मङ्लबार, माघ ४, २०७८
मङ्लबार, माघ ४, २०७८
Poco C3

प्रेम आलेलाई वन तस्कर भन्दै योगेश भट्टराईले ठेगान लगाइदिने चेतावनी दिए

जोसँग विज्ञापन लिनु छ, लेऊ । जोसँग बसेर रक्सी खानु छ, खाऊ तर आनन्दराज बताससँग मेरो व्यावसायिक साझेदारी छ भने किन कुप्रचार गर्छौ ?

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले हालका पर्यटनमन्त्री प्रेम आलेलाई बन तस्कर भन्दै गम्भीर आरोप लगाउँदै आफ्नो ठेगानमा बस्न चेतावनी दिएका छन् । उनले ठेगानमा नबसे ठेगानमा लगाउने चेतावनी समेत दिएका छन् ।

पूर्वमन्त्री भट्टराईले पर्यटनमन्त्री प्रेम आलेलाई ठेगानमा बस्न र बोलीमा लगाम लगाउन सुझाव दिए । उनले भने, ‘प्रेम आलेसँग मेरो कुनै लडाइँ नै होइन । तर उनी आफ्नो ठेगानमा बसून्, बोलीमा लगाम लगाऊन् । म उनीजस्तो ढोंगी पनि होइन । उनी नेपालको हरियो वन भारततिर तस्करीमा लाग्दा म प्रजातन्त्रका लागि जेलमा थिएँ । आफू १० बोतल अवैध रक्सी ल्याउने अनि कसैले दुई बोतल ल्यायो भनेर झम्टिने स्टन्टबाजी म गर्दिनँ ।’

- Advertisement -Poco C3

भट्टराईले आफूले नारायणहिटी संग्रहालयमा क्याफेटेरिया खोल्न निर्देशन दिएको स्वीकार गर्दै क्याफेटेरिया खोल्न नपाउने हो भने त्यहाँ निर्मित भवन किन नभत्काएको भनी प्रश्न उठाएका छन् । उनले भ्रष्ट, दलाल र कमिसनखोरलाई बचाउनका निम्ति मिडियाको खेल चलिरहेको आरोप पनि लगाए । भट्टराईले भने, ‘जोसँग विज्ञापन लिनु छ, लेऊ । जोसँग बसेर रक्सी खानु छ, खाऊ तर आनन्दराज बताससँग मेरो व्यावसायिक साझेदारी छ भने किन कुप्रचार गर्छौ ? कुनै फर्म, लगानी या शेयर छ भने किन देखाउन नसकेको ? बकम्फुसे कुरा गरेर हुन्छ ?’

प्राइम टाइम टेलिभिजनमा कुरा गर्दै पूर्वमन्त्री भट्टराईले भने, ‘म २०६७ साउन १५ मा संस्कृति तथा पर्यटन मन्त्री भएको हुँ । भ्रमण वर्ष मनाउने क्रममा म चार घन्टा नारायणहिटी संग्रहालय घुमें । त्यहाँ आगन्तुकका निम्ति विश्रामगृह, शौचालय, चमेनागृह केही देखिनँ । आगन्तुकको असुविधा पनि महसुस गरें । र, मैले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कफीसप सञ्चालनबारे बोलेको हुँ ।’

उनले आफ्नो पालामा नारायणहिटी संग्रहालयभित्र भवन नबनेको जिकिर गरे । भट्टराईले भने, ‘त्यहाँ २०६७-६८ तिरै क्याफ्टेरियाका निम्ति एकतले भवन बनिसकेको रहेछ । त्यतिबेला माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसपछि पनि खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो । तर क्याफ्टेरिया सञ्चालनमा नआएपछि मैले बोल्नुपरेको हो ।

नारायणहिटी संग्रहालयभित्र क्याफ्टेरिया सञ्चालनका लागि बोलपत्र आह्वान भएको बारेमा आफूलाई जानकारी नभएको उनले बताए । उनले भने, ‘बोलपत्र खोल्न मन्त्री जाँदैन, यसबारे जवाफदेही हुने भनेको मन्त्रालयका सचिव र संग्रहालयका कार्यकारी निर्देशक हुन् । नेकपा विवादका कारण मैले यसबारे चासो दिन पनि सकिनँ । मैले २०७७ पुस १५ मा मन्त्री पदबाट राजीनामा दिएँ, पुस २९ गते बतास समूहले क्याफ्टेरिया सञ्चालन अनुमति पायो । त्यसमा मलाई मुछ्नुपर्ने कारण केही छैन ।’

पूर्वमन्त्री भट्टराईले संग्रहालयभित्र क्यान्टिन चाहिने कुरामा आफू अहिले पनि अडिग भएको बताए । उनले भने, ‘के सिंहदरबारभित्र क्यान्टिन छैन ? राष्ट्रपति भवनभित्र क्यान्टिन छैन ? क्याफ्टेरिया भनेको नाइट क्लब हो र ? बेलायतको बकिंघम प्यालेस, जापानको इम्पेरियल प्यालेस, अमेरिकाको ह्वाइट हाउस, रुसको सेन्ट पिटर्सबर्गमा पनि त्यस्ता चमेनागृह छन् । नारायणहिटीमा क्याफ्टेरिया चाहिँदैन भने त्यहाँ बनेको भवन किन नभत्काएको ?’

