, २०७८
Poco C3

देउवा सरकार मौन, भारतले देशको अस्मितामाथि प्रहार गर्दा पनि

आफ्नो भारतले अतिक्रमण गर्दा सरकार निरिह भएर टुलुटुलु हेर्न बाध्य छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। आफ्नो भारतले अतिक्रमण गर्दा सरकार निरिह भएर टुलुटुलु हेर्न बाध्य छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र भारतले हडपेको ६ दशक नाघिसक्यो ।

लिपुलेक क्षेत्रमा उसले सडक विस्तार गर्न छाडेको छैन । त्यति मात्र होइन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त नेपालले राजनीतिक र प्रशासनिक नक्सामा रहेको लिपुलेक क्षेत्रमा सडक विस्तार गरेको सगर्व बताउँदै नेपालको सार्वभौमिकतामाथि ठाडो प्रहार गरेका छन् । यति हुँदा पनि नेपाल सरकार मौन छ । आफ्नो अस्मितामाथि प्रहार हुँदा सरकार किन बोल्दैन ?

- Advertisement -Poco C3

भारतीय प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति आउनुभन्दा दुई वर्षअघि नै नेपाल सरकारले लिपुलेक आसपासमा भइरहेका निर्माणबारे कूटनीतिक नोटमार्फत् विरोध गरिसकेको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले २०७७ साल जेठ ७ गते लिपुलेकसहित नेपालको नयाँ नक्सा सार्वजनिक गर्नुभएको थियो ।

२०७७ जेठ ३१ गते संसदबाट नयाँ नक्सा सर्वसम्मत अनुमोदित भएको थियो । तर ऐतिहासिक दस्तावेजसहितका आधारमा नेपाली भूमि प्रमाणित भइसकेको लिपुलेकमा भारतले अटेरी गर्दै संरचना विस्तारको काम जारी राखेको छ । तत्कालिन प्रधानमन्त्री ओलीले २०७८ जेठ २८ मा भारतीय राजदूतलाई बोलाएर उक्त सडक निर्माणप्रति असहमति जनाउनु भएको थियो ।

यस विषयमा नेपालका तर्फबाट तत्कालिन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतलाई कूटनीतिक नोटसमेत बुझाउनुभएको थियो । तत्कालिन प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीचको सहमतिमै नेपाल-भारत सीमा विवाद समाधानका लागि प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी) गठन भयो ।

इपीजीले विभिन्न चरणमा छलफल पश्चात् तयार पारेको प्रतिवेदनसमेत बुझ्न नमानेको भारतले सीमा विवाद समाधानका लागि नेपालले पटक पटक गरेको कुटनीतिक प्रयासको समेत बेवास्ता गर्दै आएको छ । पछिल्लो पटक नेपालको राजनीतिमा उथलपुथल आएसँगै भारत फेरि नेपाली सीमा अतिक्रमणमा सक्रिय बनेको छ ।

सार्वभौम नेपालको सीमा क्षेत्रका सयौं स्थानमा बलमिच्याईं गरिरहेको भारतले विगत ६० वर्षदेखि कालापानीदेखि लिपुलेकसम्मको भूमि हडपेर बसेको छ । नेपाली भूमिमा नेपालीलाई नै प्रवेश निषेध गरेर बसेको भारतले कालापानी क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारेको छ ।

पुस १५ अर्थात् डिसेम्बर ३० तारिखका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक विस्तारको कामलाई निरन्तरता दिने घोषणा गरेको भाषणले फेरि एक पटक सार्वभौम नेपालीको मुटु छियाछिया पारेको छ ।

भारतले कब्जा गरेको नेपाली भूमि लिपुलेकमा निर्माण भएको सडकको गत वर्ष भारतीय रक्षा मन्त्री राजनाथ सिंहले उद्घाटन गर्नुभएको थियो । त्यसबेला चर्को विरोध भएपनि भारत मौन बसेको थियो । फेरि पनि भारतले उक्त भूमिमा आफ्नो उपस्थिति बलियो पार्ने गतिविधी गरिरहेको छ ।

अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर उत्तराखण्डको हल्द्वानीमा आयोजित समारोहमा भारतीय प्रधानमन्त्री मोदीले उक्त सडक चौडा पारिने बताउनुभयो। डिसेम्बर ३० तारिखका दिन आयोजित कार्यक्रममा उहाँले मानसरोवर जानका लागि लिपुलेकको सडक थप चौडा पारिने बताएसँगै नेपालमा मोदीको चर्को विरोध भइरहेको छ ।

मोदीको पछिल्लो अभिव्यक्ति भन्दा ठीक दुई साता अगाडि मंसिर २९ मा रक्षामन्त्री राजनाथ सिंहले पनि लिपुलेकमा सडक निर्माण गरिएको चर्चा गर्नुभएको थियो।

तर केही समय अघि मात्र उहाँले शिर झुकाएर भए पनि नेपालसँगको सम्बन्ध कुनै हालतमा बिग्रिन नदिने अभिव्यक्ति दिनुभयो । बाहिरी रुपमा नेपाललाई साथमा लिने अभिव्यक्ति दिने तर भित्र भित्र नेपाली भूमि मिचेर सडकदेखि अन्य संरचनासम्म निर्माण गर्ने भारतीय प्रवृत्तिको जनस्तरबाट खुलेरै विरोध पनि भइरहेको छ ।

तर दार्चुलाका जयसिंह धामी प्रकरणदेखि लिपुलेकको सडक निर्माणसम्मका विषयमा नेपाल सरकार भने अश्वभाविक मौन देखिएको छ ।

यो विचमा न प्रधानमन्त्री शेरबहादुर देउवा वा उहाँको सचिवालयले कुनै प्रतिक्रिया दिएको छ न त परराष्ट्र मन्त्री नारायण खड्का वा उहाँ मातहतका कुनै कर्मचारी नै बोलेका छन् । सरकारी उच्च अधिकारिको मौनताका कारण भारत झन् हाबी भइरहेको छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द हुनुभन्दा ५ दिन पहिला आएको मोदीको उक्त अभिव्यक्ति नेपाल सरकारले आजसम्म सुन्ने फुर्सद पाएको छैन, सायद ।

भारतले नेपाली भूमिमा निर्माण अभियान सञ्चालन गरिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले कुटनीतिक पहल मार्फत् रोक लगाउन नसक्ने अवस्था हो भने अब यो विषय अन्तर्राष्ट्रियकरण गर्ने हिम्मत देखाउनु पर्ने हुनसक्छ ।

समय र परिस्थितिका कारण नेपालले अव बलियो प्रमाणका साथ भारतसँग वार्ताको प्रयास गर्नुपर्नेछ । यदि भारतले सुनेन भने नेपालले विश्व समुदाय गुहार्न पनि पछि पर्नुहुदैन । अन्तर्राष्ट्रिय अदालत र संयुक्त राष्ट्रसंघमा पनि भारतको मिचाहा प्रवृत्ति उठाउनै पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App