बिहिबार, माघ ६, २०७८
बिहिबार, माघ ६, २०७८
Poco C3

‘एमालेका हाइप्रोफाइल नेता, जो काण्डै-काण्डले घेरिएका छन्’

एमालेका पदाधिकारी र अन्य केन्द्रीय तहका सबै नेताहरु अहिले काण्डै-काण्डमा घेरिएका छन् । यसरी विवादमा पर्नेहरुमध्ये धेरैजना पछिल्लोपटक एमाले अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री हुँदा मन्त्री बनेकाहरु छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेका हाइप्रोफाइल नेताहरु विवादको घेरामा परेका छन् । पछिल्लो समय एमाले सचिव तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराई बतास समुहले नारायणहिटी दरबार संग्राहलयमा निर्माण गरेको रेष्टुरेन्टका कारण विवादमा परेसँगै एमालेका सबै हाइप्रोफाइल विवादमा परेका हुन् ।

एमालेका पदाधिकारी र अन्य केन्द्रीय तहका सबै नेताहरु अहिले काण्डै-काण्डमा घेरिएका छन् । यसरी विवादमा पर्नेहरुमध्ये धेरैजना पछिल्लोपटक एमाले अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री हुँदा मन्त्री बनेकाहरु छन् ।

- Advertisement -Poco C3

खड्गप्रसाद प्रधानमन्त्री हुँदा यति समुहलाई गोकर्ण रिसोर्टसहित सार्वजनिक सम्पति कम मूल्यमा लिजमा दिनेदेखि ओम्नी समुहलाई कानुन विपरीत ठेक्का दिलाएको विषयसम्म विवादमा आएको थियो ।

विवादमा परेका एमालेका केही हाइप्रोफाइल नेता
१) ईश्वर पोखरेल
ईश्वर पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष हुन् । ईश्वर पोखरेल डेढ दशकभन्दा अगाडि नै उनको घरमा पानी ट्यांकीमा पैसा भेटिएको विषयले विवादमा परेका थिए ।

उनको घरमा ट्यांकीमा पैसा भेटिएकाबारे एक सञ्चारमाध्यममा २०७३ मा उनले भनेका थिए, ‘मलाई सिध्याउन, मेरो चरित्रहत्या गर्न दरबारिया मण्डले र कथित क्रान्तिकारीहरु मिलेर जे जस्ता कथाहरु रचना गरे, त्यसको हिसाब किताब अझै पनि मैले बुझ्न सकेको छैन ।

मण्डले पत्रकार निरोधराज पाण्डे र निमकान्त पाण्डेले कथा लेख्ने र ती कथाका आधारमा खगेन्द्र संग्रौलाले एउटा दैनिक पत्रिकामा मेरा बिरुद्ध लेख लेख्ने सिलसिला नै चलाइयो । ईश्वर पोखरेलको घरको ट्यांकीमा पैसा भेटियो भनेर निमकान्त पाण्डे भन्नेले आफ्नो पत्रिकामा कथा लेखेछन् । कसैले नकिन्ने र नपढ्ने पत्रिका भए पनि दरवारियाहरुले नियोजित रुपमा त्यसको प्रचार गरे ।’

इश्वरको विवादको श्रृंखला यतिमै रोकिएको भने छैन । ईश्वर पोखरेल पछिल्लो पटक ओली सरकारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री हुँदा पनि विवादले घेरिएका थिए ।

पोखरेल त्यतिबेला कोरोना नियन्त्रण उच्चस्तरीय संयन्त्रको संयोजक पनि थिए । कोरोना नियन्त्रण सम्बन्धी स्वास्थ्य सामग्री खरिदका विषया उनी विवादमा तानिएका थिए । ओम्नी समुहसँग सम्झौता गरी घोटाला गरेको भन्दै पोखरेल विवादमा तानिएका थिए ।

२) विष्णु पौडेल
एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेल एमालेका विवादित पात्रमध्येका एक हुन् । बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएपछि उनी विवादको शिखरमा पुगेका पात्र हुन् ।

