बुधबार, माघ ५, २०७८
बुधबार, माघ ५, २०७८
Poco C3

एउटा स्कुटर मात्र भएका कपिल शर्मालाई गिन्नीले किन प्रेम गरेकी थिइन् ?

हाल सोनी टिभीमा 'द कपिल शर्मा शो' चलाइरहेका कपिलको यो कार्यक्रम पनि कमेडी विधाकै हो। यसलाई नेटफ्लिक्सले कपिलको विशेष कमेडी कार्यक्रम भनेर प्रचार गरेको छ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। भारतीय कमेडियन तथा अभिनेता कपिल शर्माको नेटफ्लिक्समा नयाँ कार्यक्रम आउँदैछ। ‘आइ एम नट डन येट’ नामक उक्त कार्यक्रमको गत सोमबार मात्र ट्रेलर सार्वजनिक भएको हो।

हाल सोनी टिभीमा ‘द कपिल शर्मा शो’ चलाइरहेका कपिलको यो कार्यक्रम पनि कमेडी विधाकै हो। यसलाई नेटफ्लिक्सले कपिलको विशेष कमेडी कार्यक्रम भनेर प्रचार गरेको छ।

- Advertisement -Poco C3

कार्यक्रममा कपिलले धेरैजसो आफ्नो वास्तविक जीवनमा भएका घटनाक्रमलाई जोडेर दर्शक हँसाउने प्रयास गरेका छन्। कपिल आफैंले पनि भन्छन्, ‘आइ एम नट डन येट मेरो वास्तविक जीवनसँग मेल खान्छ।’

उनले यसमा आफूले मदिरा पिएर गरेका गल्तीहरूबारे पनि मजाक बनाएका छन्। चाहे त्यो उनले मदिराको नशामा गरेको ट्विटबारे होस्, वा विवाद। अझ उनले यी ट्विटहरू आफूले नभएर मदिराले गरेको समेत भनेर दर्शक हँसाउँछन्।

आइ एम नट डन येटको ट्रेलरमा कपिलका सहकर्मीका साथै अन्य थुप्रै कलाकारलाई देख्न सकिन्छ। यसमा कपिलकी आमा जनक रानी र श्रीमती गिन्नी चटरथ पनि देखिएका छन्।

गिन्नी त कार्यक्रममा देखिएकी मात्र होइन, कपिलको प्रस्तुतिको हिस्सा पनि बनेकी छन्। कपिलले ट्रेलरमा आफैंसँग जोडेर रमाइला कुरा सुनाउँछन्।

‘मलाई बुवाले दिदीबहिनीको बिहे गरिदिन र आफ्नो पनि परिवार सुरू गर्न भन्नुभएको थियो,’ उनी थप भन्छन्, ‘तर मलाई मैले कोसँग घर बसाउँछु भन्ने थाहा थियो, उनी थिइन् गिन्नी, मेरी श्रीमती।’ कपिल यसपछि स्टेजबाटै गिन्नीलाई सोध्छन्, ‘एक स्कुटर मात्र भएको केटोसँग के सोचेर प्रेम गर्‍यौ?’

दर्शकमाझ बसेकी गिन्नीले पनि कपिलकै शैलीमा जवाफ दिन्छिन्, ‘धनी केटालाई त सबैले प्रेम गर्छन्। मलाई लाग्यो एउटा गरिब केटोको पनि भलो गरिदिऊँ।’ यसपछि हाँसो गुन्जिन्छ। कपिल भने एकछिन चुप रहन्छन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका कपिल र गिन्नीले सन् २०१८ को डिसेम्बरमा बिहे गरेका थिए। उनीहरूका दुई वर्षीया छोरी अनायरा र ११ महिनाका छोरा त्रिसान छन्। कपिलको ‘आइ एम नट डन येट’ कार्यक्रम यस्तैयस्तै रमाइला कमेडी र संवादले भरिएको छ र आगामी जनवरी २८ मा रिलिज हुँदैछ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ज्याकलिनको ठगसँग विवादित सम्बन्ध

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पछिल्ला दिनहरुमा विवादमा तानिएकी छन् ।

कटरिना-विकीको विवाहमा सलमानलाई निम्तो थिएन

उनीहरुको विवाह भइरहँदा त्यो विवाहमा सलमान खान परिवारको उपस्थितिलाई लिएर सबैको चासो थियो अर्थात् सलमान खानको परिवार जान्छन् या जाँदैनन् भन्ने प्रश्न फ्यान र फिल्मकर्मीमाझ उठेको थियो।

बिग बोसको घरमै गर्भवती भईन यी प्रतिष्पर्धी तेजस्वी प्रकाश

मलाई ग्याँस भरिएको छ यति भनेपछि उमर चर्को स्वरमा हाँस्छन् । तेजस्वी आ’क्रो’शि’त हुँदै भन्छिन्– यो मजाकको कुरा होइन ।

अर्जुनले गरे मलाइकासँग ‘ब्रेकअप’को खबरलाई खण्डन

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको अहिले ‘ब्रेकअप’ भएको खबरले बलिउड तातिएको छ ।

मलाइकासँग बिवाह नगर्ने मुडमा पुगे अर्जुन कपूर

बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् ।

मलाइकासँग दुरी बढाउँदै अर्जुन कपूर

बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् ।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App