सोमवार, माघ १०, २०७८
सोमवार, माघ १०, २०७८
Poco C3

ओली फेरि बन्न थाले राष्ट्रवादी, चुनावी फण्डा मात्र !

चुच्चे नक्सा र जयसिंह धामीका विषयमा किन मौन छ ? आफ्नो पालामा जारी चुच्चे नक्सालाई पन्छाएर काँग्रेसले किन बुच्चे नक्सा प्रयोग ग¥यो भन्दै ओली घाँटी सुक्ने गरी बोले ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली भूभागलाई अतिक्रमण गर्दै भारतले सडक विस्तार गरिरहेको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कडा आलोचना गरेको छ ।

सरकारले भारतको अतिक्रमणविरुद्ध मौनता देखाइरहेको भन्दै अनेक प्रश्नसमेत उठाएको छ । जबकि यही प्रश्न हिजो सडकदेखि सदनसम्म उठ्दा एमाले मौनताका अवस्थामा थियो ।

- Advertisement -Poco C3

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजभोली फेरि राष्ट्रवादी देखिदैछन् । अझ भनौं राष्ट्रवादी देखिने होडमा छन् । केहीदिन अघिको एक कार्यक्रममा बोल्दै सरकारप्रति खरो उत्रिएका ओलीले प्रश्न गरे, यो सरकार कालापानी लिपुलेकका विषयमा किन बोल्दैनन् ?

चुच्चे नक्सा र जयसिंह धामीका विषयमा किन मौन छ ? आफ्नो पालामा जारी चुच्चे नक्सालाई पन्छाएर काँग्रेसले किन बुच्चे नक्सा प्रयोग ग¥यो भन्दै ओली घाँटी सुक्ने गरी बोले ।

भारतीय नाकाबन्दीको चर्को विरोध गरेकै कारण एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनताले रातारात राष्ट्रवादी नेता बनाएका थिए । राष्ट्रवादको तामझामपूर्ण सफलताकै जस खाएर एमाले पहिलो शक्ति बन्न सफल भयो ।

तर त्यसको उन्माद तीनबर्षकै अवधिमा जनताका नजरमा वालुवामा पानी बन्यो । झन रअ प्रमुख सामन्त गोयलसँगको मध्यरात वार्ता र नेकपा विभाजन हुँदै दुई्दुईपटकको असंवैधानिक संसद् विघटनले ओलीलाई सडकमै पछारिदिएको छ ।

अहिले ओली सरकारबाट बाहिर छन् । तथापी आगामी चुनाव आउन चनचुन ५÷६ महिना बाँकी रहेका बेला पुनः ओलीमा राष्ट्रवादको भूत सवार भएको छ ।

ओली सत्तामा रहँदा जुन विषयमा सरकारको चर्को आलोचना भयो त्यही विषयमा अहिले उनी जवाफी आलोचना गरिरहेका छन् । केहीदिन अघिमात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तार कार्य भइरहेको भनी अभिव्यक्ति दिएको थिए ।

त्यसको १२ दिनपछि प्रमुख प्रतिपक्षी एमालेले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानमा आँच पु¥याउने भारतका गतिविधि तत्काल बन्द हुनुपर्ने भन्दै मंगलबार कठोर विज्ञप्ती सार्वजनिक गरेको छ ।

यही कठोर शैली सत्तामा हुँदा ओकलेको भए केही हदसम्म भारत पछि हटीसक्ने आँकलन धेरैले गरेका थिए । तर सडक र सदन तात्तिदा एमाले तात्तिएन । फलतः अहिले सत्ताबाट बाहिरीएपछि उठाएको मुद्धा चुनावी फण्डाकै रुपमा हेरिएको छ ।

नेपाल एउटा मान्यता स्थापित भएको छ । जसले धेरै भारतको गाली गर्न सक्यो त्यही राष्ट्रवादी । तर सत्तामा रहँदा भारतसँग जोडिएका मामिलामा चुइक्क बोल्न नसक्ने अनि सत्ताबाट बाहिरिएपछि आगो ओकल्ने परिपाटी नेपालका सबै राजनीतिक दलमा छ । जसले भारतको हेपाहा झनपछि झन बढीरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

उनलाई संक्रमण भएपछि एमाले समसामयिक विषयहरूमा प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने भएको छ । ओली बालकोटस्थित निवासमै आइसोलेसनमा रहेको उनी निकटस्थहरूले जानकारी दिएका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

ट्रेन्डिङ समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

आलेका कारण सरकारलाई झड्का, भट्टराईलाई झस्काएर चर्चामा आउने मन्त्री आले कै यस्तो सेटिङ बाहिरियो !

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

सेलीब्रेटी सांसद गंगा चौधरीको विषयमा भिम उपाध्यायको नयाँ खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

कब्जियत भए जस्तो भाषण गरेको भन्दै प्रधानमन्त्री देउवामाथि खनिए भीम रावल !

शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App