उनले आनन्दराज बतासलाई आफूले चिन्ने र पोखरामा रहेको उनको होटलमा बसेको पनि बताए । उनले थपे, ‘म आनन्दराज बतासलाई चिन्छु, उनले पनि मलाई चिन्छन् । पोखरामा रहेको उनको होटल आनन्दमा म बसेको पनि छु । तर बतास समूहलाई मैले क्याफ्टेरिया चलाउने जिम्मा दिएको होइन । मपछि पनि चार जना मन्त्री आए । उनीहरुका बारेमा किन प्रश्न उठेन ?’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

१०० दिनको प्रगति सुनाएकै दिन यस्तो दुर्गती बाहिरियो मन्त्री झाँक्रीको, अब तत्काल कानुनी कठघरामा उभ्याएर कारवाही हुन्छ ?

उनको अघि पछि लागेर रिपोर्टिङमा खटिएका पत्रकार तथा मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी पनि अब कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रचण्ड र माधवको एउटै प्रस्तावले प्रधानमन्त्री देउवाको तात्यो पारो, देशभरका एमालेहरुलाई बनायो उत्साहित !

उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् ।

सबैको ध्यान चुनावको मितितर्फ गइरहेका बेला एमाले र कांग्रेसबीच भयो बोल्ड सहमती, के गर्लान् अब प्रचण्ड र माधव ?

एमालेका केन्द्रीय सदस्य निरज आचार्य स्थानीय तह चुनावको सम्मुखमा आएर तीन तहको निर्वाचन एकैपटक भन्ने बहस गर्नु निर्वाचन भाँड्ने प्रयोजनबाहेक केही नहुने बताउँछन् ।

पाँच दलीय गठबन्धन चुनावबाट नभागेको भन्दै चुनावको मिति घोषणा गरेको छ !

विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।

एमाले सचिवालय सदस्यले नै छाडे पार्टी, दलबलसहित माधवको एसमा प्रवेश गर्ने घोषणा

उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

राष्ट्रपतिकी कट्टर आलोचक झाक्रीले मन्त्री बन्ने बित्तिकै विद्या भण्डारीसँग लिइन् बदला, शीतलनिवासमा तनाव !

उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।

ट्रेन्डिङ समाचार

योगेशहरुको राजनीतिक भविष्य नै समाप्त पार्नेगरी यसरी लागे हात धोएरै माधव नेपाल, आलेपछि अर्का मन्त्रीलाई उतारे मैदानमा !

योगेश भट्टराईको राजनीतिक भविष्य सिध्याउने अभियानमा पर्यटनमन्त्री प्रेमकुमार आलेलाई नेपालले नै अघि बढाएको स्रोत बताउछ ।

प्रचण्डको आपत्ति पछी हच्किय मोदी , लिपुलेक कालापानी फिर्ता होला त ?

यसअघि नेकपा एकीकृतत समाजवादीका नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।

लिपुलेक विवादमा देउवा सरकार ढिलै बोलेपनि कडा बोल्यो, पत्रकार सम्मेलनबाटै यसो भन्दिएपछि हल्लियो दिल्ली !

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

योगेशपछि आलेले फायल अब यिनीहरुको खोल्दैछन्

सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण जग्गा कौडीको दाममा भाडा लिई राज्यलाई नोक्शान पुर्याउनेहरुमाथि पनि उनको आँखा परेको छ । क्यासिनो चलाएर कर नतिर्नेहरु देश छाडी भाग्न लाग्दा रोकिएका छन् ।

शिव भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ३ गते सोमबार इश्वी सन २०२२ जनवरी १७ तारीख पौष शुक्लपक्ष पूर्णिमा तिथी पुनर्वशु नक्षत्र वैधृती योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत, श्रीस्वस्थानीव्रतप्रारम्भ, माघस्नानप्रारम्भ, भ.पु. हहुमत्तीर्थमा त्रिवेणिमेला, चाँगुनारायण हैंगु, मिलापून्हि, दोलखा देउलाङ्गेश्वर महादेव मेला (ज्यो.प.सरोज घिमिरे)

सरकारले बतासलाई ३ करोड क्षतिपूर्ति दिने तयार

रेस्टुरेन्ट संचालनका लागि करीब तीन करोड खर्च गरेर बनाइएको संरचना विभागीय मन्त्री प्रेम आलेले नै भत्काइदिएका थिए ।

ताजा समाचार

Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App