बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

गुगल क्रोम ब्राउजरमा बिर्सिएर पनि नगर्नुहोस् यस्ता गल्ती

वर्तमान समयमा विश्वभर सबैभन्दा बढी प्रयोग हुने वेब ब्राउजर हो गुगल क्रोम ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। वर्तमान समयमा विश्वभर सबैभन्दा बढी प्रयोग हुने वेब ब्राउजर हो गुगल क्रोम । अक्सर गुगल क्रोममा बारम्बार लग-इन गर्ने झन्झट कम गर्न जिमेल सहितका सर्भिसको लग-इन तथा पासवर्ड सेभ गर्ने गरिन्छ ।

तर यसो गर्नु खतरनाक सावित हुनसक्छ भन्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ । हालै सार्वजनिक एक रिपोर्ट अनुसार गुगल क्रोम ब्राउजरमा आफ्ना संवेदनशील जानकारी सेभ गर्नु हुँदैन । किनकि यसबाट ह्याकिङ समेत हुनसक्छ । साइबर सुरक्षा सम्बन्धी विज्ञ कम्पनी एएचएन ल्याबको रिपोर्टमा उल्लेख भए अनुसार हालै मात्र ‘रेड लाइन स्टिलर’ मालवेयर पहिचान भएको छ । जसले गुगल क्रोममा सेभ गरिएका लग-इन आईडी तथा पासवर्ड चोरी गर्ने काम गर्दछ । यो मालवेयरको सहयोगमा ह्याकरहरूले तपाईंको व्यक्तिगत तथा गोप्य विवरण आफ्नो नियन्त्रणमा लिने गर्दछन् ।

- Advertisement -Poco C3

साथै, यसबाट तपाईंको बैंक खाता समेत खाली हुन सक्छ । यसका साथै व्यक्तिगत जानकारी हातमा लिएर ब्ल्याकमेल गरी रकम माग गर्ने प्रवृत्ति समेत देखा पर्दै गएको छ । एएचएन ल्याबको उक्त रिपोर्टले यो मालवेयर निकै खतरनाक रहेको उल्लेख गरेको छ । सबैभन्दा चिन्ताको विषय त यो छ कि यो मालवेयरलाई कुनै पनि एन्टिभाइरसले रोक्न सक्दैन ।

यस्तोमा मालवेयर कतिसम्म खतरनाक हुनसक्छ भन्ने कुराको अनुमान लगाउन सकिन्छ । यो मालवेयरले कम्पनीको भीपीएनसम्म पुगेर लग-इन तथा पासवर्ड चोरी गर्न सक्षम रहेको बताइन्छ । यस्तोमा प्रयोगकर्तालाई गुगल क्रोममा आफ्नो लग-इन आईडी तथा पासवर्ड सेभ नगर्न सल्लाह दिइएको छ ।

यस्ता ह्याकरबाट जोगिने कसरी ?

१. गुगल क्रोम ब्राउजरमा कुनै पनि पासवर्ड सेभ नगर्नुहोस् ।

२. समय समयमा आफ्नो पासवर्ड परिवर्तन गर्ने बानी बसाल्नुहोस् ।

३. सधैँजसो सुरक्षित तथा आधिकारिक वेबसाइटको प्रयोग गर्नुहोस् ।

४. ई-मेल, म्यासेज अथवा ह्वाट्सएपमा आउने कुनै पनि अपरिचित लिङ्कमा क्लिक नगर्नुहोस् ।

५. महत्त्वपूर्ण जानकारी, व्यक्तिगत डेटा तथा अन्य जरुरी फाइल बिना प्रोटेक्सन सेभ गरेर नराख्नुहोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एनसेल एप रिफर गर्ने र पाउने दुवैलाई १ जीबी डेटा निःशुल्क

यसका लागि एनसेल एप खोली आफ्नो प्रोफाइलमा जाने र ‘रिफर अ फ्रेन्ड’ सेलेक्ट गरी आफ्नो युनिक यूआरएल कोड आफ्ना साथी र परिवारसँग शेयर गर्नपर्ने हुन्छ ।

अनलिमिटेड डेटा र भ्वाइस प्याकसहित विन्टर अफर सार्वजनिक टेलिकमको

हालसम्म सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा २८ दिनका लागि ५९९ रुपैययाँको ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेको छ ।

एसेम्बल गरिएका इलेक्ट्रिक बाइक नेपालमा सार्वजनिक

अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपालमा एसेम्बल गरिएका इलेक्ट्रिक बाइक सार्वजनिक गरेकाे छ ।

‘वेब ३.०’ के हो, अनि कसरी काम हुन्छ ?

साथै एउटै अकाउन्टको माध्यमबाट प्रयोगकर्ताले इन्टरनेट मिडिया, ई-मेल, शपिङ साइट आदिमा पहुँच बनाउन सक्नेछन् । आज हामी तपाईंलाई यही वेब ३.० को विषयमा बताउँदै छौँ ।

‘साओमी १२ लाइट’ सस्तो मूल्यमा बजारमा आउँदै

साओमीले गत डिसेम्बरमा आफ्नो फ्ल्यागशिप सिरिज साओमी १२ सार्वजनिक गरेको थियो ।

एप्पलको बहुप्रतिक्षित एआर/भीआर हेडसेट कहिले आउँदैछ ?

पछिल्लाे समय एप्पलले आउँदो जुन महिनासम्म यो उत्पादन बजारमा ल्याउने चर्चा गरिएकाे थियो ।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App