३) शंकर पोखरेल
शंकर पोखरेल एमालेको महासचिवको भूमिकामा छन् । एमाले महासचिव हुनुअघि उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री थिए ।
पोखरेलमाथि लुम्बिनी प्रदेशका एकजना सांसद अपहरण गरेको आरोप छ ।

४) योगेश भट्टराई
योगेश भट्टराई एमालेका आशावादी युवाको रुपमा परिचय बनाएका पात्र हुन् । तर, अहिले एकाएक उनी विवादको शिखरमा छन् । बतास समुहलाई नारायणहिटी दरबार संग्राहलयभित्र रेष्टुरेन्ट खोल्न दिने निर्णय उनी पर्यटनमन्त्री भएको बेला भएको पाइएपछि उनी अहिले विवादमा परेका हुन् ।

५) पद्मा अर्याल
एमालेकी सचिव पद्मा अर्याल पनि विवादको घेरामा छिन् । सुरुमा उनी गुठी विधेयकका कारण विवादमा परेकी थिइन् । उनी मन्त्री हुँदा गुठी विधेयक अगाडि बढाउन खोजेकी थिइन्, तर विरोधका कारण सफल हुन सकेन ।

मल खरिदका विषयमा अर्याल पनि विवादमा तोनेकी थिइन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी मल खरिद कार्यमा संलग्न कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसमेत १० जना

तथा २ वटा कम्पनीउपर बिगो १ अर्व ५३ लाख २२ हजार चार सय ६ रुपैया ७२ पैसा बराबरको बिगो कायम गरी आइतबार विशेष अदातमा मुद्दा दायर गरेको छ । तर अख्तियारले मल खरिदका मुख्य डिजाइनर तत्कालीन कृषि तथा पशुपंक्षी विकास मन्त्री पदमा अर्याल र सचिव योगेन्द्र कार्कीलाई भने उन्मुक्ति दिएको छ ।

७) गोकुल बाँस्कोटा
एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा विवादमा परेका अर्का पात्र हुन् । सञ्चारमन्त्री हुँदा ७० करोड बार्गेनिङ गरेको टेप रेकर्ड बाहिरिएपछि उनी विवादको घेरामा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एमाले ओरालो यात्राको ग्राफ अबको चुनाबमा पत्तासाफ

संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।

मन्त्री खतिवडाले नै बिमा कम्पनीबाट ठगिएपछि…

१८ वर्ष माथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको उनले बताए । “कोरोनाविरुद्धको खोप प्रर्याप्त छ ।

कार्यालय हिडेका एमालेका वडा अध्यक्ष दिउसै जाड खयार बाटो मा सुतेको अवस्थामा फेला ।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खायार बाटोमा लद्ने गरेको पाईयको छ |

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

सभामुख सापकोटा: एम १६ को गोलि खायर पनि बाचेको मान्छे हो कोहि सँग डराउदिन एमसीसी पास गर्न दिन्न

सभामुख भएदेखि मैले एक मिनेट पनि समय खेर फालेको छैन । एक मिनेट पनि देश र जनताको हित बाहेक केही सोचेको छैन ।”

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

ट्रेन्डिङ समाचार

गगन थापाजी जनतासँग तुरुन्त माफी माग, छि छि भन्नु नपारोस् दुनियाँले

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ।

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो नयाँ नियम सर्वसाधारणका लागि

संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

ताजा समाचार

जर्मन कपबाट बाहिरियो साबिक विजेता बोरुसिया डर्टमुण्ड

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

रादुकानु दोस्रो चरणमा: अस्ट्रेलियन ओपन टेनिस

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

गेँन्टो जसले ६ पटक युरोपियन कप जित्ने एक्ला खेलाडीको निधन

हिलेको युरोपियन च्याम्पियन्स लिग मानिने तत्कालिन युरोपियन कप सर्वाधिक ६ पटक जित्ने फ्रान्सिस्को पाको गेँन्टोको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द

आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फरक खेलाडीलाई १७ वर्षपछि किन दिइयो बेलोन डीओर र फिफा बेस्ट अवार्ड ?

विश्व फुटबलका दुई सर्वाधिक प्रतिष्ठित अवार्ड हुन् बेलोन डीओर र फिफा बेस्ट प्लेयर ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App