सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

पाँच नयाँ फोन नोकियाले ल्याउँदै, कति पर्ला मूल्य?

नोकियाले सन् २०२२ मा पाँचवटा नयाँ मोडलको फोन सार्वजनिक गर्दैछ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नोकियाले सन् २०२२ मा पाँचवटा नयाँ मोडलको फोन सार्वजनिक गर्दैछ। कम्पनीले अमेरिकामा भएको सिइएस २०२२ (कन्ज्युमर इलेक्ट्रोनिक्स सो)मा उक्त घोषणा गरेको हो।

बजारमा यतिबेला एप्पल र विभिन्न ब्रान्डको एनड्रोइड फोनहरूको प्रतिस्पर्धा बढ्दो छ। यस्तैमा नोकियाले पनि आफ्नो बजेट मोडल अर्थात् कम मूल्यका फोनहरू सार्वजनिक गर्ने घोषणा गरेको अमेरिकी वेबसाइट सिनेटले जनाएको छ। उक्त वेबसाइटका अनुसार यी मोडलहरू २५० अमेरिकी डलर अर्थात् ३० हजार रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध हुनेछ।

- Advertisement -Poco C3

कम्पनीले छिट्टै नोकिया जी-४०० सार्वजनिक गर्ने बताएको छ, जसको मूल्य २३९ अमेरिकी डलर अर्थात् २८ हजार रुपैयाँ हुने अनुमान छ। यो फोनले ५-जी सपोर्ट गर्नेछ। त्यस्तै, सार्वजनिक हुने फोनमध्ये ४-जी सपोर्ट गर्ने जी-१०० पर्ने बताएको छ। यसको मूल्य १४९ अमेरिकी डलर पर्ने अनुमान छ।

त्यस्तै, सिनेटका अनुसार कम्पनीले नोकिया सी-२००, सी-१०० र रेट्रो नोकिया २७६० फ्लिप सार्वजनिक गर्नेछ। यसमध्ये सबैभन्दा सस्तो मोडल सी-१०० हुनेछ जसको मूल्य जम्मा ९९ अमेरिकी डलर हुने अनुमान छ।

नोकियाको २७६० फ्लिप भने पुरानो फोनको डिजाइनमा हुनेछ जसको मूल्य अमेरिकामा ७९ डलर अर्थात् झन्डै १० हजार रुपैयाँ हुने बताइएको छ। २७६० फ्लिप र नोकिया सी-१०० अबको दुई महिनाभित्र सार्वजनिक हुने अनुमान छ।

‘अनुसन्धानअनुसार ग्राहकहरू यतिबेला कम बजेटमा ठूलो डिस्प्ले, लामो ब्याट्री क्षमता भएको र उच्च गुणस्तरको क्यामेरा भएको फोनको प्रतिक्षामा छन्। त्यसैले हामी यिनै विषयलाई मध्यनजर गर्दै उत्पादन काम अघि बढाउँदै छौै,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत फ्लोरिन सेइचले भनेका छन्।

कम्पनीले नयाँ फोनहरू सुरूमा अमेरिकी बजारमा सार्वजनिक गर्नेछ भने लगत्तै अन्य देशहरूमा पनि नयाँ मोडलका फोन उपलब्ध गराउने बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

‘साओमी १२ लाइट’ सस्तो मूल्यमा बजारमा आउँदै

साओमीले गत डिसेम्बरमा आफ्नो फ्ल्यागशिप सिरिज साओमी १२ सार्वजनिक गरेको थियो ।

३ ट्रिलियन बजार भाउ पुग्ने एप्पल कम्पनी पहिलो बन्यो

आइफोन, म्याकबुक सहित एप्पल टीभी र एप्पल म्युजिकका सेवामा ग्राहकको आकर्षण अझै बढ्दै जाने अपेक्षासँगै एप्पलले दुनियाँकै सबैभन्दा मूल्यवान् कम्पनीको नाम पाएको छ ।

गुगलको नियरबाई सेयर र फास्ट पेयर फिचर विन्डोज पीसीमा आउँदै

नियरबाई सेयर र फास्ट पेयर हाल एन्ड्रोइड र क्रोम ओएसमा मात्रै उपलब्ध छ । जसमार्फत ठूला फाइल पनि सहजै ट्रान्सफर गर्न सकिन्छ ।

ए डिभिजन लिग खेल्ने खेलाडीले खेल हुने स्थलमा मोबाइल बोक्न नपाउने

शहीद स्मारक ए डिभिजन लिगको आठौं चरणको खेलमा अफिसियल तथा खेलाडीहरुले खेल हुने स्थलमा मोबाइल बोक्न नपाउने भएका छन् ।

के छन् सुविधा सार्वजनिक हुन लागेको रियलमी-९ आईमा

चिनियाँ स्मार्टफोन निर्माता रियलमीले आगामी साता फोन सार्वजनिक गर्ने भएको छ। कम्पनीले जनवरी १० मा रियलमी-९ आई सार्वजनिक गर्ने भएको हो।

पुराना मोबाइल भोलि देखि काम नगर्ने

गलबार (भोलि) देखि ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले काम नगर्ने भएका छन् ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App